नाइजेरियामा आत्मघाती बम विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

नाइजेरियामा आत्मघाती बम विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

नाइजेरिया, ४ असार । शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन् । बु्रनो राज्यको डोम्बोवा शहरमा इद उल–फित्र मनाएर फर्किरहेका नागरिकलाई लक्षित गरी दुई आत्मघाती विष्फोट गराइँदा शनिबार साँझ उनीहरूको मृत्यु भएको हो । बोकोहराम समूहको पहिरनमा देखिएका आक्रमण...
गुडिरहेको ट्रकमाथि ढुंगा खस्दा चालकको मृत्यु

गुडिरहेको ट्रकमाथि ढुंगा खस्दा चालकको मृत्यु

चितवन, ४ असार । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगाना रहेका छन् । ढुंगा ट्रकको चालकतर्फ झरेपछि गम्भीर घाइते भएका उनको उपचारका...
विकास निर्माणमा कमसल सामग्री प्रयोग गरेमा १० वर्ष कैद !

विकास निर्माणमा कमसल सामग्री प्रयोग गरेमा १० वर्ष कैद !

काठमाडौं, ४ असार । विकास निर्माणका क्रममा निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गरे १० वर्ष जेल र एक लाख रुपैयाँ जरिवाना हुने भएको छ। आजको नयाँ पत्रिकामा खबर छ । आगामी भदौ १ देखि कार्यान्वयनमा आउन लागेको मुलुकी ऐन ०७४ को फौजदारी संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हाे। मुलुकी एने ०७५ फौजदारी संहिता ऐनको दफा २५० मा निर्माणसम्बन्धी काम वा अन्य कुनै पनि जिम्मेवारी लिएका व्यक्तिले बेइमानीपूर्वक निर...
स्थानीय तहमा अझै एक वर्ष कर्मचारी अभाव हुने

स्थानीय तहमा अझै एक वर्ष कर्मचारी अभाव हुने

  काठमाडौँ, ४ असार । स्थानीय सरकारले अझै एक वर्ष कर्मचारी अभाव झेल्नुपर्ने भएको छ । संघीय सरकारको सुस्त कार्यशैलीका कारण स्थानीय सरकारले आवश्यक संख्यामा कर्मचारी नपाउने भएका हुन् । सरकारले आवश्यक कर्मचारी खटाउन पनि नसक्ने र स्थानीय तह आफैँलाई कर्मचारी भर्ना गर्न पनि नदिँदा कर्मचारी अभाव लम्बिने भएको हो । कर्मचारी समायोजन, ऐनहरू निर्माण, प्रादेशिक लोकसेवा आयोग गठन गरेर कर्मचारी पूर्ति ग...
पाँच पटकको विश्वकप विजेता ब्राजिल पनि बराबरीमा रोकियो

पाँच पटकको विश्वकप विजेता ब्राजिल पनि बराबरीमा रोकियो

काठमाडौँ, ४ असार । पाँच पटकको विश्वकप विजेता र दाबेदार मध्येको एक ब्राजिल पनि बराबरीमा रोकिएको छ । ब्राजिल स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो । ब्राजिलका फिलिपे काउटिन्होले २० औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर काउटिन्हो अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ । स्टेभन जुबेरले ५० औं मिनेटमा बराबरी गोल गर्दै बराबरी बनाए । कर्नरब...
गोलाप्रथाबाट आज ५९ सांसदको भाग्य परीक्षा !

गोलाप्रथाबाट आज ५९ सांसदको भाग्य परीक्षा !

काठमाडौँ, ४ असार । सुन्दा अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै संसदको पद जान्छ भन्दा तर सत्य हो राष्ट्रिय सभाका ५९ सांसदको कार्याकालको विषयमा आज सोमबार गोलाप्रथाबाट निर्णय गरिने भएको छ । राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये १९ जनाको २ बर्ष, बाँकी ४० मध्ये २० जनाको कार्यकाल ६ बर्षको हुनेछ । जुन प्रक्रियाबाट पद रिक्त हुन्छ त्यही प्रक्रियाबाट निर्वाचन आयोगले रिक्त सदस्यको निर्वाचन गर्ने आजकोे नेपाल सम...
२०७५ असार ४ गते सोमबार/आजको राशिफल

२०७५ असार ४ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल असार ४ गते। सोमबार। इश्वी सन् २०१८ जुन १८ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– पञ्चमी, १४:०२ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। आफन्तको भरपर्दा धोका हुन सक्छ। साझेदारीका काममा अलि सावधा...
धनकुटासहित पूर्वी नेपालमा भूकम्पको धक्का

धनकुटासहित पूर्वी नेपालमा भूकम्पको धक्का

धनकुटा, ३ असार । धनकुटासहित पूर्वी नेपालमा आईतवार राती भूकम्पको धक्का महसुस भएको छ । राति करिव ८ः५० बजे भूकम्पको धक्का महसुस भएको हो । धनकुटा, सुनसरी, झापा लगायत स्थानमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको रेक्टरस्केल र केन्द्रबिन्दु पत्ता लाग्न वाँकी छ ।
धेरै सेक्स गर्ने मानिसको आयु किन छोटो हुन्छ ? अध्ययनले यसो भन्छ

धेरै सेक्स गर्ने मानिसको आयु किन छोटो हुन्छ ? अध्ययनले यसो भन्छ

मानिसको बुढोपना सम्बन्धी एकजना वैज्ञानिकले सेक्स मानिसको आयु कम गराउने प्रमुख तत्व रहेको बताएका छन् । अमेरिकी थिंक ट्यांक बायोजेरेन्टोलोजी फाउन्डेसनका निर्देशक समेत रहेका प्राध्यापक एलेक्स जाभोरोन्कोभले दाबी गरेका छन् की यदि मानिसले सेक्स गर्न छाड्ने हो भने ऊ १५० वर्षसम्म बाँच्न सक्छ । आफ्नो नयाँ पुस्तक एजलेस जेनेरेसनमा उनले भनेका छन्९ सेक्स विनाको जिवनशैलीले हामीलाई हाम्रो जिन्दगी अझै लामो, नि...
प्रदेश नं ७ मा खेलकूदका लागि २७ करोड ३४ लाख बजेट

प्रदेश नं ७ मा खेलकूदका लागि २७ करोड ३४ लाख बजेट

धनगढी, ३ असार । प्रदेश नं ७ मा खेलकूद क्षेत्रका लागि रु २७ करोड ३४ लाख ६४ हजार बजेट विनियोजन गरिएको छ । पहिलो पटक यतिधेरै बजेट विनियोजन गरिएपछि प्रदेश नं ७ का खेलप्रेमी हौसिएका छन् । प्रदेश सरकारले आव २०७५/७६ का लागि प्रदेशसभा बैठकमा असार १ गते उक्त बजेट प्रस्तुत गरेको थियो । “खेलकूद क्षेत्रका लागि यति धेरै बजेट हाम्रो क्षेत्रमा यसअघि कहिल्यै आएको थिएन,” कैलाली जिल्ला खेलकूद विकास समितिका अध्य...
पेट्रोलियम पदार्थको मुल्य घट्यो, कति भयो अव ?

पेट्रोलियम पदार्थको मुल्य घट्यो, कति भयो अव ?

काठमाडौं,  ३ असार । चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसघ लिटरको ११३ रुपैयाँ थियो । त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २/२ रुपैयाँ घटेक...
कांग्रेस सभापति देउवालाई भेटेर पूर्वी पहाडका नेता, कार्यकर्ताले दिए यस्तो सुझाव

कांग्रेस सभापति देउवालाई भेटेर पूर्वी पहाडका नेता, कार्यकर्ताले दिए यस्तो सुझाव

काठमाण्डौ, ३ असार । पूर्वी पहाडी जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताले आईतवार पार्टी सभापति शेर वहादुर देउवासँग राजधानीमा भेट गरी कांग्रेसलाई सशक्त बनाउँनका लागि विधान र सांगठनिक संरचनामा परिवर्तन गर्न सुझाव दिएका छन् । पार्टीलाई सशक्त बनाउँनुपर्ने आवश्यकता खड्किएको बताउँदै उनीहरुले सवैलाई एकताबद्ध बनाएर पार्टीलाई अझ क्रियाशिल बनाउँन सुझाव दिएका हुन् । सत्तामा रहेका पार्टीले पूर्वी पहाडी जिल...
अवकाशको दुईवर्षसम्म काम गर्न नपाइनेः मन्त्री पण्डित

अवकाशको दुईवर्षसम्म काम गर्न नपाइनेः मन्त्री पण्डित

पोखरा, ३ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उच्च पदस्थ सरकारी कर्मचारीले अवकाश लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने बताउनुभएको छ । पत्रकार महासंघ कास्की शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी अवकाश पाउने बित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गोपनियता भङ्ग हुने बताउनुभयो । राष्ट्र सेवक कर्मचारीलाई ...
तेत्तीस प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुका कारण देखाउन सर्वोच्चको आदेश

तेत्तीस प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुका कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौँ, ३ असार । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ३३ प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुको लिखितरुपमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाशीश अनिलकुमार सिन्हाको एकल इजलासले आज संविधान र कानूनविपरीत ३३ प्रतिशत महिलाबिना नै दल दर्ता गरेको हो वा होइन त्यसका बारेमा १५ दिनभित्र लिखितरुपमा कारण देखाउन आदेश दिएको हो । संवैधानिकरुपमा व्यवस्था भएअनुरुप ३३ प्रतिशत महिलाबिना नै दल ...
नेपाल बैंकलाई थप सार्वजनिक निष्कासनका लागि स्वीकृति

नेपाल बैंकलाई थप सार्वजनिक निष्कासनका लागि स्वीकृति

काठमाडौँ, ३ असार । सरकारी स्वामित्वको वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलाई थप सार्वजनिक निष्कासन(एफपिओ) का लागि स्वीकृति दिइएको छ । नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता रु २८० मा एफपिओ निष्कासनका लागि स्वीकृति दिइएको हो । रु एक सय आधार मूल्यको शेयरमा रु १८० प्रिमियम थप गरी सार्वजनिक निष्कासनका लागि यही असार १ गते स्वीकृति दिइएको बोर्डका प्रवक्ता निरज गिरिले जानकारी दिनुभयो । बैंकले रु चार अर्ब ९५...
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई बाबुरामका १० बुँदे सुझाव (पूर्णपाठसहित)

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई बाबुरामका १० बुँदे सुझाव (पूर्णपाठसहित)

काठमाडौँ, ३ असार । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर १० बुँदे सुझाव दिएका छन् । भट्टराईले दिएको सुझावमा ठूला अर्थतन्त्रको मुल्य श्रृंखलासँग जोडिने गरी आफ्नो अर्थतन्त्रको विकास गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने, तिब्बती शरणर्थीहरुलाई नयाँ ढंगले व्यवस्थापन गर्नेबारे सोच्नु पर्ने, माउन्ट कैलाश जाने गोरखाको झालाङ्ग–राइलालगायत ओ...
भोजपुरमा सडक खन्ने क्रममा ढुंगाले किचेर बृद्धको मृत्यु

भोजपुरमा सडक खन्ने क्रममा ढुंगाले किचेर बृद्धको मृत्यु

भोजपुर, ३ असार । भोजपुरको षडानन्द नगरपालिका–३ कुनालुङ्गको शंखेखोला नजिक सडक खन्ने क्रममा ढुंंगाले किच्दा एक बृद्धको मृत्यु भएको छ । ग्रामिण कृषि सडक खन्ने क्रममा ढुंंगा खस्दा स्थानीय ६० वर्षीय श्रीप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । वर्षातका कारण सडक माथिवाट झरेको ढुंगाले राईलाई किचेको हो । स्थानीयको जनश्रमदानमा शनिबारबाट वाटो निर्माण थालिएको हो । भिर फुटाउँन...
बजेटप्रति सत्तापक्षकै शिर्ष नेताको असन्तुष्टि, चिसो पानी खन्याए जस्तो भयो : प्रचण्ड

बजेटप्रति सत्तापक्षकै शिर्ष नेताको असन्तुष्टि, चिसो पानी खन्याए जस्तो भयो : प्रचण्ड

काठमाडौँ, ३ असार । सरकारले ल्याएको बजेटबारे सत्तापक्षकै सांसदले संसदमा असन्तुष्टि व्यक्त गरेका बेला नेकपाका शिर्ष नेता समेत असन्तुष्ट देखिएका छन् । मन्त्रालयगत बजेट विनियोजनप्रति सांसदहरुले विरोध गरिरहेका बेला स्थायी कमिटीमा पनि असन्तुष्टि पोखिएको हो । शनिबार बसेको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत बजेटप्रति असन्तुष्टि जनाएको स्रोतले बताएको छ । त्यसअघि संसदीय दल...
राष्ट्रियसभा सदस्यले आफ्नो अवधि आफैँ निर्धारण गर्दै

राष्ट्रियसभा सदस्यले आफ्नो अवधि आफैँ निर्धारण गर्दै

काठमाडौँ, ३ असार । राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्नुहुने भएको छ । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो पटक लगाउनुहुनेछ । अर्थमन्त्री डा युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । निर्वाचनको अङ्गकै रुपमा गोलाविधिद्वारा समयाव...
एति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

एति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

पोखरा, ३ असार । एति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिए । पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए...
त्रिविका पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने

त्रिविका पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने

काठमाडौँ, ३ असार ।  त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ । त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार सूचना प्रविधिको विकाससँगै त्रिविलाई पनि सूचनाप्रविधिमैत्री बनाउनका लागि सो व्यवस्था गर्न थालिएको हो । उ...
चिया उद्योग बन्द गर्ने चेतावनी

चिया उद्योग बन्द गर्ने चेतावनी

झापा, ३ असार । नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ । उक्त ऐन खारेज नभए उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनीसमे चिया उद्योगीले दिएका छन् । विसं २०७४ भदौ १९ गते जारी उक्त ऐन २०७५/७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७५ साउन १ गतेदेखि लागू गर्ने घोषणाको विरोधमा चिया उद्योगी तथा व्यवसायीहरु आ–आफ्नो उद्योगमा तालाब...
धनकुटामा माईक्रोबसले मोटरसाईकललाई ठक्कर दिदा घाईते

धनकुटामा माईक्रोबसले मोटरसाईकललाई ठक्कर दिदा घाईते

धनकुटा, ३ असार । धनकुटा नगरपालिका–७ जिरोपईन्ट नजिक आज माईक्रोबसले मोटरसाईकललाई ठक्कर दिदा एक जना घाईते भएका छन् । धरानबाट हिलेतर्फ जाँदै गरेको को.१ ज.१०७८ नम्बरको माइक्रोबसले विपरित दिशाबाट आउँदै गरेको मे.४ प.१६२५ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाईकल चालक ईलाम नगरपालिका–१ का सन्तोष सुब्बा घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । घाईते सुब्बाको...
‘निर्माणमा कमजोरी देखिए प्राविधिक पनि दोषी’

‘निर्माणमा कमजोरी देखिए प्राविधिक पनि दोषी’

काठमाडौँ, ३ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाउनुभएको छ । निर्माण व्यवसाय विकास परिषद्को आज  भएको बैठकमा उहाँले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने स्पष्ट गर्नुभयो । सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त आफूलाई ख...
मेसीलाई असहज महसुस, विश्वकपमा आइतबार तीन खेल हुने

मेसीलाई असहज महसुस, विश्वकपमा आइतबार तीन खेल हुने

मस्को, ३ असार । अर्जेन्टीनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन् । शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ । अर्जेन्टीनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भएको यस पटकको विश्वकपको आफ्नो पहिलो खेलपछि मेसीले असहज महसुस गरेको जानकारी दिए । पहिलो पटक विश्वकपमा सहभागी भएको आइस...
गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी, ४२ को उपचार

गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी, ४२ को उपचार

बर्दिवास, ३ असार । प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो । जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका बिरामी उपचारमा आएकामा अन्यत्र उपचारमा जान सिफारिस ...
एसईईको नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी

काठमाडौं, ३ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा एक साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ । असार १० गतेभित्रै  नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । प्राविधिकतर्फको नतिजा पनि सँगै प्रकाशित गर्ने योजना बनाइरहेको रे...
अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार

अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार

संखुवासभा, ३ असार  । संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्दार गरेको हो । उनीहरुको उद्दारपछि प...
‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइने

‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइने

चितवन, ३ असार । नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् । वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष नौ महिनादेखि दुई वर्षभित्रका छन् । भालेलाई निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्र...
विश्कपका दुई दाबेदार टोली जर्मनी र ब्राजिल आज आ-आफ्नो प्रतिद्वन्द्धी विरुद्ध उत्रदै

विश्कपका दुई दाबेदार टोली जर्मनी र ब्राजिल आज आ-आफ्नो प्रतिद्वन्द्धी विरुद्ध उत्रदै

काठमाडौँ, ३ असार ।  समूह ई अन्तरगत आज पहिलो खेलमा कोस्टारिका र सर्विया भिड्दैछन्। पहिलोपटक विश्वकप खेल्दा नै अन्तिम १६ मा पुग्ने टिम हो कोस्टारिका । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिकाले सन् १९९० मा पहिलो पटक विश्वकपको स्वाद लिएको थियो । उता कोस्टारिकाविरुद्ध मैदान उत्रिन तम्तयार अवस्थामा छ सर्विया, फिफा वरियतामा ३५ औँ स्थानमा रहेको सर्बियाको यो १२ औँ विश्वकप सहभागिता हो । सर्बिया सन् ...
शिक्षक सेवा आयोगले १२ हजार ७ सय ३९ शिक्षक माग्यो

शिक्षक सेवा आयोगले १२ हजार ७ सय ३९ शिक्षक माग्यो

काठमाडौँ, ३ असार । अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगित गरेको शिक्षक सेवा आयोगले खुलातर्फ १२ हजार ७ सय ३९ पदका लागि विज्ञापन गरेको छ। आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाका अनुसार प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमाविमा १ हजार ६ सय ३५ र माविमा १ हजार १ सय ८ संख्यामा विज्ञापन खुलाइएको हो।विवादित अस्थायी शिक्षकको आन्तरिक परीक्षा र खुला प्रतिस्पर्धा सँगसँगै लिने गरी विज्ञापन गरिएको आयोगले ...
error: Content is protected !!