काठमाडौं, १० असोज । अर्को हप्ता अर्थात असोज १७ गतेदेखि अमेरिकी स्थायी बसोबास कार्ड डिभीको अनलाइन दर्ता खुल्ने भएको छ ।

Advertisement

अमेरिकामा विदेश मन्त्रालयको समेत काम गर्ने डिपार्टमेन्ट अफ स्टेटको ब्यूरो अफ कन्सुलर एफेयरले आफ्नो आधिकारिक वेबसाइटमा यो सूचना राखेको हो ।

वेबसाइटमा राखिएको सूचनामा सन् २०१८ अक्टोबर ३ (असोज १७) बाट डिभी– २०२० कार्यक्रमको लागि अनलाईन भर्ने समय खुल्ने उल्लेख छ । डिभीको अनलाईन दर्ता गर्ने समय सन् २०१८ नोभेम्बर ६ सम्म रहने सूचनामा उल्लेख छ ।

सूचनामा डिभीको अनलाइन दर्ता अवधिमा एक पटक भन्दा बढी पटक इन्ट्री गर्ने व्यक्ति कार्यक्रमको लागि अयोग्य हुने भन्दै सतर्क गराइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!