राष्ट्रसंघीय महासभामा कोफी अन्नानको सम्झना
संयुक्त राष्ट्रसंघ, ६ असोज । “संयुक्त राष्ट्रसंघ र कोफी अन्नान एक अर्काका परिपुरक हुन्, एउटालाई भुलेर अर्को अपुरो हुन्छ,” राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनिओ गुटेर्रेसले पूर्व महासचिव अन्नानलाई सम्झदै शुक्रबार भन्नुभयो ।
पूर्व महासचिव अन्नानका गत अगस्ट १८ तारिखका दिन निधन भएकाले महासभामा उहाँको सम्झना गरिएको हो । घानाका नागरिक अन्नानले विश्वमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन...































