कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइयो

कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइयो

कञ्चनपुर, १० भदौ । कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो । दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिएको थियो । ...
निर्मलाको परिवारलाई १० लाख राहत दिइने, खुनालाई शहीद घोषणा 

निर्मलाको परिवारलाई १० लाख राहत दिइने, खुनालाई शहीद घोषणा 

काठमाडौं । सरकारले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घटनाप्रति भत्र्सना गर्दै पन्तको परिवारलाई उक्त आर्थिक सहायता दिने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी...
अाज उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै

अाज उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै

काठमाडौँ,  १० भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आइतबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चल...
हत्या आरोपमा चारजना पक्राउ

हत्या आरोपमा चारजना पक्राउ

बैतडी, ९ भदौ । दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्ना रहेका छन् । “पक्राउ परेका चारै जनालाई अनुसन्धानका लागि पक्रेका छौँं ”जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले भ...
आन्दोलनले उग्ररुप लिएपछि भीमदत्तनगरमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

आन्दोलनले उग्ररुप लिएपछि भीमदत्तनगरमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

भीमदत्तनगर, ८ भदौ । कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाएको जानकारी दिनुभयो । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । यहाँको ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली...
कञ्चनपुरमा प्रहरीको गोली लागाी १३ वर्षीय किशोरको मृत्यु

कञ्चनपुरमा प्रहरीको गोली लागाी १३ वर्षीय किशोरको मृत्यु

कञ्चनपुर, ८ भदौ । बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट कञ्चनपुर भिमदत्त १८ भगतपुरका १४ वर्षीय शनि खुनाको मृत्यु भएको हो । गोली लागेर २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा भीमदत्त नगरपालिकाकै युवराज भट्ट र  मनोज खड्का रहेका छन् । प्रहरीले  करिव ८ राउण्ड भन्दा वढी फायर गरिएको ...
पेरु र ब्राजिलको सीमानामा शक्तिशाली भूकम्प

पेरु र ब्राजिलको सीमानामा शक्तिशाली भूकम्प

वासिङ्टन, अमेरिका, ८ भदौ । पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ । ग्रीनविच समय अनुसार विहान ९ बजे गएको भूकम्पको केन्द्रविन्दु पेरुको आइबेरिया शहरको १४० किलोमिटर पश्चिममा जमिनको सतहदेखि ६०९ किलोमिटरको गहिराईमा रहेको भूयुएसजीएसले जनाएको छ । भूकम्पको केन्द्रविन्दु ग्रामिण इलाकामा रहेकोले यसबाट भएको क्षतिको...
राहत शिक्षकलाई स्थायी गर्न माग

राहत शिक्षकलाई स्थायी गर्न माग

काठमाडौँ, ८ भदौ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकलाई एकमुष्ट स्थायी गर्ने गरी सङ्घीय शिक्षा ऐनमा प्रबन्ध गर्न माग गरेको छ । समितिले स्थायी प्र्रक्रिया थालनीपूर्व शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परीक्षामा राहत दरबन्दीमा कार्यरत शिक्षकहरुको हकमा उमेरको हदबन्दी हटाउन पनि माग गरेको छ । आज यहाँ आयोजित अन्र्तक्रिया कार्यक्रममा समितिका अध्यक्ष खेमराज अध...
विश्वकर्मालाई तीन दिन थुनामा राख्न म्याद थप

विश्वकर्मालाई तीन दिन थुनामा राख्न म्याद थप

नुवाकोट, ८ भदौ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंँबाट आज बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्मालाई आज नै नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो ।उनीलाइ विहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएसँगै गिरफ्तार गरी यहाँ ल्याइएको थियो । गत साउन ७ गते राति बेलकोटग...
गुल्मीमा भेटियो अर्को झमक कुमारीः खुट्टाले लेखेरै उत्कृष्ट विद्यार्थी

गुल्मीमा भेटियो अर्को झमक कुमारीः खुट्टाले लेखेरै उत्कृष्ट विद्यार्थी

बुटवल, ८ भदौ । उमेरले उनी १३ वर्षका भएका छन् । उनी कक्ष ५ मा पढ्छन् । जन्मजात उनका दुवै हातका औलाहरु छैनन् । उनका हात बराबर पनि चल्दैनन् । खुट्टाको औलाहरुको सहायताले उनले अरु विद्यार्थीहरु भन्दा अझ छिटो र शुद्ध लेख्छन् । सो कक्षाका उनि अब्बल विद्यार्थी हुन् । उनि हुन् गुल्मीको श्रृङ्गा माध्यामिक विद्यालय छत्रकोट–४, श्रृङ्गाका छात्र ऋषिराम कँडेल । सोही स्थानका लक्ष्मण कँडेलका एक मात्र सन्तान हुन...
भूकम्पको कहरः इन्डोनेसिया भूकम्पबाट मर्नेको संख्या ५५५ पुग्यो

भूकम्पको कहरः इन्डोनेसिया भूकम्पबाट मर्नेको संख्या ५५५ पुग्यो

जकार्ता, ८ भदौ । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनको संख्या ५५५ पुगेको छ । साथै यस भूकम्पमा परी करिब एक हजार ५०० घाइते भएका छन् भने लाखौै व्यक्ति घरवारबिहिन भएका छन् । विदा मनाउनको लागि प्रख्यात बाली र सुन्दर स्थल लोम्बोकका जुलाई २९ र अगष्ट ५ मा शक्तिशाली भूकम्प गएको थियो । गत अगष्ट ५ आइतबारका दिन गएको यस भूकम्प ६.९ म्याग्नीच्युडको मापन गरिएको थियो । दे...
सिरहाको गोलबजार नगरपालिकाद्वारा निःशुल्क सिफारिस

सिरहाको गोलबजार नगरपालिकाद्वारा निःशुल्क सिफारिस

लहान, ८ भदौ । देशभरका अधिकांश स्थानीय तहले व्यक्तिगत घटना दर्ता तथा सिफारिसमा शुल्क बढाइरहँदा सिरहाको गोलबजार नगरपालिकाले दिने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० विलम्ब शुल्क लाग्ने नगर प्रमुख देवनाथ साहले जानकारी दिनुभयो । जन्मदर्ता, विवाह दर्ता, मृत...
अर्नाको प्रजाति विस्तारमा सफलता

अर्नाको प्रजाति विस्तारमा सफलता

रत्ननगर, ८ भदौ । कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्काे सफलता मिलेको छ । निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्काे बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको हो । यसअघि गत साउन ३१ गते एउटा अर्नाले पाडी जन्माएको थियो । अर्नाले पाडो जन्माएको बिहीबार फेला परेको निकुञ्जका वरि...
मिथिलामा राखी पर्वको चहलपहल

मिथिलामा राखी पर्वको चहलपहल

बर्दिवास, ८ भदौ । महोत्तरीसहित मिथिला क्षेत्रमा अहिले राखी (रक्षाबन्धन) पर्वको रौनक छ । साउन शुक्लपक्ष शुरु हुनासाथै मिथिलाक्षेत्रका गाउँनगर बस्तीमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धून लगातार बजीरहेका छन् । सम्पूर्ण मिथिला क्षेत्रमा अहिले दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मीठो धुन गुञ्जिरहेको छ । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन बेच्न राखिएका छन् । द...
जलवायु परिवर्तनको प्रभाव: उच्च हिमाली क्षेत्रमा लामखुट्टे !

जलवायु परिवर्तनको प्रभाव: उच्च हिमाली क्षेत्रमा लामखुट्टे !

पोखरा, ८ भदौ । उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झण्डै तीन दशक पुगिसकेको छ । हिमाली क्षेत्रमा देखिन थालेको चा...
खोला पार गर्दैगर्दा बाढी आएपछि…

खोला पार गर्दैगर्दा बाढी आएपछि…

बाँके, ८ भदौ । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने क्रममा बाढी आएर बगाएको थियो । सबै यात्रु छिटो–छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडी ढुङ्गामा अड्किएपछि खोलाले बगाउन भने सकेन । तत्कालै डोजरको सहायताले खोलामा फसे...
स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री

स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री

सिड्नी, ८ भदौ । सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उहाँकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् । पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्...
टिपर दुर्घटनाका मृतक परिवारलाई मुस्ताङी विद्यार्थीको सहयोग

टिपर दुर्घटनाका मृतक परिवारलाई मुस्ताङी विद्यार्थीको सहयोग

रोल्पा, ८ भदौ । केही दिनअघि मुस्ताङमा भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका रोल्पाली व्यक्तिका परिवारलाई त्यहाँका विद्यार्थीले रकम सङ्कलन गरी पठाएका छन् । मुस्ताङको धौलागिरि आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कल्याणकारी सङ्गठन जुनियर रेडक्रस सर्कलको अगुवाइमा रु ६६ हजार ५१० सङ्कलन गरी रोल्पा पठाइएको हो । रेडक्रसकर्मी विद्यार्थीले सङ्कलन गरेका सो रकम यहाँको सुनछहरी गाउँपालिका कार...
गोसाइँकुण्डमा भक्तजनको भीड

गोसाइँकुण्डमा भक्तजनको भीड

रसुवा, ८ भदौ । यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला भर्न बिहीबार साँझसम्म दुई हजारभन्दा बढी भक्तजनको आगमन भइसकेको छ । एक पटक पुग्नैपर्ने तीर्थस्थलका रूपमा गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन प्राय जनैपूर्णिमाका बेला आयो...
कञ्चनपुर घटनाका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन

कञ्चनपुर घटनाका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौँ, ७ भदौ । गृह मन्त्रालयले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक वसन्त बानियाँ र अनुसन्धान विभागका अनुसन्धान नि...
देवानी फौजदारी संहिता २०७४ संशोधनको माग

देवानी फौजदारी संहिता २०७४ संशोधनको माग

काठमाडौँ, ७ भदौ । भदौ १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकाले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरिएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरुले सो माग गरिएको हो । सो अवसरमा महासङ्घका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रामाथि अंकुश लग...
छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना !

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना !

काठमाडौँ, ७ साउन । के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५” मा त्यस्तो कडाइको व्यवस्था गरिएको हो । कुनै अभिभावकले आफ्न...
कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण

कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ, ७ भदौ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसकी सांसद सुजाता कोइरालाले मुलुकलाई विकास र समृद्धिको मार्गमा लगेमा प्रतिपक्षले पूर्णरुपमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाइरहेको बेला जनतालाई मार पर्न...
‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

काठमाडौँ, ७ भदौ । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो । आगामी महीनादेखि सो प्रणाली पूर्णरुपमा लागू हुनेछ । कुन स्थानमा कति पर्यटक पुगे, उनीहरुले के कति दिन बिताए र कति खर्च गरे भन्नेसम्मको एकीकृत तथ्याङ्क राख्ने तयारी...
कञ्चनपुरमा गोली चल्यो, प्रहरीसहित आठ घाइते

कञ्चनपुरमा गोली चल्यो, प्रहरीसहित आठ घाइते

भीमदत्तनगर, ७ भदौ । कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन् । यहाँको ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज...
टीकापुर घटनाको तीन वर्ष: पीडितको रोकिएन आँशु

टीकापुर घटनाको तीन वर्ष: पीडितको रोकिएन आँशु

भीमदत्तनगर, ७ भदौ । शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाउनुभयो । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ । बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उहाँको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै हुनुहुन्थ्यो । “छोरो गुमाएयता बिरामी नै परे, हरेक दिन ...
निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन जारी

निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन जारी

कञ्चनपुर, ७ भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि यहाँ प्रदर्शन जारी रहेको छ । भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । भीमदत्तनगर र बेदकोट नगरपालिका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीले बन्द गराएका छ...
वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन

वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन

नयाँदिल्ली, ७ भदौ । वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको छ । उनको आजै दाहसंस्कार गरिने बताइएको छ । सन् १९९० मा बेलायतस्थित भारतीय उच्चायुक्तको कार्यालयमा समेत सेवा गर्नुभएका नायर सन् १९९७ मा भारतीय राज्यसभाको सदस्यमा मनोनित हुनुभएको थियो । नायरको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनी महान बौद्धिक व्यक्तित्व रहेको बताए ...
चोरीको गाडीसहित १० लाख बढीको सामान प्रहरीको नियन्त्रणमा

चोरीको गाडीसहित १० लाख बढीको सामान प्रहरीको नियन्त्रणमा

गौशाला, ७ भदौ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट प्रहरीले दुई चोरीको गाडीसहित रु १० लाख बढीको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार चोरबाटो हुँदै भारतबाट चोरी निकासी गरी नेपाल प्रवेश गरेको ना ४ च ४३३२ र ना ४ च ४८९४ नम्बरको दुई पिकअप भ्यान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको गस्ती टोलीले पर्स...
रुसले सिरियामा पठायो ६३ हजार सेना

रुसले सिरियामा पठायो ६३ हजार सेना

मस्को । रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ । रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो । ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । “उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रके...
‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

रत्ननगर, ७ भदौ । यौनजन्य हिंसा रोक्न चितवनका विभिन्न सङ्घसंस्थाको पहलमा बुधबारदेखि ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ शुरु गरिएको छ । यौनजन्य हिंसाविरुद्ध समुदायलाई सचेत बनाउन अभियान थालिएको अभियानकी संयोजक मीना खरेलले जानकारी दिए। देशका विभिन्न जिल्लामा बलात्कारका अपराध बढेकाले समाजलाई सचेत बनाउँदै नीतिनिर्माण तहसम्मै घच्घच्याउन सामूहिक अभियान शुरु गरिएको उनकोे भनाइ थियो । चितवनमा पछिल्लो ...
error: Content is protected !!