डा. केसीको माग बारेको संवाद सकारात्मक दिशातर्फ

डा. केसीको माग बारेको संवाद सकारात्मक दिशातर्फ

काठमाडौँ, ८ साउन ।  अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा अनौपचारिक संवाद शुरु भएको छ । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी नेकपा का संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रिया शुरु गरेका हुन् । उपनेता नेम्वाङले डा केसीको वार्ता टोली र सरकारी पक्षसँग आज विभिन्न चरणमा छलफल गरे । उनले डा केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटास...
तीन किलो ३६ ग्राम सुनसहित पाँच भारतीय नागरिक पक्राउ

तीन किलो ३६ ग्राम सुनसहित पाँच भारतीय नागरिक पक्राउ

काठमाडौँ, ८ साउन । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले तीन हजार ३६ ग्राम सुुनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ । कार्यालयले सोमबार थाई एयरबाट थाइल्याण्डको बैँककबाट काठमाडौँ आएका ईश्वर दास, अवतार सिंह, अमृतपाल सिंह, हरमिन्दर सिंह र रिजवान आवुल अन्सारीले भन्सार छलेर सुन ल्याएपछि उनीहरुलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशर...
वन क्षेत्रको सांगठनिक संरचनाप्रति फेकोफनको असहमति

वन क्षेत्रको सांगठनिक संरचनाप्रति फेकोफनको असहमति

काठमाडौँ, ८ साउन । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालले सरकारले हालै स्वीकृत गरेको वन तथा वातावरण मन्त्रालयको स्थानीयस्तरको सरकारी सांगठनिक संरचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । फेकोफनले एक विज्ञप्तिमार्फत सरकारले संवैधानिक व्यवस्थाको मर्म विपरित डिभिजन र सवडिभिजन अवधारणा लागू गर्ने निर्णय गरेकोप्रति असहमति जनाएको हो । यस निर्णयले वनसम्बन्धी सरकारी संरचनालाई स्थानीय सरकारभन्दा अलग्ग...
कारागारभित्र विषजन्य वनस्पति सेवन गराएको खुलासा

कारागारभित्र विषजन्य वनस्पति सेवन गराएको खुलासा

काठमाडौँ, ८ साउन । नख्खु कारागार ललितपुरमा कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारलाई वनस्पतिजन्य विषको प्रयोग गराई अभिषेकराज सिंहलगायतले हत्या गरेको अभियोग लागेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दिएको जानकारीअनुसार बर्दिया सावक ठाकुरद्वारा गाविस–५ का ३२ वर्षीय सुनारलाई सोही कारागारमा कैद भुक्तान गरिरहेका सिंहलगायतको समूहले बनस्पतिजन्य पदार्...
ग्रीसमा लागेको डढेलोमा परी कम्तीमा पचासको मृत्यु

ग्रीसमा लागेको डढेलोमा परी कम्तीमा पचासको मृत्यु

ग्रीस, ८ साउन । ग्रीसको राजधानीनजिकै समुद्रि इलाकामा रहेको एउटा रिसोर्टमा डढेलो लाग्दा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ । धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिसोर्टमा फसेको अधिकारीहरुले बताएका छन् । आगलागी भएको ठाँउमा ६ सयभन्दा बढी अग्नी नियन्त्रक र ३ सय गाडी परिचालन गरिएको थियो । ग्रीसका अधिकारीहरूले कैयौँ ठाउँमा फैलिएको उक्त आगलागी नियन्त्रणका ला...
कृषि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिनु हुँदैन

कृषि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिनु हुँदैन

चितवन, ८ साउन । कृषि तथा वन विज्ञान विश्व विद्यालय एएफयू, रामपुर चितवनले निजी क्याम्पसलाई सम्बन्धन दिन नहुनेमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले जोड दिएका छन् । एएफयुले सम्बन्धन दिएको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल छैटौँले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्वय लेखनाथ न्यौपाने र ठाकुर गैरेले यस्तो बताएका हुन। नेता न...
अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेटवार्ता

अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ८ साउन । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्ध, व्यापार, लगानी र रोजगारीका बारेमा छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले दुई देशका सरकार र जनस...
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ रेक्टरको पराकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ रेक्टरको पराकम्प

काठमाडौँ, ८ साउन । सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर आज गोरखा भूकम्पको  पराकम्प गएको छ । साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि आजै बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४.८ रेक्टर स्केलको पराकम्प गएको थियो । केन्द्रका विवरणअनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्के...
करीब साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिश

करीब साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिश

काठमाडौँ, ८ साउन । राष्ट्रिय सर्तकता केन्द्रले गत आवमा दुई हजार ३३१ कर्मचारीलाई छड्के अनुगमनका क्रममा कारबाहीको लागि सिफारिश गरेको छ । केन्द्रले कार्यालय समयमा नआउने र पोशाक नलगाउने ती कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले जानकारी दिए। केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ । “हामीले छड्के अनुगमनका क्रममा क...
राष्ट्रिय गौरवका आयोजनाको अनुगमन शुरु

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन शुरु

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ठूला आयोजनाको अनुगमनको पनि अनुगमन गर्न शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका ठूला आयोजनाको अनुगमनमाथि पनि अनुगमन शुरु गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी गराए । “प्रधानमन्त्री ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन शुरु गरेर ठूला राष्ट...
केसीको जीवनरक्षा माग गर्दै तरुण दलको प्रदर्शन

केसीको जीवनरक्षा माग गर्दै तरुण दलको प्रदर्शन

काठमाडौँ, ८ साउन । प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने माग राखेर  नेपाल तरुण दलले आज पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।  माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो । आजको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिए । नयाँ ब...
जापानमा गर्मीले ६५ जनाको ज्यान लियो

जापानमा गर्मीले ६५ जनाको ज्यान लियो

टोक्यो, ८ साउन । जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । यी ६५ जनामध्ये एक छ वर्षीय बालकसमेत रहेका छन् । उनी बिद्यालयको शैक्षिक भ्रमणबाट फर्किए लगत्तै बेहोस भएकोले उपचारार्थ अस्पतालमा भर्ना हुँदा उनको मृत्यु भएको जानकारी दिएको यियो । साथै अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन २२ हजार ६४७ जना अस्पताल भर्ना भएका प्रकोप नियन्त्रण...
हत्या आरोपमा ३१ जना छानबिनमा

हत्या आरोपमा ३१ जना छानबिनमा

धादिङ, ८ साउन । दुई जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लतावबाट आज ३१ जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । गाउँवासीको कुटपिटबाट दुई जनाको हत्या भएपछि शव गाउँमै जलाइएको र गाउँपालिका उपाध्यक्षसमेतलाई गाउँमा जान नदिइएको घटनामा संलग्न भएको आरोपमा प्रहरी टोलीले घटनास्थल पुगेर २७ पुरुष र चार महिलालाई पक्राउ गरी अनुसन्धान शुरु गर...
अभिब्यक्ति बिवादित भएपछि कानुन मन्त्रीले दिए राजिनामा

अभिब्यक्ति बिवादित भएपछि कानुन मन्त्रीले दिए राजिनामा

काठमाडौं,  ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा उनी भावुक भए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात...
भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

चितवन, ८ साउन । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताए । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर...
चौबीस करोड राजश्व संकलन

चौबीस करोड राजश्व संकलन

इनरुवा, ८ साउन । सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यभन्दा बढी अर्थात् १७९।६५ प्रतिशत राजश्व असुली भएको भन्सार कार्यालय कोशी ब्यारेजका कम्प्युटर अधिकृत पारसमणि लामिछानेले जानकारी दिए । गत आवमा रु १३ करोड ४३ लाख १२ हजार लक्ष्य पाएकामा कार्यालयले रु २४ करोड १२ लाख ८४ हजार राजश्व असुली गरेको छ । कार्यालयले साउनमा रु ५...
विराटनगर स्थायी राजधानी हुनुपर्नेमा जोड

विराटनगर स्थायी राजधानी हुनुपर्नेमा जोड

विराटनगर, ८ साउन । सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर्ने बहस भइरहेको हो । आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिकजस्ता विविधता रहेको विराटनगर शहर विसं १९७१ मा जिल्लाको पूर्व...
लोकतान्त्रिक विधिबाट अघि बढ्न काँग्रेसलाई प्रमको आग्रह, प्रतिक्रान्तिसँगको लडाइँ जारी छ: दाहाल

लोकतान्त्रिक विधिबाट अघि बढ्न काँग्रेसलाई प्रमको आग्रह, प्रतिक्रान्तिसँगको लडाइँ जारी छ: दाहाल

काठमाडौैँ, ८ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वोच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भने, ...
मार्सी चामल बासमती जस्तो मिठो हुन्नः प्रधानमन्त्री

मार्सी चामल बासमती जस्तो मिठो हुन्नः प्रधानमन्त्री

काठमाडौं,८ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको बताएका छन् । नेकपा सम्बद्ध पत्रकारहरुसँग भएको छलफलमा पार्टी अध्यक्ष समेत रहेका उनले प्रचण्ड र आफू दुर्गा प्रसाइँकहाँ गएको र मार्सी चामलको भात खाएको बताए । प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत हो भने गलत हो’ प्रधानमन्त्री ओलीले भने, फेसबुकमा राख्नु होइन । भेट भएकै हो ।’ बासमत...
गर्भवती महिलालाई पोषण आहार

गर्भवती महिलालाई पोषण आहार

गौशाला, ८ साउन । बर्दिवास नगरपालिकाले स्थानीय ५३० गर्भवती महिलालाई पोषण आहार वितरण शुरु गरेको छ । बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई जनही १५ किलो चामल, पाँच किलो गेडागुडी, एक पाउ घ्यू र शुद्ध पानीका लागि एक–एक थान फिल्टर वितरण गरेको नगर प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए । नगर प्रमुख कार्कीले सोमबार एक कार्यक्रमबीच बर्दिवास नगरपालिका– १, २ र १४ ...
दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा जोड

दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा जोड

काठमाडौँ, ८ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने बताएका छन्। सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१ औँ  बैठकको आज यहाँ उद्घाटन गर्दै मन्त्री खतिवडाले वित्तीय अपराध र अतंकवादलाई परास्त गर्न सम्पत्ति शुद्धीकरणमा जोड दिनुपर्छ भने । नेपालमा गत शनिबारदेखि शुरु भएको सो बैठकमा एपिजी सदस्य देश, पर्यवेक...
एक वर्षमा १४ सय सर्पदंश विरामीको उपचार

एक वर्षमा १४ सय सर्पदंश विरामीको उपचार

इटहरी, ८ साउन । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गतको परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार सेवा केन्द्रले गत वर्ष एक हजार ४ सय ७ जना सर्पदंशका पीडितको उपचार भएको छ । सो अवधिमा पूर्वी तराई तथा पहाडी जिल्लाका गाउँ-गाउँबाट सर्पदंशको डसाइपछि उपचारमा ल्याइएका पीडितमध्ये १२५ जनामा विषालु सर्पको डसाइको जीवाणु फेला परेको थियो ।  सर्पदंशका पीडितको उपचारमा सक्रिय रहेका पदमबहादुर राईले सर्प...
चार दशकपछि राना-थारु समुदायको परम्परागत ‘साउने डोला’

चार दशकपछि राना-थारु समुदायको परम्परागत ‘साउने डोला’

भीमदत्तनगर, ८ साउन । राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘साउने डोला’ देखिएको छ । सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना थामहिला वेषभूषासहित पुरानो गीत गाउन थालेपछि गाउँमा हेर्नेको भीड नै लागेको थियो । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास गर्दै आएका राना थारु समुदायले परम्परागत ...
पहिरोले पहाडी क्षेत्रका सडकमार्ग अवरुद्ध

पहिरोले पहाडी क्षेत्रका सडकमार्ग अवरुद्ध

उदयपुर, ८ साउन । निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरुमा पहिरो झरेपछी उक्त सडकखण्ड अवरुद्ध भएको छ । गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार साउने खाँबु क्षेत्रको पहिरो हटाउने कार्य भइरहेको र छामलिङ फोक्सिङटार क्षेत्रमा सडक अवरुद्ध हटाउने कार्य भइरहे पनि अझै सवारी सुचारु हुन नसकेको छैन । पहि...
विकास निर्माण कार्यको अनुगमन शुरु: काम राम्रो होस्, समय मै सकियोस् – पूर्वमन्त्री बस्नेत

विकास निर्माण कार्यको अनुगमन शुरु: काम राम्रो होस्, समय मै सकियोस् – पूर्वमन्त्री बस्नेत

भक्तपुर, ८ साउन । प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको विकासका गतिविधिको अनुगमन शुरु गरेका छन् । भक्तपुरमा आव ०७४/०७५ मा सडक, खानेपानी, ढल, करिडोर, विद्यालयलगायतका भौतिक पूर्वाधारसम्बन्धी विकासमा आएको बजेटको कामको प्रभावकारिता मूल्यांकन गर्दै विकासलाई तीव्रता दिन अनुगमन शुरु गर्नुभएको हो । डिभिजन सडक कार्यालय भक्तपुर, नगर विकास आयोजना भक्तपुर, केन्द्रीय सरकारबाट आ...
धादिङमा ४.८ रेक्टरको पराकम्प

धादिङमा ४.८ रेक्टरको पराकम्प

काठमाडौँ, ८ साउन । धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको पराकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो भ...
सान्नेका मृगौलापीडित मगरलाई युवा संघको सहयोग

सान्नेका मृगौलापीडित मगरलाई युवा संघको सहयोग

धनकुटा, ८ साउन । दुवै मृगौला फेल भएर उपचाररत धनकुटाको पाख्रीवास नगरपालिका–२ सान्नेका चुणामणी पुलामी मगरलाई तत्कालिन नेकपा एमाले निकट युवा संघ नेपाल धनकुटाले आर्थिक सहयोग गरेको छ । चार महिना अघिदेखि मृगौला पीडित भई काठमाडौंस्थित ग्रीन सिटी अस्पतालमा डाइलासिस गराई रहेका ३४ वर्षीय मगरको मृगौला प्रत्यारोपणका लागि युवा संघले ८३ हजार २ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । युवा संघ धनकुटा जिल्ला सदस...
मोदी नेपाल आउँदा ६ करोड स्वाहा

मोदी नेपाल आउँदा ६ करोड स्वाहा

काठमाडौँ, ८ असार ।  सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिबद्धताविपरीत अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च विभिन्न ९ निकायलाई ६ करोड ३३ लाख ७३ हजार २ सय ७७ रुपैयाँ निकासा दिएको कारोबारमा खबर छ । मोदी वैशाख २८ गते बिहारको राजधानी पटनाबाट जानकी मन्दिर हुँदै...
झापामा लोपोन्मुख मेचे समुदायको पहिचान झल्काउने संग्रहालय

झापामा लोपोन्मुख मेचे समुदायको पहिचान झल्काउने संग्रहालय

भद्रपुर, ८ साउन । लोपोन्मुख मेचे समुदायको जातीय पहिचान झल्काउने संग्रहालयका लागि सामाजिक सहयोगबाट भवन निर्माण गरिएको छ । मेचीनगर नगरपालिका–११ मा मेचे समाज शिवियारी आफातले तीन कोठा भएको पक्की भवन निर्माण गरेको हो । संग्रहालयमा मेचे समुदायले प्रयोग गर्ने जातीय पोशाक दोखना, अस्कोट, गञ्जी, गम्चा, गरगहनादेखि संस्कार, कला र संस्कृति झल्किने सामग्री राख्ने तयारी भइरहेको मेचे समाज शिवियारी आफातकी जिल्ल...
यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु

यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु

काठमाडौँ, ८ असार ।  झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । दोलखाको झ्याँकु निवासी सो स्कुलका शिक्षक दावा के शेर्पाले गत २९ जेठमा सुदीलाई कक्षा कोठामै गम्भीर घाइते हुने गरी कुटपिट...
यात्रु ठग्ने ट्याक्सी र कारलाई तीन हजार जरिवाना

यात्रु ठग्ने ट्याक्सी र कारलाई तीन हजार जरिवाना

काठमाडौँ, ८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई रु तीन हजार जरिवाना गरेको छ । महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर ट्याक्सी ठगी र निजी कार तथा जीपले भाडामा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको हो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले मिटर ट्याक्सील...
error: Content is protected !!