करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

इलाम, ३० पुस । इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो ।  आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ । करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएक...
झापा जेसिज अध्यक्षमा ढुंगेल निर्वाचित

झापा जेसिज अध्यक्षमा ढुंगेल निर्वाचित

भद्रपुर, ३० पुस । भद्रपुर जेसिजको अध्यक्षमा सोमप्रसाद ढुंगेल सर्वसम्मत निर्वाचित भएका छन् । वर्ष २०१७ मा जेसिजको जनसम्पर्क अधिकारीको जिम्मेवारी सम्हाली सक्नुभएका ढुंगेललाई चन्द्रगढीमा शनिबार सम्पन्न भएको जेसिजको ४४औँ वार्षिक साधारणसभाले वर्ष २०१८ का लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । यसैगरी कार्यकारिणी उपाध्यक्षमा सिर्जना उप्रेती प्रसाईं र जुनेस राउत सर्वसम्मत निर्वाचित हुनुभएको छ । य...
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको लगातार तेस्रो हार

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको लगातार तेस्रो हार

काठमाडौं, ३० पुस । पहिलो पटक सहभागिता जनाएको दृष्टिविहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपालले श्रीलंकालाई शनिबार सम्पन्न खेलमा ३ सय ३९ रनको फराकिलो नतिजा सुम्पिएको हो । श्रीलंकाले दिएको ४ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३३.४ ओभरमा १ सय ५५ रनमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ४० ओभरमा ५ विकेट गुमाउँद...
खाली जग्गामा बसोबास गराउन सुकुम्बासीको माग

खाली जग्गामा बसोबास गराउन सुकुम्बासीको माग

विराटनगर, ३० पुस। विगत तीन पुस्तादेखि कटहरी गाउँपालिका वडा नं १ मा बसोबास गरिरहेका सुकुम्बासीले अन्य खाली जग्गामा घरबासका लागि आफूहरुको व्यवस्था गराउनुपर्ने सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरुले शनिबार पत्रकार सम्मेलन गरी कटहरी गाउँपालिका तथा वडा नं १ को कार्यालयले आफूहरु बसिरहेको घर टहरा हटाउन सूचना जारी गरेकामा समेत आपत्ति जनाएका छन् । विगत तीन पुस्तादेखि उक्त स्थानमा बसिरहेकामा गत साउ...
योग दिवसका अवसरमा बृहत् योग शिविर हुने

योग दिवसका अवसरमा बृहत् योग शिविर हुने

पोखरा, ३० पुस । पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना एवं पतञ्जलि योग समिति नेपालको संयोजकत्वमा तीनदिने बृहत् योग शिविर सञ्चालन हुने भएको छ । तेस्रो राष्ट्रिय योग दिवसका अवसरमा माघ १ देखि ३ गतेसम्म सिमलचौरस्थित ह्वाइट हाउस पार्टी प्यालेसमा बिहान ६ः०० देखि ८ः०० बजेसम्म दुई घण्टा शिविर सञ्चालन गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘सबैका लागि योग, सधैँका लागि योग’ ...
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङ, ३० पुस । मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ । उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नंको यात्रुवाहक बसले सोही दिशाको साइकलयात्रीलाई ठक्कर दिँदा रतुवामाई– ९ बस्ने ४८ वर्षीय काशीराम धामी थारुको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका धामी थारुको न्यूरो अस्पताल विराटनगरमा उपचारका क...
देशभरका नर्स आन्दोलनमा

देशभरका नर्स आन्दोलनमा

काठमाडौं, ३० पुस। ११ बुँदे माग अघि सार्दै आन्दोलनमा रहेका नर्सले देशभरका अस्पतालमा शनिबार पनि १ घन्टा काम ठप्प पारे । नर्सले बिहान १० बजेदेखि एक घन्टा अस्पतालमा कुनै पनि काम गरेनन् । नर्सको हकहितका लागि भन्दै नर्सिङ संघको अगुवाइमा आन्दोलन भएको हो । सरकारले मागको सुनुवाइ नगरेसम्म आन्दोलन जारी रहने नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन् । आन्दोलनका कार्यक्रम २६ र २७ पुसमा का...
पाँच हजार सामाजिक परिचालक कर्मचारी आन्दोलित

पाँच हजार सामाजिक परिचालक कर्मचारी आन्दोलित

काठमाडौं, ३० पुस। स्थानीय निकायमा विगत आठ वर्षदेखि सामाजिक परिचालकको रूपमा काम गरेका पाँच हजार कर्मंचारी आन्दोलित भएका छन् । ऐेन कानुनबोजिम राखिएका कर्मचारीलाई हटाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले समाजिक परिचालन कार्यविधि २०७१ जारी गरी स्थानीय सेवा प्रदायक संस्थाको छनोट गरेको थियो । यसरी छनोट गरिएका गाउँप...
सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

चौतारा, ३० पुस। सिन्धुपाल्चोकको चौतारा नजिकै ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ४ ख २९६० नम्बरको ट्रिपर गएराति साढे ११ बजे दुर्घटना हुँदा ठुलोपाखर निवासी शशीकुमार लामाको घटनास्थलमै मृत्यु भएको छ । मृतक अर्का एकजनाको सनाखत हुन बाँकी छ । निर्माण सामग्री लिएर चौताराबाट गिदाने जाँदै गरेको ट्रिपर गएराति सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्री देउवाको अलमल

प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्री देउवाको अलमल

काठमाडौं, ३० पुस । वाम गठबन्धनबाट सरकार लम्ब्याउन खोजेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिमा समेत अलमल गरेका छन्। प्रधानमन्त्रीकै ढिलासुस्तीले निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकको मतपरिणाम सार्वजनिक गर्न पाएको छैन। कानुनअनुसार प्रदेशसभा निर्वाचनको परिणाम ७ दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने हुन्छ। आयोगले प्रदेशसभा समानुपातिक परिणाम केही दिनअघि नै तयार प...
३७१ जनासँग दुई करोड ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहा

३७१ जनासँग दुई करोड ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहा

  सञ्चालकद्वारा आफ्नै कर्मचारीविरुद्ध वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक रुद्रबहादुर घिमिरेलाई विभागले कुनै धरौटी नलिई तथा विनातारेख छाडेको हो । सञ्चालक घिमिरेले आफ्...
माघ १७ मा ‘सुपर मुन’: चन्द्रमा ठूलो आकारको हुने

माघ १७ मा ‘सुपर मुन’: चन्द्रमा ठूलो आकारको हुने

काठमाडौं, ३० पुस । जनवरी ३१ अर्थात माघ १७ गते नेपाली परम्पराअनुसार एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ । जीवनमा पटक पटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले देखेका छौं । तर त्यस दिन चन्द्रमा अघि पछिको पूर्णिमाको रातभन्दा ठूलो आकारको हुनेछ । यस्तो चन्द्रमालाई पश्चिमा खगोलशास्त्रीले 'सुपर मुन' भन्न...
सर्वोच्चले भने मानौँला, तर यो निर्देशन मान्दैनौँ : त्रिवि उपकुलपति

सर्वोच्चले भने मानौँला, तर यो निर्देशन मान्दैनौँ : त्रिवि उपकुलपति

काठमाडौं , ३० पुस । त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले सरकारले डिन बनाउन व्यक्ति तोकेर दिएको निर्देशन आफूहरूले नमान्ने बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ । सरकार र केसीबीच भएको सहमतिको दोस्रो बुँदामा आइओएमको डिनमा जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिन सरकारले त्रिविलाई निर्देशन दिने उल्लेख छ । सहमतिलगत्तै उपकुलपति खनियाँले सरकारले दिएको नीतिगत निर्देशन आफूहरू मान्न तयार भएको, तर व्यक्तिबारे...
प्रधानमन्त्री देउवाकोे बेवास्ताले दशवर्षे कर्णाली विकास योजना अलपत्र

प्रधानमन्त्री देउवाकोे बेवास्ताले दशवर्षे कर्णाली विकास योजना अलपत्र

काठमाडौं, ३० पुस । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन । आजको नयाँ पत्रिकामा खबर छ । आयोगले ६ महिनाअघि नै विकास योजना तयार गरे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत आयोगका पदाधिकारीले प्रधानमन्त...
यसरी छानिन्छन् राष्ट्रियसभा सांसद: वाम गठबन्धनले ४० सिट जित्ने अनुमान

यसरी छानिन्छन् राष्ट्रियसभा सांसद: वाम गठबन्धनले ४० सिट जित्ने अनुमान

काठमाडौं, ३० पुस । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ४० सिट जित हात पार्ने देखिएको छ। प्रदेश २ बाहेक अन्यमा बलियो देखिएको वाम गठबन्धनले प्रदेश ६ मा तीनवटै खुला र तीनवटै महिला जित्ने देखिएको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ । कांग्रेसले १२ र मधेसकेन्द्रित दलले ४ सिटमा मात्र जित निकाल्ने देखिएको छ। राष्ट्रियसभाको ५६ सिटका लागि माघ २४ गते निर्वाचन हुँदै छ। ५९ सदस्यीय राष्ट्रियसभामा एक महिलासहि...
कर्मचारी युनियनको एकता महाधिवेशन हुने

कर्मचारी युनियनको एकता महाधिवेशन हुने

काठमाडौँ, २९ पुस । नेपाल निजामती कर्मचारी युनियन संघको आठौँ महाधिवेशनमा तीनजनाले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । फागुन ८, ९ र १० गते चितवनमा हुने महाधिवेशनका लागि शरदकुमार अधिकारी, राजेन्द्र बुढाथोकी र गोपालप्रसाद पोखरेलले उम्मेद्वारी घोषणा गर्नुभएको हो । तीनजनाले उम्मेद्वारी घोषणा गरेपनि स्थानीय तह र प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा लोकतन्त्रवादी शक्ति कमजोर देखिएकाले एकताको महाधिवे...
रौतहटमा चिसोले ज्यान गुमाउनेको संख्या १७ पुग्यो

रौतहटमा चिसोले ज्यान गुमाउनेको संख्या १७ पुग्यो

रौतहट, २९ पुस । चिसोले कठ्याँग्रिएर रौतहटमा थप दुई जनाको ज्यान गएको छ। शनिवार बेलुकी सम्म चिसोको कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। शुक्रबार राती थप दुई जनाको चिसोको कारण ज्यान गएको हो। स्थानीय दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका ६५ बर्षिय गुगली हजरा र गढीमाई नगरपालिका वडा नम्वर १ समनपुरका ५० वर्षिय बतहु सरभंगको गए राती कठ्याँग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएक...
‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

‘पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्नुपर्छ’

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्। खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि प्रयाप्त नभएको पौडेलले बताए। ‘पञ्चायती सत्ताबाट मारिएका छिन्ताङ र आँखीसल्लाका १६ जनालाई सहिद घोषणा गरेर सरकारले सकारात्मक कदम उठाएको छ,’ पौडेलले भने, ‘त्यतिमात्र प्रयाप...
नारायणगढ मुग्लिन सडक चार दिन चौबिसै घण्टा खुल्ने

नारायणगढ मुग्लिन सडक चार दिन चौबिसै घण्टा खुल्ने

चितवन, २९ पुस । रातमा छ घण्टा बन्द हुने गरेको निर्माणधिन नारायणगढ मुग्लिन सडक आज शनिबारदेखि चार दिन चौबिसै घण्टा सञ्चालन हुने भएको छ। चितवन जिल्ला ट्राफिक कार्यालयले शनिबार सूचना जारी गरेर सो जानकारी गराएको हो। माघे संक्रान्तिको समय परेका कारण बाटो चौबिसै घण्टा खुला हुने बताइएको छ। ‘पुस २९, ३० र माघ एक तथा दुई गते नारायणगढ मुग्लिन सडक सातमा पनि खुला नै रहनेछ’ चितवन जिल्ला ट्राफिक कार्यालयले निक...
टिएमजेका ताल–पोखरी सुक्न थाले

टिएमजेका ताल–पोखरी सुक्न थाले

तेह्रथुम, २९ पुस । प्राकृतिक एवम् जैविक विविधताले भरिपूर्ण तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका प्राकृतिक पोखरी संरक्षणका अभावमा सुक्न थालेका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र गुराँसको राजधानी भनेर चिनिन्छ । यस क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छन् । यो क्षेत्रमा गुराँस मात्र होइन, प्राकृतिक ताल र पोखरीले पन...
११ कक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक

११ कक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक

भक्तपुर, २९ पुस । राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएका थिए। यसमध्ये ७४ जनाको नतिजा रद्द गरिएको उनले बताए। बोर्डले एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ। बिषयगत ग्रेड म...
बलात्कार पीडितका कपडा प्रदर्शनी

बलात्कार पीडितका कपडा प्रदर्शनी

महिलाहरुमाथि हुने बलात्कार तथा अन्य खाले यौनहिंसामा उनीहरुले लगाउने भडि्कला पहिरनको पनि भूमिका रहने गरेको कतिपयको भनाई रहने गरेको छ । सायद यहीँ मान्यतालाई तोड्नका लागि बेल्जियममा एक अनौठो प्रदर्शनीको आयोजना भएको छ । बेल्जियममा बलात्कार पीडित महिलाका कपडाको प्रदर्शनीको आयोजना गरिएको छ । बलात्कार पीडित महिलाले बलात्कारको समयमा लगाएका कपडाको प्रदर्शनी गरिएको हो । ब्रसेल्सको मोलेनबिक जिल्लामा आयो...
कक्षा ११ को नियमिततर्फको नतिजा सार्वजनिक

कक्षा ११ को नियमिततर्फको नतिजा सार्वजनिक

काठमाडौं,२९ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतिजा सार्वजनिक भएको जनाएको छ । नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको छ ।  यसरी हे...
चितवनको पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी शुरु

चितवनको पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी शुरु

चितवन, २९ पुस । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी शुरु भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास भएको पटिहानीलाई सौराहा जोड्ने गरी जिप सफारी शुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्जले यहाँको बेलसर मध्यवर्ती सामुदायिक वनमा पाँचवटा जिप जंगल सफारीका लागि अनुमति दिएसँगै औपचारिक रुपमा जिप सफारी शुरु भएको हो । नेपाल सरकारको पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य पूरा गर्...
ट्राफिक नियम उल्लंघनका घटनामा कमी

ट्राफिक नियम उल्लंघनका घटनामा कमी

  रसुवा, २९ पुस । क्रमिक रुपले जनचेतना बढ्न थालेपछि राजमार्गमा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज खड्काका अनुसार सचेतना कार्यक्रमअन्तर्गत राजमार्ग गस्तीमा तीव्रता, घुम्ती प्रशिक्षण तथा ‘चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ कार्यक्रमबाट आएको ट्राफिक नियमको चेतना वृद्धिले ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको हो । गत वर्ष यस अ...
डिजिटल माध्यमबाट पठनपाठन सुरु

डिजिटल माध्यमबाट पठनपाठन सुरु

ओखलढुंगा, २९ पुस । ओखलढुंगाको एक विद्यालयमा प्रबिधिमैत्री शिक्षाका लागि इ–लाईब्रेरी सञ्चालनमा आएको छ । सिद्धिचरण नगरपालिका १२ स्थित सगरमाथा जनता माध्यमिक बिद्यालयमा ईलाईब्रेरीको शुरुवात गरिएको हो । जिल्लाको एक पारिवारीक ट्रष्ट ‘होम बहादुर,प्रेम कुमारी ट्रष्ट’ले बिद्यालयलाई ईलाईब्रेरीको ब्यवस्था गरेको हो । नेपाल लाईब्रेरी फाउन्डेशनको प्राबिधिक सहयोगमा ट्रष्टले बिद्यालयमा  डिजिटल प्रबिधिबाट...
काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय युवा सम्मेलन

काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय युवा सम्मेलन

  काठमाडौं, २९ पुस । विश्वभरका युवाहरुका साझा समस्या र सरोकारबारे छलफल गर्न विभिन्न ३३ राष्ट्रका युवा प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । युवा संसद नेपालले आयोजना गरेको ‘ग्लोबल युथ पिस कन्फ्रेन्स २०१८’ मा सार्क राष्ट्रसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा,जापान, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशकासहित १ सय ३० जना युवाको सहभागिता छ । विश्व युवा शान्ति सम्मेलनको अन्तरिम...
नगदसहित छ जुवाडे पक्राउ

नगदसहित छ जुवाडे पक्राउ

इटहरी, २९ पुस । इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित छ जनालाई रंगेहात पक्राउ गरिएको छ । प्रहरी चौकी तरहराका प्रहरी टोलीले सुराकका आधारमा जुवा तास खेलिरहेको अवस्थामा इटहरी–५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी–१ का ४१ वर्षीय घनश्याम न्यौपाने, इटहरी–४ का ३५ वर्षीय मिनष राईलाई पक्राउ गरेको हो । त्यसैगरी इटहरी...
धनकुटामा आज पनि चक्काजाम

धनकुटामा आज पनि चक्काजाम

धनकुटा, २९ पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आज पनि एक घण्टा चक्काजाम गरिएको छ । एक महिना अघि देखि आन्दोलित जिल्लाबासीले कोशी राजमार्गको धरान धनकुटा सडक खण्ड स्थित धनकुटाको जिरोपईन्टमा दिउँसो १२ देखि १ बजेसम्म चक्काजाम गरेका हुन् । चक्काजामका कारण दर्जनौ सवारी साधन रोकिएका थिए । धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने माग गर्दै गत मंसिर २९ गतेदेखि जिल्लाबासीले आन्दोलन सुरु गरेक...
महाभारत पूर्णसरसफाई उन्मुख घोषणा (फोटो फिचरसहित)

महाभारत पूर्णसरसफाई उन्मुख घोषणा (फोटो फिचरसहित)

धनकुटा, २९ पुस । साँगुरीगढी गाउँपालिकाका दुई वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । साँगुरीगढी–७ र ८ महाभारतलाई पूर्ण सरसफाई उन्मुख स्वःघोषणा तथा प्रमाणिकरण गरिएको हो । वडाका सवै घरधुरीले पूर्णसरसफाई सम्वन्धि सुचक पुरा गरेपछि दुवै वडा कार्यालयको आयोजना तथा फण्ड बोर्ड काठमाण्डौ र पर्डेप नेपाल धनकुटाको सहयोगमा यस्तो घोषणा गरिएको हो । पूर्ण सरसफाई कार्यक्रम सफल पार्न सहयोग गर्ने सघं–संस्था,...
शितलनिवासमा प्रचण्ड परिवारलाई राष्ट्रपतिले दिइन डिनर

शितलनिवासमा प्रचण्ड परिवारलाई राष्ट्रपतिले दिइन डिनर

काठमाडौं, २९ पुस । राष्ट्रपति विद्यादेवि भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई डिनर दिएकी छिन् । शुक्रवार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारीले डिनर दिएकी हुन् । राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता  भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रसिद्ध र प्रणब ...
error: Content is protected !!