पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

इस्लामाबाद, २० भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार हुनुभएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए । पाकिस्तानमा हाल मामून हुस्सैन राष्ट्रपतिमा हुनुहुन्छ । पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको परिणाम बुधबार...
भारत लैजाँदै गरेको अवस्थामा दुई सय महिला तथा बालबालिको उद्धार

भारत लैजाँदै गरेको अवस्थामा दुई सय महिला तथा बालबालिको उद्धार

बैतडी, २० भदौ । पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिए। आर्थिक वर्ष २०७२ र ७३ मा २३ महिला तथा २७ बालबालिकासहित ६० जनाको उद्धार गरिएको थियो । आव २०७३ र ७४ मा २४ महिला र ४० ...
सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०७५ स्वीकृत

सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०७५ स्वीकृत

काठमाडौँ, १९ भदौ । राष्ट्रियसभाको आजको बैठकले ‘सार्वजनिक सुरक्षा ९तेस्रो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको सो प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
कर्मचारी समायोजन पुस मसान्तसम्ममा

कर्मचारी समायोजन पुस मसान्तसम्ममा

काठमाडौँ, १९ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर प्रयास भइरहेको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले निजामति प्रशासनको क्षमतामाथि प्रश्न नभए पनि कार्य क्षमताको उचित प्रयोग र सुशासनको पाटोबाट प्रशस्तै आलोचना हुने गरेको उल्लेख गर्नुभयो । सङ्घीयताको अभ्यास ...
जापानमा २५ वर्षपछिकै शक्तिशाली आँधी, सतर्क रहन आह्वान

जापानमा २५ वर्षपछिकै शक्तिशाली आँधी, सतर्क रहन आह्वान

टोकियो, १९ भदौ । जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन् । यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ । तर पनि अहिले...
नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता वृद्धि: प्रधानमन्त्री ओली

नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता वृद्धि: प्रधानमन्त्री ओली

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय सङ्गठनको प्रभावकारी गतिविधिबाट एकार्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै काठमाडौँमा चौथो बिम्स्टेक शिखर सम्मेलन समापनपछि म्यानमा र श्रीलङ्काका राष्ट्रपति तथा भारतका प्...
बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

काठमाडौँ, १९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्...
प्रहरीमा हुने राजनीतिक हस्तक्षेपलाई निस्तेज गर्ने : प्रहरी महानिरीक्षक

प्रहरीमा हुने राजनीतिक हस्तक्षेपलाई निस्तेज गर्ने : प्रहरी महानिरीक्षक

कलैया, १८ भदौ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्र र नेपाली नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बारा तथा व्यारेक र हिरासतको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्र र नेपाली नागरिकको सेवामा सदैव समर्पित रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक खनालले दोषीलाई नछोड्ने र निर्दोषला...
‘मौलिक संस्कृतिको संरक्षणमा जोड’

‘मौलिक संस्कृतिको संरक्षणमा जोड’

काठमाडौँ, १८ भदौ । कर्णाली र प्रदेश नं ७ मा विशेष रुपमा मनाइने गौरा पर्व राजधानीमा रहेका प्रदेशवासीले टुँडिखेलमा जम्मा भई देउडा खेलेर मनाएका छन् । प्रशंसा संरक्षण समूहले आज यहाँ आयोजना गरेको गौरा पर्व विशेष कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम संस्कृतिमा धनी रहेको बताउनुभयो । ‘‘गौराजस्ता मौलिक नेपाली संस्कृतिको संरक्षण हुनुपर्छ, यसका लागि य...
निजामतीमा अब नौ वटा मात्र सेवा रहने, दुई सेवा खारेज

निजामतीमा अब नौ वटा मात्र सेवा रहने, दुई सेवा खारेज

काठमाडौँ, १८ भदौ । निजामतीमा अब नौ वटा मात्र सेवा रहने भएको छ । नयाँ बन्न थालेको सङ्घीय निजामती सेवा ऐनमा ११ बाट दुई सेवा खारेज गर्दै नौ वटा मात्र सेवा राख्न थालिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ऐन स्वीकृत गर्दा शिक्षा र आर्थिक योजना तथा तथ्याङ्क सेवा खारेज गरिएको बताए । अब प्रशासन, क...
उच्च सैनिक अधिकृतको सम्मेलन शुरु

उच्च सैनिक अधिकृतको सम्मेलन शुरु

काठमाडौँ, १८ भदौ । नेपाली सेना र ‘यूएस इण्डो–प्यासिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्स’ को संयुक्त आयोजनामा एशिया प्रशान्त क्षेत्रमा पर्ने राष्ट्रका उच्च सैनिक अधिकृतको सम्मेलन  शुरु भएको छ । आजदेखि शुरु भएको सो ११ औँ ‘एशिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फेरेन्स’ को कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपालमा पहिलो पटक ...
आरोहणको ६८ वर्षपछि हर्जोगको शालिक आधार शिविरमा

आरोहणको ६८ वर्षपछि हर्जोगको शालिक आधार शिविरमा

पोखरा, १८ भदौ । हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक मौरिस हर्जोेगको शालिक अन्नपूर्ण आधार शिविरमा स्थापना गरिएको छ । हर्जोगको सफल आरोहणपछि मात्र विश्वमा हिमाल चढ्ने क्रमको औपचारिक थालनी भएको हो । पहिलो आरोहण भएको हिमाल भएकै कारण अन्नपूर्ण प्रथमलाई जेठो हिमालका रुपमा लिने गरिन्छ । अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर ...
जातीय भेदभाव भए दुई लाखसम्म क्षतिपूर्ति प्रस्ताव

जातीय भेदभाव भए दुई लाखसम्म क्षतिपूर्ति प्रस्ताव

काठमाडौँ, १८ भदौ । मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकलाई सरकारले सदनमा प्रस्तुत गरेको छ । विधेयकमा कसुरको प्रकृतिअनुसार कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पीडितलाई रु दुई ल...
रेडक्रस महासङ्घका महासचिव सी नेपालमा

रेडक्रस महासङ्घका महासचिव सी नेपालमा

काठमाडौँ, १८ भदौ । नेपाल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा आज नेपाल आउनुभएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख जुजा किमले उहाँलाई स्वागत गर्नुभयो । नेपाल रेडक्रसको निमन...
५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

५४ लाखसहित पाँच जना हुण्डी कारोवारी पक्राउ

पर्सा, १८ भदौ । नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको हो । वीरगञ्जको घडिआर्व र माइस्...
प्लास्टिक झोला प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

प्लास्टिक झोला प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, १७ भदौ । सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय मीरा खड्का र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज वन तथा वातावरण मन्त्रालयलको नाममा सो अन्तरिम आदेश जारी गरको हो । आदेशमा भनिएको छ, “३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको नियन्त्रण तथा न...
त्रिवि मातहत सम्बन्धन प्राप्त क्याम्पस नराख्न सिफारिश

त्रिवि मातहत सम्बन्धन प्राप्त क्याम्पस नराख्न सिफारिश

काठमाडौँ, १७ भदौ । उच्च शिक्षा क्षेत्रलाई सङ्घीयता अनुकूल तुल्याउन त्रिभुवन विश्वविद्यालय जस्ता केन्द्रीय विश्वविद्यालय मातहतमा सम्बन्धन प्राप्त क्याम्पस नराख्न सिफारिश गरिएको छ । विश्वविद्यालयको वर्गीकरण र मापदण्डका लागि डा त्रिरत्न मानन्धरको संयोजकत्वको गठित सात सदस्यीय सुझाव समितिले दिएको प्रतिवेदनले केन्द्रीय विश्वविद्यालयले आङ्गीक क्याम्पस मात्र र प्रदेश विश्वविद्यालयबाट आङ्गीक र प्रदेश दुव...
विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउन आदेश

विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउन आदेश

काठमाडौँ, १७ भदौ । सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त इजलासले दिएको निर्देशनात्मक आदेशको आज पूर्ण पाठ जारी गर्दै विदेशमा बस्ने सबै नेपाली नागरिकलाई आगामी निर्वाचनदेखि सहभागी गराउने आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘...
संविधान दिवसलाई महोत्सव बनाउन प्रमको आग्रह

संविधान दिवसलाई महोत्सव बनाउन प्रमको आग्रह

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको राष्ट्रको सबैभन्दा ठूलो पर्व संविधान दिवसलाई महोत्सवका रुपमा मनाइनुपर्नेमा जोड दिनुभयो । “संविधान दिवसलाई हाम्रा चाड, उत्सव र दिवसमध्ये राष...
प्रथम बौद्ध सम्मेलन सम्पन्न

प्रथम बौद्ध सम्मेलन सम्पन्न

नवलपरासी, १७ भदौ । पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरमा एक दिवसीय प्रथम बौद्ध सम्मेलन शनिबार सम्पन्न भएको छ । एशियाकै ज्योती मानिएका भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको शिक्षा हालको समयमा पनि सान्दर्भिक रहेकोमा सोही सम्बन्धमा सम्मेलन आयोजना गरिएको थियो । बौद्ध सम्मेलनमा बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, पूर्व–पश्चिम नवलपरासीका प्रखर वक्ताहरूको विशेष सहभागिता रहेको आयो...
तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला

तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला

ललितपुर, १७ भदौ । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौँ उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् । विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन् । भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले प...
एघार घण्टादेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

एघार घण्टादेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ, १७ भदौ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टादेखि बन्द रहेको छ । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन । घाँसे मैदानमा धस्सिएको विमान...
बोक्सीको आरोपमा सासूको हत्या, बुहारी पक्राउ

बोक्सीको आरोपमा सासूको हत्या, बुहारी पक्राउ

दाङ, १७ भदौ । आफूलाई बोक्सी लागेको भन्दै दाङमा बुहारीले सासूको हत्या गरेकी छन् । दंगीशरण गाउँपालिका–३ की टन्की रावतले ६९ वर्षीया सासू खोपी रावतको हत्या गरेकी हुन् । आफ्नै सासूलाई बोक्सीको आरोप लगाइ हत्या गरी टन्की फरार भएकी थिइन् । उनलाई शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सार्वजनिक गरेको छ । सासूले बोक्सी लगाएकै कारण आफू पटक पटक बिरामी परेको भन्दै सल्यानमा लगेर हत्या गरेको टन्क...
आज देशभर श्रीकृष्णजन्माष्टमी मनाइँदै

आज देशभर श्रीकृष्णजन्माष्टमी मनाइँदै

काठमाडौँ, १७ भदौ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आर...
फौजदारी र देवानी संहितालाई प्रेसमैत्री बनाउन माग

फौजदारी र देवानी संहितालाई प्रेसमैत्री बनाउन माग

काठमाडौँ, १७ भदौ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ लाई संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउनुपर्ने माग गरेको छ । समितिको शनिबार बसेको बैठकले भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता, मुलुकी (देवानी) संहितामा रहेका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर असर पर्ने भएकाले ...
श्रीलङ्काको लुम्बिनी गुरुयोजनामा सहयोग गर्ने प्रस्ताव

श्रीलङ्काको लुम्बिनी गुरुयोजनामा सहयोग गर्ने प्रस्ताव

बुटवल, १६ भदौ । श्रीलङ्काले लुम्बिनी गुरुयोजना पूरा गर्न नेपाल सरकारबाट प्रस्ताव आए श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको बताएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनु भएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको आज गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको क्रममा सो सहयोग गर्ने धोषणा गरिएको हो । लुम्ब...
श्रीलङ्काका राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण

श्रीलङ्काका राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण

बुटवल, १६ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभयो । भ्रमणका अवसरमा राष्ट्रपति सिरिसेनाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्धपद्चाप चिन्ह (मार्कर स्टोन) बुद्धको जन्म स्मा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २२ घण्टा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २२ घण्टा

काठमाडौँ, १६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो । सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि शुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमा...
बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

काठमाडौँ, १६ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार, यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०÷३० जना सैनिकको सहभागिता हुनेछ । सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको उक्त संयुक्त अभ्यास प...
भारतीय प्रधानमन्त्री मोदीले गरे नेपालीमा टुइट

भारतीय प्रधानमन्त्री मोदीले गरे नेपालीमा टुइट

काठमाडौं, १६ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सम्मलेनमा सहभागी हुन नेपाल आएका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले सम्मेलन सकिएपछि नेपालीमा टुइट गरेका छन् । उनले शुक्रबार बिमस्टेक सम्मेलन सकिएपछि आफ्नो टुइट ह्याण्डलबाट नेपाल सरकार, प्रधानमन्त्री ओली र नेपालीलाई धन्यवाद सहित २ वटा टुइट गरेका हुन् ।      
कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत !

कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत !

कञ्चनपुर, १५ भदौ । कञ्चनपुर बेलडाँडी गाउँपालिका–१ का अन्दाजी १५ वर्षीया एक किशोरीमाथि बलात्कार भएको छ । तेह्र वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै बिहीबार राति २ बजेको समयमा ती किशोरीको बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । किशोरीको घरमा पूजा चलिरहेका बेला पूजामा सहभागी हुन मोटरसाइकलमा आएका चार जना युवाले फ...
error: Content is protected !!