शहीद खुनाको महाकाली नदीमा दाहसंस्कार
कञ्चनपुर, १० भदौं । शहीद शनि खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ ।
दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेव घाट पुगी प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शहीद खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।
ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दिपेन्द्र थापा नेतृत्वको प्रहरी टोलीले शहीद खुनाप्रति शोक सलामी अर्पण गरेको थियो ।...






























