वाम गठबन्धनमा पुन ६०/४० कै भागबन्डा

वाम गठबन्धनमा पुन ६०/४० कै भागबन्डा

काठमाडौँ, २८ पुस । वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि यसअघिकै जस्तो ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न बनाएको कार्यदलले विगतको सहमतिकै आधारमा छलफल अघि बढाएको छ । यसअघि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत भ...
ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले लियो तत्काल यस्तो निर्णय

ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले लियो तत्काल यस्तो निर्णय

भक्तपुर, २६ पुस । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम शुरु गर्ने भएको हो । ओली निवास...
नयाँ दिल्ली प्रस्थान गर्न लागेको प्रबुद्ध समूहलाई प्रधानमन्त्री देउवाको निर्देशन

नयाँ दिल्ली प्रस्थान गर्न लागेको प्रबुद्ध समूहलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ, २५ पुस।  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिएका छन् ।  नेपाल–भारतबीचको समग्र सन्धि, सम्झौता र सहमति पुनवरालोकन गर्न गठित उक्त समूहका नेपाली सदस्यहरूसँग आज भएको भेटमा उनले भने, “देश र जनताको हितमा तपाइँहरूले अघि बढाउने काममा हाम्रो सहयोग र साथ रहनेछ ।” नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूहको छैटौँ बैठक आगामी बिहीब...
एमाले – माओवादी बैठकः प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन

एमाले – माओवादी बैठकः प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन

काठमाडौं, २५ पुस । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले राष्ट्रियसभा र प्रदेश सरकार गठनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । तर, एकतापछि सरकार र पार्टीको नेतृत्व लगायतका विषयमा कुनै सहमति भएको छैन । प्रदेश र प्रतिनिधिसभा चुनावपछि एमाले र माओवादीको एकता संयोजन समितिको बस्न सकेका थिएन । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासम बालकोटमा मंगलबार बसेको तीन घन्टा भन्दा बढी चलेको थियो । ब...
कांग्रेसमा विवाद चुलिदै, पौडेल समूहको छुट्टै बैठक

कांग्रेसमा विवाद चुलिदै, पौडेल समूहको छुट्टै बैठक

काठमाडौं,२५ पुस । निर्वाचन पराजयसँगै सत्तारुढ दल कांग्रेसभित्र गुटगत विवाद चुलिएको छ । प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व, संगठन र सिद्धान्त परिमार्जनका विषयमा छलफल गरेको छ । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंहसहित १४ नेता सहभागी बैठकले नेतृत्वलाई पार्टी विधानअनुसार चल्न दबाब दिने सहमति गर...
नोटमा पृथ्वीनारायणको तस्वीर राख्न  यस्तो सुझाव

नोटमा पृथ्वीनारायणको तस्वीर राख्न यस्तो सुझाव

काठमाडौँ, २४ पुस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सबै मिलेर वैदेशिक हस्तक्षेपलाई चिर्नुपर्ने बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९६ औँ पृथ्वीजयन्तीको अवसरमा यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उनले इतिहासमा स्वतन्त्र अस्तित्व कायम गरेको नेपालको राष्ट्रियतामा चुनौती रहेको बताउँदै भने, ‘पृथ्वीनारायण शाहको सपनालाई सार्थक पार्ने कार्ययोजना अहिलको संविधानमा व्यवस्था गरिएको छ, अब देशलाई समृद्धि...
प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाडौं,२४ पुस । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी ...
प्रचण्ड फकाउँदै कांग्रेस, सरकार गठनमा तालमेल गर्ने यस्तो छ गृहकार्य

प्रचण्ड फकाउँदै कांग्रेस, सरकार गठनमा तालमेल गर्ने यस्तो छ गृहकार्य

काठमाडौं, २४ पुस । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिएर आफ्नो गठबन्धनमा ल्याउने गृहकार्य अगाडि बढाएको छ । वाम गठबन्धनबीच पार्टी एकीकरणमा ढिलासुस्ती भईरहेका बेला कांग्रेसका केही नेता प्रचण्ड निकटका नेतासँग नयाँ सरकार गठनमा तालमेल गर्ने गृहकार्यमा जुटेका छन् । कांग्रेसले शान्ति प्रक्रियाको बाँकी काम एमालेसँगको एकताले...
वाम गठबन्धनमा भाँजो हाल्न मधेसवादी दल सक्रिय: बिजुक्छे

वाम गठबन्धनमा भाँजो हाल्न मधेसवादी दल सक्रिय: बिजुक्छे

भक्तपुर, २३ पुस। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई तोड्न बाह्य शक्तिको षड्यन्त्र भइरहेको दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भने, – ‘एमाले र माओवादी केन्द्रबीच रहेको वाम गठबन्धन तोड्न बाह्य शक्ति नै लागेको छ, त्यसमाथि पनि मधेसवादी दल पनि दुई पार्टीको एकतामा ...
उत्तर र दक्षिण कोरियाबीचको वार्तासँगै अमेरिकी राष्ट्रपतिले छोप्ने भए यस्तो अवसर

उत्तर र दक्षिण कोरियाबीचको वार्तासँगै अमेरिकी राष्ट्रपतिले छोप्ने भए यस्तो अवसर

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताएका छन् । डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उनले भने, म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन । सम्वाददाताहरुले उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै भएपनि कुराकानी गर्नुभएको त छैन भनी गरिएको प्रश्नको जवाफमा उनले सो धारणा राखेका हुन् ।  उनले भन...
वाम गठबन्धन टिक्नेमा शंका छः बिजुक्छे

वाम गठबन्धन टिक्नेमा शंका छः बिजुक्छे

भक्तपुर, २३ पुस । स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुशील बन्धु थापालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २१ औ स्थापना दिवसको अवसरमा स्थापित उक्त पुरस्कार महासंघ भक्तपुरले प्रदान गर्दै आएको छ । आइतबार आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छेले थापालाई  पुरस्कारबाट सम्मान गरे । पुरस्कारको राशि २ हजार ५ सहित सम्मानपत्र रहेको छ । दुई...
धनकुटेले घेराउ गरे प्रधानमन्त्री निवास

धनकुटेले घेराउ गरे प्रधानमन्त्री निवास

काठमाडौं,२३ पुस । प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने मागसहित धनकुटावासीले आइतबार प्रधानमन्त्रीको सरकारी निवास घेराउ गरेका छन् । धनकुटालाई प्रदेश राजधानी माग गर्दै आन्दोलन गरिरहेको प्रदेशिक राजधानी धनकुटा निर्माण समितिको अगुवाईमा बालुवाटारमा धनकुटेली जनताले आइतबार बिहान साढे ८ देखि ११ बजेसम्म धर्ना दिएका थिए । भौतिक पूर्वाधार ,सार्मथ्य, सुरक्षा र भौगोलिक सुन्दरता सबैमा धनकुटा राजध...
प्रदेश प्रमुख भोलि, राजधानी निर्णय कहिले ?

प्रदेश प्रमुख भोलि, राजधानी निर्णय कहिले ?

काठमाडौं,२३ पुस। कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारी योजना उनले सुनाए । एकातिर अस्थायी प्रादेशिक राजधानीबारे उठिरहेका विभिन्न माग, अर्कातिर वाम गठबन्धनसँग असहमति । यस्तोमा सरकारले के गर्ने भन्ने विष...
कानून नमानेको भन्दै साउदीका ११ राजकुमार पक्राउ

कानून नमानेको भन्दै साउदीका ११ राजकुमार पक्राउ

रियाद – साउदी अरबका ११ राजकुमारलाई रियादबाट पक्राउ गरिएको छ। रियादमा रहेको शाही महलबाट साउदी प्रहरीले ११ राजकुमारलाई शनिबार हिरासतमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। शाही परिवारका सदस्यको पानी र बिजुलीको बिल राज्यकोषले नतिर्ने निर्णयको विरोध र हत्या अभियोगमा परिवारका एक सदस्यविरुद्ध सुनाइएको सजायको धरौटी मागेपछि राजकुमारलाई नियन्त्रणमा लिइएको हो। विश्वकै ठूलो तेल निर्यात गर्ने स...
राष्ट्रियसभा निर्वाचनपछि पनि शेरबहादुरले सत्ता नछाडे धकेलेर फालिदिन्छौंः लालबाबु

राष्ट्रियसभा निर्वाचनपछि पनि शेरबहादुरले सत्ता नछाडे धकेलेर फालिदिन्छौंः लालबाबु

काठमाडौं, २२ पुस। नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनसम्म आफूहरु चुप लागेर बस्ने भन्दै त्यसपछि पनि शेरबहादुर देउवाले सत्ता नछाडे धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले  भने,“हामी निर्वाचनसम्म धैर्य गर्छौं, यदि त्यसपछि पनि उहाँहरु सरकारमै टाँसिरहन चाहानुभ...
क्रान्तिकारी अध्यक्ष तामाङद्वारा मिर्गौला पीडितलाई १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण

क्रान्तिकारी अध्यक्ष तामाङद्वारा मिर्गौला पीडितलाई १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण

काठमाडौं,२२ पुस। माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले मिर्गौला पीडित श्यामबहादुर मगरलाई उपचार सहयोग स्वरुप १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। झापाको कमल गाउँपालिका १ निवासी २४ वर्षीय मगरका दुवै मिर्गौलाले काम गर्न छाडेपछि हाल उनी शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ। मिर्गौला प्रत्यारोपण ग...
गगन थापालाई बम हान्ने धरौटीमा रिहा

गगन थापालाई बम हान्ने धरौटीमा रिहा

काठमाडौंं,२२ पुस। निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंंले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई रु ६० हजारका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा गरेको हो । कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ ।...
सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने

प्रदेश प्रमुख तोकेर सातै प्रदेशका सदस्यको शपथ काठमाडौंमै गराउने तयारी सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ । प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख मात्र नियुक्त गर्ने तयारी गरेको छ ।     प्रदेश राजधानी माग्दै देशभर आन्दोलन चर्के...
राष्ट्रपति बन्ने प्रस्ताव आए पछि हट्दिँन : नेता खनाल

राष्ट्रपति बन्ने प्रस्ताव आए पछि हट्दिँन : नेता खनाल

इलाम, २१ पुस। पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने तर त्यसका लागि आफूले लभिङ नगर्ने बताएका छन् । इलामको साखेजुङमा आज आयोजित कार्यक्रममा बोल्दै उनले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले फागुन महिना लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताएका हुन् । एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्ट...
प्रधानमन्त्रीको गृह जिल्लामा प्रादेशिक राजधानीको ‘माग राखी बन्द हड्ताल’

प्रधानमन्त्रीको गृह जिल्लामा प्रादेशिक राजधानीको ‘माग राखी बन्द हड्ताल’

डडेल्धुरा, २१ पुस। प्रदेशको राजधानीको माग राखी प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि आन्दोलन सुरु भएको छ । प्रदेश नम्बर ७ को राजधानी डडेल्धुरामा हुनु पर्ने माग राखी उद्योग व्यवसायी तथा स्थानीयहरुले दिउँसो १२ बजे देखि ३ बजेसम्म मुख्य राजमार्गहरुका यातायात बन्द गरे । सरकारले ७ नम्बर प्रदेशको राजधानी कैललालीको धनगढीलाई बनाउने आन्तरिक गृहकार्य गरिरहेको छ । तर, सूदूरपश्चिमको मुख...
पाकिस्तानमा सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा

पाकिस्तानमा सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा

काठमाडौं,२१ पुस । अमेरिकाले पाकिस्तानलाई दिने सबै प्रकारका सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी विदेश विभागका अनुसार पाकिस्तान आतंकवाद अन्त्य गर्न असफल भएकाले यस्तो घोषणा गरिएको हो । अमेरिकी विदेश विभागबाट जारी वक्तव्यमा लेखिएको छ- सैन्य सहयोग तबसम्म रोकिने छ जबसम्म पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिवानविरुद्ध कारबाही गर्दैन । बीबीसीका अनुसार पाकिस्तानलाई दिने गरिएको २५५ मिललियन डल...
प्रदेश २ मा राजपा र फोरमको सरकार बनाउने तयारी

प्रदेश २ मा राजपा र फोरमको सरकार बनाउने तयारी

काठमाडौं, २१ पुस। प्रदेश २ मा राजपा र फोरम मिलेर प्रदेश सरकार बनाउने तयारी गरेका छन् । प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धन गरेर निर्वाचनमा होमिएका दुई दलको प्रदेश २ मा बहुमत छ । निर्वाचनमा जाँदा प्रदेशमा मधेसको अधिकार प्राप्ति र विकासका लागि सरकार निर्माणको जनमत दिन आग्रह गरेको र जनताले विश्वास गर्दै म्यान्डेट दिएकाले, त्यसबाट दायाँबायाँ नगर्ने उनीहरूले बताएका छन् । यद्यपि, सरकार निर्माणको औपचार...
१० बुँदे घोषणापत्र जारी गर्दै नयाँ शक्तिको बैठक सम्पन्न

१० बुँदे घोषणापत्र जारी गर्दै नयाँ शक्तिको बैठक सम्पन्न

काठमाडौं, २१ पुस । नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको तीनदिने पूर्ण बैठक १० बुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ । मंगलबारदेखि कास्कीको माछापुछ्रे गाउँपालिका ल्वाङमा बसेको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा विकास र विस्तार गर्ने, १०, ११ र १२ फागुनमा संघीय परिषद्को बैठक बस्नेलगायतका निर्णय गरेको छ । साथै पार्टीको नीतिलाई जनमानसमा प्रभावकारी रूप...
देउवाले पनि खर्च विवरण बुझाएनन्

देउवाले पनि खर्च विवरण बुझाएनन्

डडेल्धुरा,२१ पुष।  डडेल्धुराबाट प्रतिनिधिसभाको चुनाव जितेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदारले अझैं खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार खगराज भट्ट, नेपाल दलित पार्टीका रमेश टमटा र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयले जनाएको छ। प्रदेशसभा (क) मा विजयी वाम गठ...
साईकल बेच्दाबेच्दै सांसद

साईकल बेच्दाबेच्दै सांसद

काठमाडौं, २१ पुस । गत वैशाखमा मध्यविन्दु नगरपालिका ७ मा वडा सदस्य निर्वाचित लक्ष्मी सुनारले सांसद् नै हुँला भनेर कल्पनासम्म गरेकी थिईनन् । वडामा जित्दा दंग परेकी थिईन् । अलिहे प्रदेश सांसद हुँदा खुसीको सीमा नै छैन । 'पार्टीमा काम गर्दै गएपछि एक दिन अवश्य मुल्यांकन हुँदोरहेछ', उनले भनिन् । सदस्यमा निर्वाचित भएपछि उनले काम गर्ने तौरतारिका सिकिरहेकी थिईन् । वडामा सभा सम्मेलनको निम्तो आउँदा...
नविन कांग्रेस बनाउने मौका : थापा

नविन कांग्रेस बनाउने मौका : थापा

काठमाडौं,२० पुस। कांग्रेस नेता गगन थापाले चुनाव हारेर कांग्रेसलाई घाटा नभएको बताएका छन् । उनले अहिलेको समय कांग्रेसका लागि सशक्त बन्ने र नविन कांग्रेस बनाउने मौका भएको समेत स्पष्ट पारे । प्रजातान्त्रिक योद्धा तुर्सा हेमरमको शालिक अनावरण गर्न झापा आएका नेता थापाले तुर्सा हेमरम प्रजातान्त्रिक पृष्ठभूमिमा मात्र सीमित हुने योद्धा नभएको बताए । उनले तुर्सा हेमरमजस्ता सादगी नेताकै कारण मुलुकमा प्रजाता...
सरकार गठन अघि नै पार्टी एकीकरणः प्रचण्ड

सरकार गठन अघि नै पार्टी एकीकरणः प्रचण्ड

चितवन,२० पुस। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन अघि नै एमाले र माओवादी केन्द्रका वीचमा पार्टी एकता हुने उद्घोष गरेका छन् । भरतपुर महानगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न चितवन आएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार गठनको वाटो खुलिसकेकाले अब पार्टी एकता हुने बताए । पार्टी एकिकरणमा कुनै विवाद नभएको दाबी गरे । ‘दुई ठूला एकता गर्ने सन्र्दभमा छलफल हुनु र फरक...
राजधानी कर्णालीमा हुनुपर्ने माग गर्दै जुम्लामा आन्दोलन

राजधानी कर्णालीमा हुनुपर्ने माग गर्दै जुम्लामा आन्दोलन

जुम्ला –६ नम्बर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग राख्दै जुम्लामा आजदेखि आन्दोलन शुरु भएको छ । पहिलो दिन नागरिक समाजको अगुवाईमा सदरमुकाम खलंगामा जुलुस निकालिएको हो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयबाट शुरु भएको आन्दोलन विजयनगर हुँदै जिल्ला प्रशासन कार्यालय जुम्ला नजिकै पुगेर कोणसभामा परिणत भएको थियो। अस्थायी राजधानी सुर्खेत खारेज गर, ६ नम्वर प्रदेशको राजधानी जुम्लामा घोषणा ग...
प्रदेश प्रमुख तोक्न सरकारलाई दवाव र विरोध एकैसाथ

प्रदेश प्रमुख तोक्न सरकारलाई दवाव र विरोध एकैसाथ

काठमाडौं,२० पुस। प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा नेकपा एमालेले दोहोरो रणनीति अबलम्वन गरेको सत्तापक्षको बुझाई छ । यसअघि अव बन्ने नयाँ सरकारले सवै काम गर्ने भन्दै आएको एमालेले प्रदेश प्रमुख, अस्थायी मुकाम तोक्ने र राष्ट्रिय सभा निर्वाचन सहमतिका आधारमा गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सर्वदलीय बैंठकमा एमाले नेताहरुको प्रस्तुति नै दोहोरो अर्थ दिने किसिमको रहेपछि सत...
सकियो सर्वदलीय बैठक,  प्रदेश प्रमुख र राजधानी तोक्न सहमति

सकियो सर्वदलीय बैठक, प्रदेश प्रमुख र राजधानी तोक्न सहमति

काठमाडौं,२० पुस। प्रदेश राजधानी, प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा बोलाइएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकका विषयमा सहमती जनाउन आग्रह गरेका थिए । बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले माओवादी नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ति काम छिटो गर्न सुझाव दिएको बताए । त्यस्तै ब...
चुनाव खर्च २५ लाख भोट २२९ !

चुनाव खर्च २५ लाख भोट २२९ !

काठमाडौं, २० पुस। राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् । निर्वाचन आयोगले तोकेका अधिकतम खर्च गर्न पाउने रक पनि २५ लाख नै हो । रोकाले २५ लाख खर्च गरे पनि मत भने २...
error: Content is protected !!