केन्द्रीय कारागारमा कैदीबन्दीको विद्युतीय हाजिर हुने

केन्द्रीय कारागारमा कैदीबन्दीको विद्युतीय हाजिर हुने

काठमाडौँ, ६ मङ्सिर । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गर्न लागिएको छ । विसं १९७१ मा स्थापना भएको सो कारागारमा पहिलोपटक प्रविधिको माध्यमबाट हाजिर गर्ने व्यवस्था गर्न लागिएको हो । कूल दुई हजार ८०२ कैदीबन्दी रहेको उक्त कारागार परिसरभित्र केन्द्रीय, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् । प्रारम्भमा महिला जेलब...
वडा कार्यालयका काम होटल र चियापसलबाट

वडा कार्यालयका काम होटल र चियापसलबाट

पर्वत, ६ मङ्सिर । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनप्रतिनिधिहरूलाई भन्नुभयो, “वडाध्यक्षहरूले होटल, चिया पसल र सडकमा बसेर नागरिकहरूका काम गरेको पाइएको छ, यसो नगर्नुहोला ।” “जनप्रतिनिधिहरूले आफ्नै कार्यालयबाट जनताका विभिन्न सिफारिश गर्दा राम्रो हुन्छ, यसरी होटल, चिया पसलमा बसेर गरिएका सिफारिश अब मान्य हुँदैनन्,” प्रजिअको यस्तो भ...
हुसेन हत्याको विरोधमा सुनसरीको विभिन्न ठाउँमा प्रदर्शन

हुसेन हत्याको विरोधमा सुनसरीको विभिन्न ठाउँमा प्रदर्शन

इनरुवा, ६ मङ्सिर । बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताउनुभयो । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउँदै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो । सुनसरी दुहबी, सदरमुकाम इनरुव...
त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै

त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै

काठमाडौँ, ६ मङ्सिर । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयको परीक्षासँग सम्बन्धित विविध जानकारी कार्यालय समयभित्र त्रिविले उपलब्ध गराएको टेलिफोन ...
गृहमन्त्री थापाद्वारा ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’को शुभारम्भ

गृहमन्त्री थापाद्वारा ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’को शुभारम्भ

भक्तपुर, ६ मङ्सिर । आजदेखि भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गर्नुभयो । पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलग...
चिसो बढेसँगै चौँरीगोठ बेँसीतिर

चिसो बढेसँगै चौँरीगोठ बेँसीतिर

मङ्गलबारे, ६ मङ्सिर । केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चौँरीगोठ बेँसी सार्न थालिएको छ । इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो । अत्याधिक चिसो हुन थालेपछि चौँरीहरू आफसेआफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौरीपालक किसानले सोहीअनुसार पुरानो खर्कति...
पूर्वलडाकुले गृह मन्त्रालयमा विष सेवन गरेपछि…

पूर्वलडाकुले गृह मन्त्रालयमा विष सेवन गरेपछि…

काठमाडौँ, ६ मंसिर । शान्ति सम्झौताको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । ३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् । गृहमन्त्री थापालाई भेट्न गएका सामूहिक टोलीमा उनी कार्यकक्ष प्रवेश गरेका थिए । द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान, लाउन ...
टिपरको ठक्करबाट एकको मृत्यु

टिपरको ठक्करबाट एकको मृत्यु

भक्तपुर, ५ मंसिर । सूर्यविनायक नगरपालिका–२ बालकोटमा आज राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त थिमि संचारशाखाले जानकारी दिएको छ । तीब्रगतिमा आएको टिपरले बालकोट हँुदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई...
चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस

चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस

हुम्ला, ६ मंसिर । तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोल विक वडा कार्यालय पुगे । वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस गरिदिए। उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे। हारगुहार गरेपछि गाउँपालिका अध्यक्ष्ँ पदम लामाले अर्को सिफरिस बनाइदिए। सिफारिस पत्रमा लेखिएको थियो, ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, गरिबलाई १० केजी चामल सहयोग गरिदिन अनुरोध छ।’ गाउँपालिका अ...
अमिताभ बच्चनले तिरिदिए १ हजार ३९८ सय किसानको ऋण

अमिताभ बच्चनले तिरिदिए १ हजार ३९८ सय किसानको ऋण

काठमाडौँ, ६ मंसिर । बलिउड अभिनेता अमिताभ बच्चनले सयौं किसानको ऋण तिरिदिएका छन्। उनले उत्तर प्रदेशका एक हजार ३९८ जना किसानले लिएको ऋण चुक्ता गरिदिएकाे बताएका छन्। यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेकाे जनाएका छन्। मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन्। यसबाट आफूलाई ‘एउटा काम पूरा गरेको महसुस भइरहेको’ पनि उनले बताए। एक सरकारी बैंकबाट किसानले लिएको ऋण अ...
व्यर्थैमा बित्यो ओली सरकारका नौ महिना

व्यर्थैमा बित्यो ओली सरकारका नौ महिना

काठमाडौँ, ६ मंसिर ।  मनमोहन अधिकारीको पहिलो कम्युनिस्ट सरकारलाई प्रमुख दातृ निकायले विश्वास गरेका थिएनन्। त्यो सरकारले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम ल्याएर प्रत्येक गाविसलाई तीन लाख रुपैयाँ दिने घोषणा ग-यो। नेपाली कांग्रेसलगायत सबैले बजेट कनिका छरेको आरोप लगाए। पहिलोपटक सरकार बनाएको कम्युनिस्ट पार्टीलाई राहत हुने गरी विश्व बैंकले आफ्नो प्रतिवेदनमा मुलुकमा पहिलोपल्ट ‘राम्रो कार्यक्रम’ ल्याएक...
मिस नेपाल शृंखला मिस वर्ल्डको प्रतिस्पर्धामा अगाडि

मिस नेपाल शृंखला मिस वर्ल्डको प्रतिस्पर्धामा अगाडि

काठमाडौँ, ६ मंसिर । यस बर्षको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल शृखंला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन्। मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार साँझसम्म २५.८२ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छ...
न्यायपालिकाको अस्तित्व समाप्त पारेको आरोप

न्यायपालिकाको अस्तित्व समाप्त पारेको आरोप

काठमाडौँ, ५ मङ्सिर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार स्वतन्त्र न्यापालिकाको अस्तित्व समाप्त पार्न लागिपरेको आरोप लगाएका छन् । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गदैं उनले व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप रोक्ने स्वतन्त्र न्यायपालिकालाई सरकारको दबाबमा राख्न खोजिएको बताए । न...
विस्तृत शान्ति सम्झौताको बाह्र वर्ष : सङ्क्रमणकालीन न्याय समाधानतर्फ केन्द्रित

विस्तृत शान्ति सम्झौताको बाह्र वर्ष : सङ्क्रमणकालीन न्याय समाधानतर्फ केन्द्रित

काठमाडौँ, ५ मङ्सिर । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको छ तर द्वन्द्वको एउटा पाटो सङ्क्रमणकालीन न्याय पूर्णरुपमा समाधान हुन बाँकी छ । विस्तृत शान्ति सम्झौतापछि मुलुकमा ऐतिहासिक संविधानसभाबाट संविधान जारी भयो र मुलुकले समानुपातिक समावेशी सिद्धान्त अपनायो । तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबीच सम्झौतापछि तत्कालीन माओवादी सेना र हतियार व्यवस्थापन जस्तो महत्वपूर्ण कार्य सम्पन्न भयो । ...
त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश : छ सय मेगावाट विद्युत् जोडिने

त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश : छ सय मेगावाट विद्युत् जोडिने

काठमाडौँ, ५ मङ्सिर । रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन करीब ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्यका साथ त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल, युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडी, नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड सेफ...
तीस तोला सुनका गहना चोर्ने तीन जना पक्राउ

तीस तोला सुनका गहना चोर्ने तीन जना पक्राउ

कञ्चनपुर, ५ मङ्सिर । कृष्णपुर नगरपालिका– ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका ३० तोला गहना चोरी गर्ने तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गहना बेच्दै हिँडेको अवस्थामा चोरीमा संलग्न कृष्णपुर नगरपालिका–९ का २८ वर्षीय वासुदेव अवस्थी र कैलालीको गोदावरी नगरपालिका–९ बस्ने २३ वर्षीय दीपकबहादुर बमलाई प्रहरीले गहनासहित पक्राउ गरेको हो । घरमा कोही नभएका बेला ढोकाको ताला फुटालेर गहना चोरी...
अनिवार्य स्वास्थ्य, ऐच्छिक बनाउने तयारी

अनिवार्य स्वास्थ्य, ऐच्छिक बनाउने तयारी

काठमाडौँ, ५ मङ्सिर । हाल आधारभूत तथा माध्यमिक दुवै तहमा अनिवार्य विषयमाअन्तर्गत रहेको स्वास्थ्यसम्बन्धी विषयलाई ऐच्छिक बनाउने तयारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । सो तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जानकारीसमेत रहेको छैन । मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका एक जनस्वास्थ्य अधिकृत भन्नुहुन्छ, “विद्यालय तहमा अनिवार्य विषयमा रहेको स्वास्थ्य विषयलाई ऐच्...
बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा

बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा

रुपन्देही, ५ मङ्सिर । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गर्नुभएको हो । ‘‘लुम्बिनी शान्ति र अहिंसाको भूमि हो । यो क्षेत्रभित्र हत्या, हिंसा, चोरी व्यभिचार र मदिरापान गर्न पाइने छैन...
आयातमा कोटा सिस्टम लगाएपछि चार महीनादेखि गोदाममै अड्कियो चिनी

आयातमा कोटा सिस्टम लगाएपछि चार महीनादेखि गोदाममै अड्कियो चिनी

वीरगञ्ज, ५ मङ्सिर । सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महीना भइसकेको छ । हिन्दूहरूको महानचाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेसनले भारतको पश्चिम बङ्गालको हल्दियास्थित रेणुका सुगर मिलबाट...
बागलुङ नगरपालिकाद्वारा पानीपुरी र चटपट व्यापारमा प्रतिबन्ध

बागलुङ नगरपालिकाद्वारा पानीपुरी र चटपट व्यापारमा प्रतिबन्ध

गलकोट, ५ मङ्सिर । बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भएको र अव्यवस्थित ठेला राखी चटपट व्यापार गर्दा नगरको सांैन्दर्य बिग्रिएको भन्दै नगर का...
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल, भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल, भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने

काठमाडौँ, ५ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने भएको छ । तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुनेछ । भोलि दुई खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमा मैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल मनाङ मस्याङ्दी र थ्रीस्टार क्लबबीच हुनेछ । तेस्रो चरणक...
कोप–२४ मा नेपालले जलवायु परिवर्तन असरका विषय उठाउने

कोप–२४ मा नेपालले जलवायु परिवर्तन असरका विषय उठाउने

काठमाडौँ, ५ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) मा नेपालले जलवायु परिवर्तनका असरबारेका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । नेपालले हरित ग्यास उत्सर्जनमा आफ्नो ज्यादै न्यून योगदान भए पनि जलवायु परिवर्तनका जोखिमबाट सबैभन्दा बढी प्रभावित हुनुपरेको विषयलाई सम्मेलनमा प्रमुखरुपमा उठाउने तयारी गरेको हो । कोप–२४ यही मङ्सिर ...
म्याग्दीमा ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु

म्याग्दीमा ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु

गलेश्वर, ५ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ । आपत्कालीन उद्धार र विपद् व्यवस्थापनको कामलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले हरेक वडामा हेलीप्याड निर्माण अभियान शुरु गरेको हो । म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । पाखापानीमा गाउँपालिका र वडाको समन्वयमा हेलीप्याड निर्माण गरिएको...
युवा स्ट्राइकर विमल ‘ट्रायल’का लागि बेल्जियम जादै, लिगका बाँकी खेल नखेल्ने

युवा स्ट्राइकर विमल ‘ट्रायल’का लागि बेल्जियम जादै, लिगका बाँकी खेल नखेल्ने

काठमाडौँ, ५ मङ्सिर । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् । क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी दिए । यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्...
उदयपुर जिल्ला अदालतद्वारा जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद

उदयपुर जिल्ला अदालतद्वारा जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद

गाईघाट, ५ मङ्सिर । उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो । सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजा...
दुहबीमा एक जनाको गोली हानी हत्या

दुहबीमा एक जनाको गोली हानी हत्या

इनरुवा, ५ मङ्सिर । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए। जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्...
सुन सिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन् : उपप्रम पोखरेल

सुन सिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन् : उपप्रम पोखरेल

त्रिपुरासुन्दरी, ४ मङ्सिर । भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा आज आयोजित समारोहमा नेपाली सेनाले खनेको जाजरकोट– दुनै सडक मार्गको उद्घाटन गर्नुभएसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको औपचारिक घोषणा गरिएको हो । एक सय १८ किलोमिटरको उक्त सडक ...
नेपाली तयारी पोशाकमा शून्य भन्सार सुविधा उपलब्ध गराउन अमेरिका सकारात्मक

नेपाली तयारी पोशाकमा शून्य भन्सार सुविधा उपलब्ध गराउन अमेरिका सकारात्मक

काठमाडौँ, ४ मङ्सिर । नेपाली तयारी पोशाक (रेडिमेट गार्मेन्टस्)मा शून्य भन्सार सुविधा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका सकारात्मक देखिएको छ । नेपालले गरेको भन्सार सुविधाको आग्रहलाई सकारात्मक लिँदै अमेरिकाको ‘अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभ’ (युएसटिआर)ले कानुनी प्रक्रिया अगाडि बढाउने संकेत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । व्यापार र लगानीको ढाँचासम्बन्धी सम्झौता(टिफा)अन्तर्ग...
पाकिस्तानी सुपर लिग खेल्दै सन्दीप, न्यूनतम ५० लाख पारिश्रमिक पाउने

पाकिस्तानी सुपर लिग खेल्दै सन्दीप, न्यूनतम ५० लाख पारिश्रमिक पाउने

काठमाडौँ, ४ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् । सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका फकर जमान, साहिद ...
नोबेलले यसरी मनायो १४ औं बार्षिकोत्सव (भिडियोसहित)

नोबेलले यसरी मनायो १४ औं बार्षिकोत्सव (भिडियोसहित)

बिराटनगर, ४ मंसिर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो । कार्यक्रमलाई संबोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नोबेल शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा क्षेत्रमा उदाहरणीय बन्दै गएको बताए । नोबेल अ...
एभोकाडोको राजधानी धनकुटामा एसियाको पहिलो एभोकाडो महोत्सव हुने

एभोकाडोको राजधानी धनकुटामा एसियाको पहिलो एभोकाडो महोत्सव हुने

धनकुटा, ४ मंसिर । एभोकाडोको राजधानी घोषणा गरिएको धनकुटामा विश्वको दोस्रो तथा एसियाको पहिलो एभोकाडो महोत्सव हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर धनकुटा नगरपालिकाले आगामी ८ गते महोत्सवको आयोजना गर्ने जनाएको हो । दुई महिना अघि अमेरीकाको क्यालीफोर्नियामा एभोकाडोको विश्वको पहिलो महोत्सव भएको थियो । मेयर कृषि कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकालाई एभोकाडोको राजधानी घोषणा गरि एभोकाडो खेती मार्फत...
error: Content is protected !!