निर्मला हत्या प्रकरण: शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन

निर्मला हत्या प्रकरण: शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन

कञ्चनपुर, १५ कात्तिक । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ । महाकाली अञ्चल अस्पतालमा नमूना सङ्कलन गरी दुई दिन अघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओ...
राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

कतार, १५, कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गर्नु भएको छ । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार-नेपाल मैत्री संघ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले अब नेपालीले तन, मन र धन खर्चेर नेपाल बनाउने समय आएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नु भएक...
नेपालका चार खेलाडी आइसिसीको बरियतामा

नेपालका चार खेलाडी आइसिसीको बरियतामा

काठमाडौँ, १५ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् । नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन् । ब्याटिङतर्फ कप्तान पारस ...
प्राविधिक शिक्षाका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानलाई पाँच लाख

प्राविधिक शिक्षाका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानलाई पाँच लाख

उर्लाबारी, १५ कात्तिक । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका विपन्न विद्यार्थीको प्राविधिक शिक्षाका लागि उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले खडा गरेको कोषलाई सहयोग स्वरूप रु पाँच लाख उपलब्ध गराएको छ । नगरपालिका कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र प्रतिष्ठानका रोजगार परामर्श तथा बजारीकरण अधिकृत भुवनकुमार धिमालबीच...
३२ हजार सरकारी कर्मचारी फेरि उत्रिए आन्दोलनमा

३२ हजार सरकारी कर्मचारी फेरि उत्रिए आन्दोलनमा

काठमाडौं, १५ कात्तिक । सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रूपमा कार्यरत ३२ हजार कर्मचारी पुन: आन्दोलनमा उत्रिएका छन्। सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबार केन्द्रित आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले सामान्य प्रशासन मन्त्रालयमा बुधबार धर्ना दिए। नयाँ संरचनाअनुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको...
व्यवसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश

व्यवसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश

काठमाडाैं, १५ कात्तिक  । व्यवसाय गर्नका लागि नेपाल दक्षिण एसियाको चौथो सहज देश रहेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ । विश्व बैंक समुहले बुधबार सार्वजनिक गरेको डुइङ विजनेस २०१९ को ट्रेनिङ फर रिफर्म रिपोर्टमा दक्षिण एसियामा भारत, भुटान र श्रीलंकापछि नेपाल चौथो नम्बरमा छ ।,आजको कारोवार दैनिकमा यो खबर छ । गत बर्ष विश्वको १०५ औँ स्थानमा रहे पनि नेपालको अवस्था अझ खस्किएको हो । यस्तै, दक्ष...
भाइटीकाको साइत सार्वजनिक

भाइटीकाको साइत सार्वजनिक

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिको बुधबार बसेको बैठकले यही कार्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ। यस वर्ष यमपञ्चक अर्थात तिहार कार्तिक १९ गतेदेखि शुरु हुँदैछ। कार्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दि...
विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ स्थानमा

विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ स्थानमा

काठमाडाैं, १५ कात्तिक  नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वका पासपोर्टमध्ये ७९ औँ स्थानमा परेको छ । ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत बर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त गरेको हो । आजको नागरिक दैनिकमा  खबर छ । नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि श्रेणी निर्धारण गरिएको छ । प...
तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडाैँ । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज हार व्यहाेरेकाे छ । बुधबार साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला टोलीसँग २–१ गाेलकाे झिनाे ले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि सावित्रा भण्डारीले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकिनन् । बेइजिङ फोनिक्ससँग नेपालको यो लगातार दोस्रो हार ...
शहीदकप फुटवल प्रतियोगितामा ६ खेल सम्पन्न

शहीदकप फुटवल प्रतियोगितामा ६ खेल सम्पन्न

धनकुटा, १४ कात्तिक । मितेरी युवा क्लवको आयोजनामा शहीदभूमि गाउँपालिका–१ छिन्ताङ्गमा जारी छैटौं छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिताको चौथो दिन वुधवार ६ खेल सम्पन्न भएको छ । घंगरु फूटबल क्लव र चिम्राहा फूटबल क्लव, देउराली युवा क्लव धनकुटा र तल्लो हाङगुवा ए, तल्लो हाङगुवा बी र नमुना युवा क्लव तित्रे, तमोर फूटबल क्लव साँगुरीगढी र हर्दिया आहाले साँगुरीगढी, सरस्वती युवा क्लव गोपालपुर र सहारा युवा क्लव ...
राष्ट्रपति भण्डारी कतार फाउण्डेसनको कार्क्रममा सरिक

राष्ट्रपति भण्डारी कतार फाउण्डेसनको कार्क्रममा सरिक

कतार, १४, कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक हुनु भएको छ। राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गर्नु भएको थियो । उक्त फाउण्डेसन अन्तर्गत विभिन्न विश्वविद्यालय तथा शिक्षालयहरू सञ्चालित छन् जहाँ ९० भन्दा बढी देशका विद्यार्थीहरू विभिन...
उदयपुरमा सुन्तला, तेजपात उत्पादन क्षेत्र निर्माण अभियान शुरु

उदयपुरमा सुन्तला, तेजपात उत्पादन क्षेत्र निर्माण अभियान शुरु

गाईघाट , १४ कात्तिक । ग्रामीण भेगका जनताको आधुनिक कृषि क्षेत्रबाट दिगो आर्थिक विकास गर्दै स्वरोजगार र आम्दानी बढाउनका लागि उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौताक्षेत्रका विभिन्न वडालाई सुन्तला र तेजपात उत्पादन पाकेट क्षेत्रको रुपमा विकास गरिने अभियान शुरु भएको छ । रौता वडा नं –२ आँपटार, र पोखरेमा मात्र व्यावसायिक सुन्तलाखेती र रौता– १ को मुर्कुची तथा– ४ वडाको नामेटार, बोलुङ्खा,मलवासे क्षेत्...
मुक्तकमैया र हलिया सबैलाई यसै वर्ष पुनःस्थापना गरिने

मुक्तकमैया र हलिया सबैलाई यसै वर्ष पुनःस्थापना गरिने

काठमाडौँ, १४ कात्तिक । सरकारले यसै आर्थिक वर्षमा मुक्तकमैया र हलियाको पुनःस्थापनाको काम सकिने भएको छ । मुक्तकमैया र हलिया घोषणा भएको धेरै समय भए पनि उनीहरुको पुनःस्थापना हुन सकेका थिएन । पहिले बजेट अभावको कारणले मुक्त घोषणा गरिए पनि पुनःस्थापना हुन सकेको थिएन । चालु आर्थिक वर्षमा सरकारले पुनःस्थापना हुन नसकेका मुक्तकमैया र हलियालाई पुनःस्थापना गर्ने गरी बजेट विनियोजन गरेका कारण अब उनीहरुको पुनः...
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

पोखरा, १४ कात्तिक । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताएका छन । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा आज पोखरामा पर्यटन उद्यमी सिड क्याम्पको शुभारम्भ गर्दै उनले पोखराका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्न केन्द्रस्तरबाटै यसलाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको बताए । प्रकृति र संस्कृतिले ...
गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गरिँदै, स्थानीयको विरोधकाबीच प्रहरीको कडा सुरक्षा

गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण गरिँदै, स्थानीयको विरोधकाबीच प्रहरीको कडा सुरक्षा

भारत, १४ कात्तिक । भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरणका लागि बुधबार भव्य तयारी गरिएको छ । उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अनावरण गर्न लाग्नुभएको हो । सो अनावरण कार्यक्रममा भारतीय प्रहरीले व्यापक सुरक्षा प्रदान गरेको समाचारमा जनाइएको छ । सो स्मारक भारतीय स्वतन्त्रता सेनानी वल्लभ भाई पटेलको हो । उनको स्मारक करिब चार वर्ष लगाएर बनाइएको छ ...
अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

हेरात, अफगानिस्तान, १४ कात्तिक। अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । हेलिकप्टरमा चालक दलका दुई सद...
प्रदेश नं १ योजना आयोगमा प्याकुरेल

प्रदेश नं १ योजना आयोगमा प्याकुरेल

विराटनगर, १४ कात्तिक । प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगका उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल तथा सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ । बैठकपछि सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश नं १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका २०७५ तथा ...
जम्मु–काश्मिर समस्या समाधान जनमतसङ्ग्रहबाट हुनुपर्नेमा जोड

जम्मु–काश्मिर समस्या समाधान जनमतसङ्ग्रहबाट हुनुपर्नेमा जोड

काठमाडौँ, १४ कात्तिक । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताएका छन । पाकिस्तानी राजदूतावासमा आज ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लङ्नका घटनामा वृद्धि’ विषयमा आयोजित प्रवचन कार्यक्रममा उनले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई देशबीचको सम्बन्ध सुदृढ रहेको बताए । राजदूत मजहरले भने, “दुवै देशले एकअ...
मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे

मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे

चितवन, १४ कात्तिक । मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन् । सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीना...
प्रधानमन्त्रीद्वारा अनौपचारिक रूपमा काम थालनी

प्रधानमन्त्रीद्वारा अनौपचारिक रूपमा काम थालनी

काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गर्नुभएको छ । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका ला...
दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

चितवन, १४ कात्तिक । भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र बाँकी पाँच जिल्लामा शिविरमार्फत सेवा दिँदै आएको छ । चितवनको भरतपुरमा केन्द्रीयस्तरको आँखा अस्पताल, शहरी क्लिनिक र पाँच ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छ । नवलपुरको कावासोती, धादिङको सल्यानटार र बाराको स...
ओलम्पिक छनोट तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली विजयी

ओलम्पिक छनोट तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली विजयी

काठमाडौँ, १४ कात्तिक । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक/एक गोल गरेका थिए । एन्फाका अनुसार खेलको १६औँ म...
विराटनगरमा आइसिटी एक्स्पो २०१८ हुने

विराटनगरमा आइसिटी एक्स्पो २०१८ हुने

विराटनगर । एजुकेशन, टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस ६ गतेदेखि १० गते (तदनुसार २१ देखि २५ डिसेम्बर, २०१८) सम्म एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु...
माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

जिरी, १४ कात्तिक । आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर आइपीओ बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजा...
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी-रसुवागढी सडक कालोपत्र शुरू

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी-रसुवागढी सडक कालोपत्र शुरू

बेत्रावती, १४ कात्तिक । राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको हो । मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै स्थानीयवासीले अवरोध पु¥याए पनि प्रहरीको सहयोगमा सडक कालोपत्र थालिएको ठेकेदार कम्पनी तुदी कन्स्ट्रक्शन...
एउटै मुद्धामा मलेसियाका पूर्व मन्त्री जेलमा, नेपालका मन्त्री सिंहासनमा

एउटै मुद्धामा मलेसियाका पूर्व मन्त्री जेलमा, नेपालका मन्त्री सिंहासनमा

काठमाडौं, १३ कात्तिक । अब नेपाली कामदार रोजगारीका लागि मलेसिया जाँदा कुनै शुल्क नलाग्ने भएको छ । नेपाल सरकार र मलेसियन सरकारबीच सोमबार समझदारी भएसँगै कामदारको टिकट, स्वास्थ्य परिक्षण, भिषा शुल्क, सुरक्षा जाँच लगाएतका खर्च रोजगारदाताले नै व्यहोर्ने छ । रोजगारीका लागि नेपालीको गन्तव्यका रुपमा मलेसिया पहिलो नम्बरमा छ । यसअघि म्यानपावरलाई बुझाउनु पर्ने पैसा बाहेक ‘बायोमेट्रिकसहित भीएलएन, माइग्राम्स...
वाइड बडीका कारण ऋणमा डुब्दै निगम, घाटा दैनिक एक करोडभन्दा माथि

वाइड बडीका कारण ऋणमा डुब्दै निगम, घाटा दैनिक एक करोडभन्दा माथि

काठमाडौं, १३ कात्तिक । व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । यो दैनिक एक करोडभन्दा माथि हो । अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए । त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघेको छ । कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य त...
३२ अर्बको लगानीमा गाई फार्म स्थापनाको तयारी

३२ अर्बको लगानीमा गाई फार्म स्थापनाको तयारी

पोखरा, १४ कात्तिक । गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ । प्रदेश सरकारले गाईपालनका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चीनसँग सम्झौता गर्न पत्राचार गरिसकेको छ । वैदेशिक सहयोग भित्र्याउन संघ सरकारबाट अनिवार्य स्...
महतोको हत्यामा संलग्नलाई कारवाही गर्न कांग्रेसको माग

महतोको हत्यामा संलग्नलाई कारवाही गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली काङ्ग्रेसले सर्लाही रामनगर गाउँपालिका–४ का रामविलास महतोको हत्यामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले आज एक विज्ञप्तिमार्फत मृतकलाई शहीद घोषणा गर्न र उक्त घट्नाका घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, “सर्लाही रामनगर गाउँपालिका–४ का काङ्ग्रेसबाट विजयी वडा अध्यक्ष राम नरेश महतोको काका ५५ वर्षीय रामविलास महतो...
लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

परासी, १४ कात्तिक । पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । उनीह...
तिहार नआउँदै फूल फूलेपछि समस्या

तिहार नआउँदै फूल फूलेपछि समस्या

पोखरा, १४ कात्तिक । तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ । पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा व्यावसायिक रुप लिइसकेको छ । कास्कीका पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, बाटुलेचौर लगायतका क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । तिहारको समयमा पोखरामा लगभ...
error: Content is protected !!