धनकुटाकी थापा भईन् जीपी फाउण्डेशनको प्रदेश संयोजक
धनकुटा, ९ असोज । गिरिजा प्रसाद कोईराला प्रतिष्ठानको प्रदेश संयोजकमा धनकुटाकी नेतृ इन्दिरा थापा नियुक्त भएकी छन् ।
कांग्रेस नेता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको उक्त प्रतिष्ठानको १ नम्बर प्रदेश संयोजकमा थापालाई चयन गरिएको हो ।
फाउण्डेशनका अध्यक्ष एवं स्व.कोइराला पुत्री सुजता कोइरालाले थापालाई प्रदेश संयोजकमा मनोनित गरेकी हुन् । संयोजकमा नियुक्त भए...



























