बिराटनगरमा मुख्य दलले उम्मेदवार टुङ्गो नलगाउँदा मतदाता अलमलमा
विराटनगर । प्रदेश नं– १ को राजनीतिक केन्द्रविन्दुको रुपमा मानिएको विराटनगर महानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलले उम्मेदवारको नाम सार्वजनिक नगरेकाले सर्वसाधारण मतदाता अलमलमा परेका छन् ।
दोस्रोचरणको निर्वाचनको मिति दुई पटक सारिएको र अहिलेसम्म मुख्य राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक नगर्दा सर्वसाधारण मतदातालाई कतै पुनः निर्वाचनको तिथि सारिने हो की चर्चाका कारण थप अलमलमा प...
