सुनजस्तो देखिने पहेँलो पदार्थसहित ताइवानी नागरिक पक्राउ
काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा सुनजस्तो देखिने करिब एक केजी पहेँलो पदार्थसहित प्रहरीले एक ताइवानी नागरिकलाई पक्राउ गरेको छ ।
क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट बुधबार काठमाडौँ आएका ताइवानी नागरिक चिएचुन चाङलाई अवैध रुपमा साथमा लुकाई छिपाई ल्याएको उक्त वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


















