राष्ट्रपति भण्डारीद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह
कतार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल(कतार व्यावसायिक मञ्चलाई सम्बोधन गरेकी छन् । कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई आग्रह गरेकी हुन् ।
नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष नाघिसकेको र दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएकाले नेपाल र कतारबीच श्रम सम्बन...































