पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला
बेझाड पाल्पा, ४ मङ्सिर । पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् ।
आव २०७४/७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।
सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन् । जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन् ।...



























