प्रधानमन्त्रीद्वयबाट पशुपति धर्मशालाको उद्घाटन

प्रधानमन्त्रीद्वयबाट पशुपति धर्मशालाको उद्घाटन

काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशालाको आज संयुक्तरुपमा उद्घाटन गर्नुभयो । करीब रु २० करोडको लागतमा १० हजार वर्गमिटर क्षेत्रफलमा निर्मित उक्त धर्मशाला भारतीय सहयोगमा बनेको हो । उद्घाटनपश्चात् प्रधानमन्त्रीद्वयले सम्बोधन गर्नुभएको थियो । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी...
स्व. रिमालको अन्त्येष्टि

स्व. रिमालको अन्त्येष्टि

काठमाडौँ, १५ भदौ । वरिष्ठ कलाकार स्व हरिप्रसाद रिमालको आज अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार रिमालको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको झण्डा ओढाउनुभएको थियो । स्व रिमाललाई उहाँका ज्येष्ठ सुपुत्र अरुणले दागबत्ती दिनुभएको चलचित्र निर्देशक तथा अभिनेता सम्राट सापकोटाले बताउनुभयो । अन्त्येष्टिका क्रममा पशुपति आर्यघाटमा प...
मासिँदै हजार वर्षका सम्पदा

मासिँदै हजार वर्षका सम्पदा

दैलेख, १५ भदौ । बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् तर नेपाली भाषाको पहिलो शिलालेखको दुर्दशा देख्दा मनै कुँडिने दुल्लूका इतिहासविद् भूपालविक्रम शाह बताउनुहुन्छ । नेपाली भाषामा लेखिएको अभिलेख सबैभन्दा पुरानो शाके ९०...
सम्झौताको २२ वर्षपछि नहर बनाउन भारत अग्रसर

सम्झौताको २२ वर्षपछि नहर बनाउन भारत अग्रसर

भीमदत्तनगर, १५ भदौ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्षपछि भारतीय पक्ष महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण गर्न अग्रसर देखिएको छ । टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले १२ सय मिटर नहर र हेड रेगुलेटरलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । लामो समय विविध पक्षमा देखिएको विभेदका कारण नहर निर्माण ढिलाइ भएपनि गत साउन १६ गते भारतको टनकपुरस्थित ए...
गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

काठमाडौँ, १५ भदौ ।  वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उहाँकै निवासमा निधन भएको छ । रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिनुभयो । नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमे...
सबैभन्दा लामो समय वक्तव्य दिएर विश्व कीर्तिमान कायम

सबैभन्दा लामो समय वक्तव्य दिएर विश्व कीर्तिमान कायम

काठमाडौँ, १५ भदौ । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई समेत तोडेका छन्। न्यू माइन्ड्स एके...
निर्मला हत्या प्रकरणः बम दिदीबहिनीमाथि अनुसन्धान गर्न म्याद थप

निर्मला हत्या प्रकरणः बम दिदीबहिनीमाथि अनुसन्धान गर्न म्याद थप

भीमदत्तनगर, १४ भदौ ।  निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका बम दिदीबहिनी रोशनी  र बबितालाई आज एक साताको म्याद थप गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थि...
बिम्स्टेक सम्मेलनः जलवायु परिवर्तनविरुद्ध लड्न साझा सङ्कल्प

बिम्स्टेक सम्मेलनः जलवायु परिवर्तनविरुद्ध लड्न साझा सङ्कल्प

काठमाडौँ, १४ भदौ । भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुकले जलवायु परिवर्तनले पारेको प्रभावविरुद्ध लड्न एकीकृत प्रयास जरुरी रहेको बताउनुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तन यस क्षेत्रको साझा समस्या भएकाले यसको समाधानका लागि एकताबद्ध भएर अ...
बिम्स्टेक सम्मेलनः दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व

बिम्स्टेक सम्मेलनः दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर गरिएको छ । सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षीय मन्तव्य दिँदै आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई स्वागत गर्ने क्रममा ‘बुद्धको देशमा स्वागत गर्दछु’ भनी उल्लेख गर्नुभएको थियो ...
मेक्सिकोमा टेलिभिजन पत्रकारको गोली हानी हत्या, यसैवर्ष आठजना मारिए

मेक्सिकोमा टेलिभिजन पत्रकारको गोली हानी हत्या, यसैवर्ष आठजना मारिए

मेक्सिको सिटी, १४ भदौ । मेक्सिकोको कानकुन सहरमा बुधबार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ । जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे । टेलिभिजन स्टेशनले पत्रकार एनरिकको मृत्यु भएको पुष्टी गरेको ...
छ देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

छ देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नुभएको छ । उहाँहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा ...
सप्तरीमा बस दुर्घटना, सत्र जना घाइते, तीनको अवस्था गम्भीर

सप्तरीमा बस दुर्घटना, सत्र जना घाइते, तीनको अवस्था गम्भीर

राजविराज, १४ भदौ । सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ । पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस  पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा आज बिहान राजधानी आइपुग्नुभएकी प्रधानमन्त्री हसिनासँग नेपाल–बङ्गलादेश सम्बन्धका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा पार...
बङ्गलादेशका प्रधानमन्त्रीको आगमन

बङ्गलादेशका प्रधानमन्त्रीको आगमन

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना हसिनालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका ...
थाइल्याण्डका प्रधानमन्त्री काठमाडौंमा, रक्षामन्त्रीले गरे स्वागत

थाइल्याण्डका प्रधानमन्त्री काठमाडौंमा, रक्षामन्त्रीले गरे स्वागत

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका सा...
हेटौडामा बैंक लुट्ने प्रयास, मनी ट्रान्सफर र वडा कार्यालय लुटियो

हेटौडामा बैंक लुट्ने प्रयास, मनी ट्रान्सफर र वडा कार्यालय लुटियो

हेटौंडा, १४ भदौ । नेपालीहरुको ठूलो चाडपर्व नजिकिएसँगै बैंक, बित्तिय संस्था तथा मनी ट्रान्सफरहरुमा चोरको नजर पर्न थालेको छ । बुधबार राति हेटौंडाका ३ स्थानमा चोरी भएका छन् । दुई घटनामा चोरी र एक स्थानमा प्रयास गरिएको देखिएको छ । वडा नम्बर १०, टीसीएनरोडस्थित अतिव्यस्त रहने ठाउँमा रहेको एसबीआई बैंक लुट्ने प्रयास भएको छ । टीसीएनरोडको सीता भवनमा रहेको बैंकमा बाहिर सटरहरुमा लगाइएका सबै ताला फोडिएको अ...
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी काठमाडौँमा

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वाग...
बैतडीको दोगडाकेदार गाउँपालिकाका प्रत्येक वडामा फ्रि वाइफाइ

बैतडीको दोगडाकेदार गाउँपालिकाका प्रत्येक वडामा फ्रि वाइफाइ

बैतडी, १४ भदौ । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उहाँले बताउनुभ...
बिम्स्टेक सम्मेलनले दुलही झै सिंगारियो काठमाण्डौं (फोटो फिचरसहित)

बिम्स्टेक सम्मेलनले दुलही झै सिंगारियो काठमाण्डौं (फोटो फिचरसहित)

काठमाडौं, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि काठमाडौंलाई दुलही झै सिंगारिएको छ । बिहिबार र शुक्रवार काठमाण्डौंमा बिम्स्टेक शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा आउने ६ राष्ट्रका पाहुनाको स्वागतार्थ काठमाडौँलाई दुलही झै सिंगारिएको हो । खाल्डाखुल्डी भएका सडकलाई रातारात कालोपत्रे गरिएको छ भने अब्यवस्थित तारहरुलाई पनि ब्य...
विश्व बेपत्ता विरुद्धको दिवस, आयोगले काम गर्न सकेन

विश्व बेपत्ता विरुद्धको दिवस, आयोगले काम गर्न सकेन

काठमाडौँ, १३ भदौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनयुद्धमा बेपत्ता पारिएका व्यक्तिका आफन्तलाई सकारात्मक अनुभूति दिलाउने गरी काम गर्न नसकेको गुनासो गरिएको छ । विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिका अवस्था ६० दिनभित्र परिवारजनलाई जानकारी गराउने भनी गरिएको प्रतिबद्धता १२ वर्ष बित्न लाग्दा पनि पूरा नभएकोप्रति पीडितले गुनासो गरेका हुन् । ...
बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

काठमाडौँ, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुग्नुभयो । राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । राष्ट्रपति सिरिसेनाको सम्मानमा नेपाली से...
म्यान्माका राष्ट्रपति लुम्बिनीमाः म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीको भ्रमण

म्यान्माका राष्ट्रपति लुम्बिनीमाः म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीको भ्रमण

बुटवल, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । राष्ट्रपति मिन्टले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नाका साथै त्यहाँस्थित ‘मार्कर स्टोन’(सिद्धार्थ गौतमको पदचाप शिला) बारेमा जानकारी लिनुभएको थियो । उहाँलाई मायादेव...
के म्यान्मारको सेना सजायको भागिदार हुनेछ ?

के म्यान्मारको सेना सजायको भागिदार हुनेछ ?

बैंकक, १३ भदौ । संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङग््या जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ । यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो र जटील छ । आफ्नो सहयोगीविरुद्ध ल्याइने कुनै पनि कारबाहीको मागलाई अन्तरराष्ट्रिय फौजदारी अदालतमा लान चीनले अवरोध सिर्जना गर्न सक्छ । राष्ट्रसंघीय तथ्य–अन्वेषण टोलीले सोमबार प्रस्तुत गरेको प्रतिव...
पुस्तकालय छन्, पाठक छैनन्

पुस्तकालय छन्, पाठक छैनन्

भद्रपुर, १३ भदौ । सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनाम छ । ऐतिहासिक महत्व बोकेको ६७ वर्ष पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा छ । “पढ्न भनेर कोही आउँदैनन्, सरकारले समेत यसको संरक्षण र सञ्चालनमा कुनै ध्यान दिएको छैन” – भद्रपुरबाट प्रकाशित नौलो आवाज पत्रिकाका सम्पा...
म्याग्दीमा आफ्नै बाबुबाट १२ वर्षीया बालिका बलात्कृत

म्याग्दीमा आफ्नै बाबुबाट १२ वर्षीया बालिका बलात्कृत

काठमाडौँ, १३ भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले ५३ वर्षीय बाबुलाई पक्राउ गरेको जनाएको छ । गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी म्रयाग्दी प्रहरीले जनाएको छ । प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयार...
विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

काठमाडौँ, १३ भदौ । सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीरहनुभएको छ । केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान ११ बजेसम्मको अभिलेखअनुसार उहाँले ५३ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहनुभएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकार...
मोटरसाइकल नकिनिदिएको निहुँमा आँपको रुखमा झुण्डिएर आत्महत्या

मोटरसाइकल नकिनिदिएको निहुँमा आँपको रुखमा झुण्डिएर आत्महत्या

काठमाडौँ, १३ भदौ । अभिभावकले मोटरसाइकल नकिनिदिएको निहुँमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा मङ्गलबार एक विद्यार्थीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पिपरा गाउँपालिका–६ रतौली गाउँमा स्थानीय २१ वर्षीय आशिष मुखियाले घर नजिकै रहेको आँपको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । यसै वर्ष माध्यमिक शिक्षा परीक्षा पास गरेका विद...
रुसले शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

रुसले शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

मस्को, रूस । रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताउनुभएको छ । सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ । सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ । यो अभ्यास पूर्वी यूरोपमा सन् १९८१ मा गरिएक...
घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

सल्यान, १३ भदौ । सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उहाँकी ३५ वर्षीया श्रीमती रामकला कामी, उहाँकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्य...
झाँक्री हत्याको आरोपमा २४ जना थुनामा

झाँक्री हत्याको आरोपमा २४ जना थुनामा

धादिङ, १२ भदौ । जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले प्रहरीले पक्राउ गरी अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएका २८ जनामध्ये २४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र चार जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको जिल्ला अदालतका स्...
सामूहिक बलात्कारको आरोपमा पाँच युवक पक्राउ

सामूहिक बलात्कारको आरोपमा पाँच युवक पक्राउ

लहान, १२ भदौ । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ । रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्किंदै गरेकी सप्तरीको खडक नगरपालिका–५ की २० बर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ निवासी २० व...
error: Content is protected !!