नेपाली जनताका लागि खाना, नाना र छानासहितको प्रजातन्त्र आवश्यक छ: प्रम ओली
न्यूयोर्क, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग आएका सरकारी स्वामित्वका र निजी क्षेत्रका पत्रकार तथा अमेरिकामै क्रियाशील पत्रका...






























