नारायणगढ–मुुग्लिन सडक तीन ठाउँमा भासियो
चितवन, ७ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएका छन् ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुङ्गामा ७५ मिटर लामो सडक भासिएको छ ।
सो ठाउँमा पाँच मिटर चौडा भासिएको हो । करीब २० सेन्टिरमिटर भासिएको छ । सडक विस्तार गर्दा छेउपट्टीबाट पर्ख...






























