चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा, साहित्यतर्फ विवाद

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा, साहित्यतर्फ विवाद

स्टकहोम, १५ असोज । दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जना...
सरकारले तोकेभन्दा बढी भाडा लिए पाँच हजार जरिवाना

सरकारले तोकेभन्दा बढी भाडा लिए पाँच हजार जरिवाना

काठमाडौँ, १५ असोज । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा रु १४ तोकिएको छ । पाँच किमिसम्म रु १६, छ कि...
मुलुककै जेठो रामपुर कृषि क्याम्पस सङ्कटमा

मुलुककै जेठो रामपुर कृषि क्याम्पस सङ्कटमा

चितवन, १५ असोज । मुलुककै जेठो रामपुर कृषि क्याम्पस सङ्कटमा परेको छ । कृषि तथा वन विश्वविद्यालय कृविवि खोल्ने निर्णयसँगै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान रुपमा परिचित उक्त क्याम्पस सङ्कटमा परेको हो । पहिले रहेको रामपुरस्थित उक्त क्याम्पसको सम्पूर्ण भौतिक संरचना कृषि तथा वन विश्वविद्यालयलाई सरकारले दिने निर्णय गरेसँगै उक्त क्याम्पस विस्तापित हुन पुगेको छ । सरकारले उक्त क...
धनकुटामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

धनकुटामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

धनकुटा, १५ असोज । धनकुटाको साँगुरीगढी गाँउपालिकामा सोमबार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। साँगुरीगढी गाँउपालिका वडा नं. १० ताम्राङबाट सुनसरीको धरान तर्फ जाँदै गरेको को १ ज १८२१ नम्बरको जीप साँगुरीगढी गाँउपालिका वडा नं. ९ हर्दियामा दुर्घटना हुँदा २ जनाको घटनास्थल मै मृत्यु भएको हो। दुर्घटनामा परि मृत्यु हुनेहरुमा साँगुरीगढी गाँउपालिका वडा नं. १० की ३९ वर्षिया सनमाया राई र पाँचथ...
एसिसी यु–१९ एशिया कप क्रिकेट: नेपालबाट अफगानिस्तानलाई १३२ रनको चुनौती

एसिसी यु–१९ एशिया कप क्रिकेट: नेपालबाट अफगानिस्तानलाई १३२ रनको चुनौती

काठमाडौँ, १५ असोज । बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ । बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । यस्तै नेपालका राशिद खानले २९, कप्तान आसिफ शेखले २...
पाँचथरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

पाँचथरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

फिदिम, १५ असोज । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहारलगायत नजिकिएका चाडपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाइ लागू गरेको हो । चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको र यसअन्तर्गत दुर्घटना रोकथाम, यात्रुका गुनासाको सुनुवाइ र यात्रु तथा सवारी साधनलाई सुरक्षा दिने प्रहरीको योजना छ । वडादशैँमा सडकम...
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति

वासिङ्टन, १५ असोज । क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताहरुबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जन सहित प्रतिस्थापन गर्न सहमति भएको छ । दुबै देशका सरकारका तर्फबाट जारी विज्ञप्तिमा अब नयाँ सम्झौताको नाम संयुक्तराज्य अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसीए) हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २५ वर्षअघि सम्पन्न नाफ्टा सम्...
प्रधानमन्त्रीद्वारा  कोस्टारिकाको पिरिस जलविद्युत् संयन्त्र निरीक्षण

प्रधानमन्त्रीद्वारा कोस्टारिकाको पिरिस जलविद्युत् संयन्त्र निरीक्षण

सान होजे, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत्् संयन्त्र निरीक्षण गरे । इओलिक पार्क आइपुग्दा प्रधानमन्त्री ओलीलाई संयन्त्रका प्रमुख इञ्जिनीयर जर्मन युरेना, डिबी एरियासले स्वागत गर्नुका साथै संयन्त्रका बारेमा जानकारी दिनुभयो । यसैगरी ‘कोस्टारिकन इलेक्ट्रिसिटी कर्पोरेसन’ आइसीइका निर्देशक रोबेर्तो किरोसले सो परियोजनाका अन्य पक्षका ...
सवारी चालकका लागि निःशुल्क आँखा शिविर सम्पन्न

सवारी चालकका लागि निःशुल्क आँखा शिविर सम्पन्न

धनकुटा, १५ असोज । डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सवारी चालकका लागि एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड अन्तर्गत सरस्वती चोक नजिक सडकमा नै शिविर आयोजना गरिएको नेत्र ज्योति संघका अध्यक्ष द्रोणप्रसाद गुरागाईले जानकारी दिए । धनकुटा नगरपालिका वडा नं.–६ को समन्वय र नेत्...
नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क

नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क

भक्तपुर, १५ असोज । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा दुवै नगरपालिकाले आ–आफ्नो नगरका तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको हो । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आव ०७४/०७५ मा रु ५१ लाखमा नगरकोट जाने पयर्ट...
विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

जुम्ला, १५ असोज । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो । जिल्ला खेलकुद विकास समितिका जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार विश्वको अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रेकर्ड राखिएको स्थान छुमचौरम...
निर्मलाको नाममा न्यायको बलात्कार: डिएनए टेस्ट प्रहरीकै प्रयोगशालामा

निर्मलाको नाममा न्यायको बलात्कार: डिएनए टेस्ट प्रहरीकै प्रयोगशालामा

काठमाडौँ, १५ असोज । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ । परीक्षणले उनीहरूलाई सफाइ दिएको छ । निर्मलाको शवबाट संकलित नमुना आफूँसँगै राखेर प्रहरीले आशंका गरिएका तीनजनाको रगतको नमुना मात्र केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाएको थियो । रगतका आधारमा विधिविज्ञानल...
मलेसियाको वैदेशिक रोजगारीमा निःशुल्क जान पाउने

मलेसियाको वैदेशिक रोजगारीमा निःशुल्क जान पाउने

काठमाडौं, १५ असोज । अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएका छन् । नेपाल सरकारको प्रस्तावअनुासर कामदारलाई कुनै पनि आर्थिक भार नपार्ने गरी लैजान मलेसिया सरकार तयार भएसँगै नेपाली कामदारलाई मलेसिया झन् सहज बन्ने भएको हो । दुई देशबीच हुने भनिएको बहुप्रतीक्षित आपसी समझदारी एमओयु को मस्यौदामा सहमति जुटिसकेको छ । दुवै पक्षबीच विभिन्न चरणमा आदान — प्रदान तथा संशोधन भएको मस्यौदामा शुक्रबार...
कैदी-बन्दीलार्इ मनाेरञ्जन दिन कारागारमा हाँस्यव्यङ्ग्य शिविर

कैदी-बन्दीलार्इ मनाेरञ्जन दिन कारागारमा हाँस्यव्यङ्ग्य शिविर

भद्रपुर, १५ असोज । गर्मीको मौसम, त्यसमाथि तातो घाम । क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाई कष्टकर नहुने कुरै भएन तर आइतबार झापा कारागारका एक हजार २३ जना कैदीबन्दीले राष्ट्रिय कलाकार मनोज गजुरेलको प्रेरक प्रस्तुतिका कारण मनोरञ्जन मात्र होइन, शीतल पनि महसुस गरे । कैदीबन्दीको मानवअधिकार प्रवद्र्धन गर्ने उद्देश्यले सिस्नोपानी नेपालको प्रस्तुतिमा चन्द्रगढीस्थित झापा कारागारमा हाँस्यव्यङ्ग...
दसैं भत्ताका लागि साढे ६ अर्ब निकासा

दसैं भत्ताका लागि साढे ६ अर्ब निकासा

काठमाडौं, १५ असोज । सरकारी कर्मचारीलाई दशैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दशैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिए। उनले भने, ‘एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्नेछ।’ अर्थ मन्त्...
ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको शुभकामना

ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताउनुभएको छ । ज्येष्ठ नागरिक अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान...
शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाइने पक्का

शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाइने पक्का

काठमाडौं, १५ असोज । सरकारले आर्थिक वर्ष २०७५ र २०७६ मा घोषणा गरेजस्तै अब स्नातक र सोभन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने भएको छ । यसकै आधारमा निब्र्याजी र सहुलियत ऋण उपलब्ध गराउन ऋण वितरण निर्देशिका, २०७५ को मस्यौदा तयार पारिएपछि यो पक्कापक्की नै भएको हो । उक्त निर्देशिकामा आर्थिक रुपले विपन्न तथा जेहनदार विद्यार्थीको पहिचान गरी ऋण दिन...
विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन माग

विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन माग

विराटनगर, १५ असोज । विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ । विराटनगर लगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का भएर एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाबको पहल शुरु गरिएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरुपमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया एवम् सुझाव सङ्कलन कार्यक्रमका स...
यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजार वेबसाइट बन्द

यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजार वेबसाइट बन्द

काठमाडौं, १५ असोज । नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ। दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तुरुन्त रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशन बमोजिम प्राधिकरणले असोज ८ गतेदेखि नै त्यस्ता वेबस...
कृषि क्षेत्र मुख्य प्राथमिकतामा : मुख्यमन्त्री राई

कृषि क्षेत्र मुख्य प्राथमिकतामा : मुख्यमन्त्री राई

विराटनगर, १४ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर प्रदेश सरकारले कार्यक्रम अगाडि बढाएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ द्वारा आज यहाँ आयोजित ‘कृषिक्षेत्रको विकासमा सरकारी र निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशको आधुनिक कृषियन्त्र र उच्च नवीन प्रविधिको प्रयोगबाट कृषि उत्पादन वृद्धि गरी छिमेकी मुलु...
प्रदेश नं ३ को नाम नेवा–ताम्सालिङ र राजधानी काभ्रे राख्न माग

प्रदेश नं ३ को नाम नेवा–ताम्सालिङ र राजधानी काभ्रे राख्न माग

काठमाडौँ, १४ असोज । प्रदेश नं ३ को नाम नेवा–ताम्सालिङ र स्थायी राजधानी काभ्रे राख्न माग गर्दै आज काठमाडौँमा प्रर्दशन भएको छ । नेवा–ताम्सालिङ समन्वय समितिको अगुवाइमा माइतीघर मण्डलमा सो प्रदर्शन भएको हो । प्रदेश नं ३ नेवा र तामाङको थातथलो तथा बाहुल्यता रहेकाले सोही अनुसार नामकरण हुनुपर्ने माग राख्दै समितिले शान्तिपूर्ण प्रदर्शन गरिएको छ । यसबाट द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने विश्वास समि...
विराटनगरमा वायोग्यास पुनः सुचारु

विराटनगरमा वायोग्यास पुनः सुचारु

विराटनगर, १४ असोज । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनले सञ्चालनमा ल्याएको वायोग्यास पुनः सुचारु भएको छ । गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको एक साता मै प्लान्टमा प्राविधिक समस्या आएको थियो । वायोग्यास प्लान्टमा प्राविधिक समस्या आएपछि झण्डै एक महिना अवरुद्ध भएको थियो । प्राविधिक समस्या आएपछि स्थानीयवासीको घरमा करिब एक महिना ग्यास वितरण कार्य प्रभावित भएको नेपाल उर्...
अदुवाको गानो कुहिने रोग देखा परेपछि किसानहरु चिन्तित

अदुवाको गानो कुहिने रोग देखा परेपछि किसानहरु चिन्तित

साँगुरिगढी, १४ असोज । धनकुटा साँगुरिगढी ८ महाभारतमा अदुवाको गानो कुहिने रोग देखा परेपछि किसानहरु चिन्तित भएका छन् । साँगुरिगढी ८ का किसान हरिचन्द्र राईले करिब ६ रोपनिमा लगाएको अदुवाको बोट कुहिन थालेको उनले बताए । पहिला अदुवाको बोट हुँदै पाना समेत कुहिने गरेको किसान राईले बताए। यो रोग लागे पछि अदुवा बारी नै सखाप हुने गरेको कृषकको भनाई छ। यो वर्ष अदुवाले भाउ पाए पनि कुहिन थाले पछि किसानहरु निरास...
५० लाखको फिरौती दिन नसकेपछि अपहरण पछि हत्या

५० लाखको फिरौती दिन नसकेपछि अपहरण पछि हत्या

मोरङ, १४ असोज । गत असोज ७ गते विराटनगर १७ स्थित खेतबारीको होमपाईप भित्र भेटिएको लाश विराटनगर १७ का खलिल मियाका छोरा १७ बर्षिय मोह्मद अस्फाक आलमको रहेको प्रहरीले जनाएको छ । उनको अपहरणपछि फिरौतीका कारण हत्या भएको समेत प्रहरीले खुलासा गरेको छ । विराटनगरको वडा नम्वर १४ र १७ को सिमानामा रहेको पैनी स्थित होमपाईप भित्र सडेगलेको अवस्थामा शव भेटिएको एकसातापछि प्रहरीले घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक...
इन्डोनेसियाको भूकम्प, मृतकको संख्या ८३२ पुग्यो

इन्डोनेसियाको भूकम्प, मृतकको संख्या ८३२ पुग्यो

इन्डोनेसिया, १४ असोज । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । उनीहरुले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् । इन्डोनेसियाका उपराष्ट्रपति जुसु...
वित्तीय समावेशीकरणतर्फ बैंक तथा वित्तीय संस्था

वित्तीय समावेशीकरणतर्फ बैंक तथा वित्तीय संस्था

काठमाडौँ, १४ असोज । बैंक तथा वित्तीय संस्थाको आर्थिक स्वास्थ्य, ऋण प्रवाह, निक्षेप सङ्कलनलगायत वित्तीय विवरण अब ‘इन्टरनेट’का माध्यमबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । केन्द्रीय बैंकले देशभरका बैंक तथा वित्तीय संस्थाको आर्थिक अवस्था, शाखारहित बैंक तथा वित्तीय संस्थाका कारोबारको अनुगमन पनि सहज रूपमा गर्नसक्ने भएको छ । नेपाल वित्तीय समावेशीकरण ‘पोर्टल’ को शुरुवातसँगै वित्तीय सेवा प्रदायक, वित...
काङ्ग्रेसमा सभापतिको अधिकारमाथि बहस

काङ्ग्रेसमा सभापतिको अधिकारमाथि बहस

काठमाडौँ, १४ असोज । नेपाली काङ्ग्रेसको विधान संशोधन मस्यौदा तयारीका क्रममा सभापतिका अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा बहस शुरु भएको छ । काङ्ग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालासम्म एकल नेतृत्वको अभ्यास थियो । एकल नेतृत्वबाट आफुखुशी काम गर्ने गरेको गुनासोपछि काङ्ग्रेसमा १२ औँ महाधिवेशनबाट सभापतिसँगै अन्य पदाधिकारी पनि निर्वाचित हुने व्यवस्था गरिएको हो । तर त्यसयता बेलाबेला एकल...
पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड

पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड

पोखरा, १४ असोज । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष(पितृ पक्ष) का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार हुने विश्वासले देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्छन् । मुक्तिनाथ जाने दर्शनार्थीको चाप पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्छ । तीर्थालुलाई लक्ष्य गरी ...
इन्डोनेसियामा भूकम्प र सुनामीका कारण झण्डै चार सयको मृत्यु

इन्डोनेसियामा भूकम्प र सुनामीका कारण झण्डै चार सयको मृत्यु

इन्डोनेसिया । इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ । सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अरु सयौँ जनाको अस्पताल उपचार भइरहेको उनीहरुको भनाई छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रममा पनि चलिरहेको बताइएको छ । प्रकोप व्यवस्थापन सम्वन्धी कार्या...
मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापनाको चर्चा

मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापनाको चर्चा

काठमाडौँ। मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी हुनुभएको छ । उहाँको यो विजयलाई भारत र अमेरिकाले मालदिभ्समा पुनः प्रजातन्त्र आएको टिप्पणी गरेका छन् । केही वर्षयतादेखि यहाँ प्रजातन्त्रका लागि भन्दै आन्दोलन र अभियानहरु सञ्चालनमा थिए । त्यहाँका वर्तमान राष्ट्रपतिले निर्वाचित पूर्व राष्ट्रपतिहरुलाई नै...
ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

उर्लाबारी, १४ असोज । विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को ८ प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ वर्षीय अनिश राजवंशीको मृत्यु भएको हो । शेर्पाको घटनास...
error: Content is protected !!