बौद्ध धर्मावलम्बीको एक महिने ‘गुँला पर्व’ सुरु

बौद्ध धर्मावलम्बीको एक महिने ‘गुँला पर्व’ सुरु

भक्तपुर, २७ साउन । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि गुँला पर्वमा अन्य धर्...
सवारी दुर्घटनामा परी दुईको मृत्यु

सवारी दुर्घटनामा परी दुईको मृत्यु

नवलपरासी, २७ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको निय...
हिमश्रृंखलाबाट बग्ने स्वच्छ पानी अन्तर्राष्ट्रिय बजारमा : मन्त्री मगर

हिमश्रृंखलाबाट बग्ने स्वच्छ पानी अन्तर्राष्ट्रिय बजारमा : मन्त्री मगर

पोखरा, २७ साउन । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले नेपालका हिमश्रृंखलाबाट बग्ने पानीलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने बताउनुभएको छ । पोखरामा वितरित खानेपानीको मर्दी मुहान शुद्धीकरण परियोजनाद्वारा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ सेतीमर्दी दोभानमा निर्मित शवदहन गृहको शनसबार यहाँ आयोजित हस्तान्तरण तथा वृक्षरोपण कार्यक्रममा उहाँले हिउँ पग्लेर बगेको सिधै पिउन सकिने प...
श्रीमतीले परपुरुषसँग यौन सम्बन्ध राखे पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने

श्रीमतीले परपुरुषसँग यौन सम्बन्ध राखे पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने

काठमाडौँ, २६ साउन । आगामी भदौ १ गतेदेखि नयाँ ऐन लागू हुँदैछ । मुलुकी अपराध (संहिता) ऐनमा प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता दिएको छ । विवाहित पुरुषलाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ । विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था गरिएको छ । विवाहित पुरुषसँग जानीजा...
जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु, एक घाइते

जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु, एक घाइते

रत्ननगर, २६ साउन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान ४ः४० बजे भारतबाट काठमाडाैँ जाँदै गरेको एमएच-४२-टी -०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटन...
हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

यमन, २५ साउन । उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ । साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जानकारी दिएको छ । संयुक्त गठबन्धनका प्रवक्ता तुर्कि अल–मलिकीले साउदी अरेबियामाथि हुथी बिद्रोहीले घातक क्षेप्यास्त्र प्रहार गरेको बदलामा कारबाही...
शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए

शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए

काबुल, अफगानिस्तान, २५ साउन । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका छन् । आक्रमणमा परी कम्तीमा २० सुरक्षाकर्मी घाइते भएका घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद हेमटले बताए । प्रहरी प्रमुख फरिद अहमद मसालका अनुसार दोहोरो भिडन्त...
ऊर्जा क्षेत्रमा लगानी गर्न नेपाल–बंगलादेशबीच समझदारी

ऊर्जा क्षेत्रमा लगानी गर्न नेपाल–बंगलादेशबीच समझदारी

काठमाडौँ, २५ साउन । नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भयो । द्विपक्षक्षीय समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गर्नुभएको छ । नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशले लाम...
“अन्तरिक्ष सैन्य बल” निर्माण गर्ने अमेरिकी घोषणा

“अन्तरिक्ष सैन्य बल” निर्माण गर्ने अमेरिकी घोषणा

वासिङटन, २५ साउन । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल स्पेश फोर्स निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन् । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भने, “अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा अन्तरिक सैन्य बल निर्माण गर्न आदेश दिएका छन् । अन्तरिक्षका जोखिम...
आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ: गृहमन्त्री थापा

आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ: गृहमन्त्री थापा

चितवन, २५ साउन । गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताए। “कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका ह...
चितवनका सहकारी संस्थाबाट ४९ लाख चोरी

चितवनका सहकारी संस्थाबाट ४९ लाख चोरी

चितवन, २५ साउन । जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । विगत ६ महिनामा जिल्लका नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट रु ४९ लाख ३८ हजार बराबरको चोरी भएको छ । एउटा सहकारीबाट रु १० हजारदेखि रु ३५ लाखसम्म चोरी भएको छ । सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट रु ३५ लाख ८० हजार चोरी भएको छ । गीतानगर साना किसान गरिबी निवा...
सात तोला सुन र १५ तोला चाँदी सहित नगद एक लाख लुटियो, लुटेराको गोलीबाट एक घाइते

सात तोला सुन र १५ तोला चाँदी सहित नगद एक लाख लुटियो, लुटेराको गोलीबाट एक घाइते

महेन्द्रनगर, धनुषा, २५ साउन । मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उहाँँलाई गोली हानेको थियो । श्रेष्ठको तीघ्रामा ...
बलाधिकृत रथी थापालाई कामु प्रधानसेनापतिको कार्यभार

बलाधिकृत रथी थापालाई कामु प्रधानसेनापतिको कार्यभार

काठमाडौँ, २४ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित समारोहमा कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृतरथी पूर्णचन्द्र थापालाई आज हस्तान्तरण गर्नुभएको छ । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिनाअगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्पराअनुसार प्रधानसेनापति शुक्रबारदेखि बिदामा बस्नुहुनेछ । नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाका ल...
एघार वर्षीय बालक निशानको हत्या ‘विभत्स’, सकियो दाहसंस्कार

एघार वर्षीय बालक निशानको हत्या ‘विभत्स’, सकियो दाहसंस्कार

भक्तपुर, २४ साउन । एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि भएको हत्याले मर्माहित बनेका उनका बुवा गणेश खड्का त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै आर्यघाट जानुभयो । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहनुभएका खड्का आजै नेपाल आउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउनप्लानिङबाट गत आइतबार भएको अपहरण र हत्यापछि शिक्षण अस्पतालबाट परीक्षण गरी राखिएको निशानको शव आफन्तले आर्यघाट ल...
बैंकबाट रकम निकाल्ने बित्तिकै २५ लाख ६० हजार लुटियो

बैंकबाट रकम निकाल्ने बित्तिकै २५ लाख ६० हजार लुटियो

सिरहा, २४ साउन । लहान, २४ साउन । सिरहाको मिर्चैया नगरपालिका¬–३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले आज हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन् । मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा राघोपुरस्थित तीनगछियामा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले हतियार देखाई उक्त रकम लुटेर लगेको पीडित मन...
अपडेटः इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो

अपडेटः इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो

तानजुङ, इन्डोनेसिया, २४ साउन । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो । यो भूकम्प ५.९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । तर सुनामीको खतरा नरहेको इन्डोनेसियाली भौगर्भिक निकायले जानकारी दिएको छ । यसैबीच लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख...
इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्यो

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्यो

मताराम, इन्डोनेसिया, २४ साउन । इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ । उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर १६४ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । भूकम्प गएको चार दिनपछि पनि भूकम्पले अति प्रभाव पारेको क्षेत्रमा उद्धार प्रयास हुन नसकेको बताइएको छ । यसकारण त्यस क्षेत्र...
अाज विश्व आदिवासी जनजाति दिवस : विविध कार्यक्रम गरी मनाइँदै

अाज विश्व आदिवासी जनजाति दिवस : विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, २४ साउन । आज विश्व आदिवासी जनजाति दिवस, नेपाललगायत विश्वभर विविध कार्यक्रम अायाेजना गरी याे दिवस मनाइँदै छ । आदिवासी जनजातिहरुकाेको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन याे याे दिवस मनाउने गरिन्छ । विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै अाएकाे छ । संयुक्त राष्ट्र संघको आदिवासी जन...
समन्वयपछि भारतद्वारा सडक निर्माण स्थगन

समन्वयपछि भारतद्वारा सडक निर्माण स्थगन

महेन्द्रनगर, २४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ । लामो समयदेखि ब्रह्मदेवको सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो । स्थानीय प्रशासनले भारतको उत्तराखण्डका डिएम (प्रमुख जिल्ला अधिकारी) स्तरमा विवादित क्षेत्रमा तत्का...
जनकपुर–जयनगर रेलको परीक्षण

जनकपुर–जयनगर रेलको परीक्षण

महेन्द्रनगर, धनुषा, २४ साउन । जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो । भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेको नेपाल रेल्वेका अभियन्ता विनोद ओझाले बताए । जयनगरबाट खजुरी...
अवैध रूपमा भारत हुँदै खाडी मुलुक जान लागेका १६ महिलालाई फर्काइयो

अवैध रूपमा भारत हुँदै खाडी मुलुक जान लागेका १६ महिलालाई फर्काइयो

बाँके, २४ साउन । अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । योसँगै भारतीय महिला आयोगको सक्रियतामा दिल्लीबाट हा...
पूर्वमन्त्री विश्वकर्मासहित तीन जना पक्राउ

पूर्वमन्त्री विश्वकर्मासहित तीन जना पक्राउ

काठमाडौँ, २३ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा १४ प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानग...
पुनः रोजगारीका लागि इपिएस भाषा परीक्षा भदौमा

पुनः रोजगारीका लागि इपिएस भाषा परीक्षा भदौमा

काठमाडौँ, २३ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैश...
दाइजो नल्याएको भन्दै प्रहरीलेनै कुटे श्रीमती

दाइजो नल्याएको भन्दै प्रहरीलेनै कुटे श्रीमती

रुपन्देही, २३ साउन । प्रदेश ५ को रुपन्देहीमा एक पुलिसले दाईजो नल्याएको भन्दै श्रीमती कुटेका छन् । कानुनको रक्षक एक प्रहरी जवानले दाईजो नल्याएको निहुँमा श्रीमतीलाई निर्घात कूटपीट गरेको घटना यति बेला बाहिरीएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तनहुँ जिल्लामा दरबन्दी भई हाल रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नं। १ सिपवा बस्ने लोकेन्द्र नाउले श्रीमती प्रियंका नाउलाई निर्घात कुटेका हुन् ...
हेटौँडाको ओम्याक्स चलचित्र हलमा आगलागी, नियन्त्रण गर्न कठिनाइ

हेटौँडाको ओम्याक्स चलचित्र हलमा आगलागी, नियन्त्रण गर्न कठिनाइ

हेटौँडा, २३ साउन । मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ । बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताउनुभयो । हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ...
ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

काठमाडौँ, २३ साउन । काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ । कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा प...
भारतद्वारा सीमाक्षेत्रमा एकतर्फी सडक निर्माण

भारतद्वारा सीमाक्षेत्रमा एकतर्फी सडक निर्माण

भीमदत्तनगर, २३ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ । नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन् । ...
चितवनमा सवारी दुर्घटना: चारको मृत्यु, १७ घाइते

चितवनमा सवारी दुर्घटना: चारको मृत्यु, १७ घाइते

चितवन, २३ साउन ।  चितवनको रत्ननगर नगरपालिका-१० मा गएराति बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र पूर्वबाट नारायाणगढ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका-१० भानुचोकमा आपसमा ठोक्किँएको हो । दुर्घटनामा ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका-२ का ३४ वर्षीय मोहन घि...
गौतमबुद्ध विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिँदै

गौतमबुद्ध विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिँदै

काठमाडौँ, २२ साउन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै रहेको सो प्रणालीलाई विस्तार गर्ने लक्ष्यका साथ सरकारले रु ४० लाखभन्दा बढी लगानी गरेर उक्त प्रणाली जडान गर्न लागेको हो । सो प्रणाली जडानका लागि अत्यावश्यक उपकरण केही आइसकेको र केही आउने क्रममा छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ ...
अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने

काठमाडौँ, २२ साउन । युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाउने निर्णय गरेको छ । आज मन्त्रालयमा सरोकारवाला निकायबीच भएको बैठकले यही साउन २४ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरी सो दिवस साताव्यापी मनाउने निर्णय गरेको मन्त्रालयका सहायक प्रवक्ता महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए । कार्यक्रमअन्तर्गत सरोकारवाला संघसंस्थासँगको सहकार्यमा सरसफाइ, रक्तदान, सेवामूलक, चेतन...
जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

श्रीनगर, भारत, २२ साउन । भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् । गुरेजमा आठजना आतङ्ककारीले प्रवेश गर्न खोजेका थिए । ती आठ जनामध्ये सेनाको कारबाहीमा चार जनाको मृत्यु भएको...
error: Content is protected !!