सीमसागको राजधानीका रुपमा परिचित जिरिखिम्ती
पथरी, मोरङ, ८ फागुन । पूर्वी मोरङको पथरीशनिश्चरे–८, जिरिखिम्ती सीमसागको राजधानीका रुपमा परिचित हुन थालेको छ ।
किसान थोरै जमिनबाट घरको गर्जो टार्ने खर्च मात्र हैन व्यावसायिकरुपमा साग खेती गरेर आर्थिकरुपमा समृद्ध बन्दै गएका छन् । घर नजिकै बग्ने मोरङ्गीखोलाको थोरै भूगोलमा सीमसागको व्यावसायिक खेती गरी उनीहरूले एक सिजनमा रु ६० लाख आम्दानी गर्ने गरेका छन् । कात्तिकमा रोपेको सीमसागले ४५ दिनदेखि आम...






























