इयुसहित युरोपेली देशसँग सम्बन्ध विस्तार गर्न परराष्ट्रमन्त्री युरोप भ्रमणमा

इयुसहित युरोपेली देशसँग सम्बन्ध विस्तार गर्न परराष्ट्रमन्त्री युरोप भ्रमणमा

काठमाडौँ, ६ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली युरोपेली संघको प्रधान कार्यालयसहित संघका केही प्रभावशाली सदस्य देशको साताव्यापी औपचारिक भ्रमणमा भोलि राति पोर्चुगलको राजधानी लिस्बनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । नेपालको संविधान जारी भइसकेपछिको सात महिनाको अवधिमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि गठन भएको वर्तमान सरकारका विकासका प्राथमिकता, नेपालको परराष्ट्र नीति, बहुपक्षीय म...
मार्ग इजाजत पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय

मार्ग इजाजत पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय

काठमाडौँ, ६ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मार्ग इजाजत (रुट परमिट) पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय निर्धारण गरिएको बताउनुभएको छ । गत वर्ष चैत १८ गते जारी भएको यातायात निर्देशिकामा रुट परमिट पाएका सवारीलाई कम्पनीमा दर्ता हुनुपर्ने समय नतोकिएकाले असार ३१ गतेको निर्णयले यो व्यवस्था गरिएको आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले जानकारी दिनुभयो...
सरकारको प्रयासले सार्थकता पाउँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको दिशामा

सरकारको प्रयासले सार्थकता पाउँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको दिशामा

काठमाडौँ, ६ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार भएको स्टाटस शनिबार पोस्ट गरे । सो स्टाटसमा हालसम्म धेरैले प्रतिक्रिया जनाउनुभएको छ भने ९२ पटक शेयर भएको छ । सो स्टाटसलाई मन पराउनेको संख्या एक हजार २०० छन् । नेता भट्टराईको स्टाटस पढेपछि राससले उहाँलाई सोध्यो–साँच्चीकै विमानस्थल सुधार भएको हो ...
तरुण दलद्वारा सरकारलाई ताला साँचोे

तरुण दलद्वारा सरकारलाई ताला साँचोे

काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको छ । आज राजधानीको माइतीघर मण्डलाबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरी तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ताला साँचो बुझाएको हो । सो अवसरमा अध्यक्ष खड्काले सर...
झापा गाउँपालिकाले फुसको छाना हटाएर टिन लगाइदिने

झापा गाउँपालिकाले फुसको छाना हटाएर टिन लगाइदिने

भद्रपुर, ६ साउन । झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्ता पाता टिन लगाइदिने भएको छ । ‘फुस हटाऔँ, टिन लगाऔँ’ भन्ने मूल नारासहित विपन्न वर्गका परिवारको घरमा भएको फुसको छाना हटाएर गाउँपालिकाले टिन लगाइदिने भएको हो । आर्थिक बर्ष २०७५/७६ को बजेटमै सो अभियानका लागि रु २५ लाख गाउँपालिकाले छुट्याएको र रु २५ लाख हेविटेड नेपाल र सहारा नेपालले लगानी गर्ने भएको गाउँपाल...
छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

धादिङ ६ साउन । सिद्धलेक र थाक्रे गाउँपालिकामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा६प ५१७५ नं को कोइला बोकेको ट्रकले पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका–८ मा ठक्कर दिँदा मकवानपुरको थाहा नगरपालिका निवासी ९ वर्षीय रंजीत मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर विकले जानकारी दिए । यस्तै सिद्धलेक गाउँपालिका फिसफिस...
रेलमार्ग निर्माणसँगै सुरक्षात्मक प्रणालीको खोजी

रेलमार्ग निर्माणसँगै सुरक्षात्मक प्रणालीको खोजी

काठमाडौं, ६ साउन । सरकारले मुलुकभित्र एक दर्जनभन्दा बढी रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइरहेको बेला सुरक्षात्मक प्रणाली र उपकरणका बारेमा समेत चासो बढ्न थालेको छ । मानवीय सुरक्षा, रेलमार्गको अवस्था तथा जोखिम न्यूनीकरणका लागि विश्वभर उपलब्ध प्रणाली तथा उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको हो । सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकितामा रा...
‘चिकित्सक केसीको अनशन: स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

‘चिकित्सक केसीको अनशन: स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

काठमाडौँ, ६ साउन । नेपालको संविधानले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकमा राखेको छ । यसो हुँदाहुँदै पनि मौलिक हकमा राखिएको स्वास्थ्य संस्था बन्द गरेर सोही हकको उल्लङ्घन गर्ने प्रवृत्ति बढेको छ । यसको पछिल्लो प्रमाण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा कार्यरत प्रा डा गोविन्द केसीको अस्पतालमा आधारित ‘अनशन’ बनेको छ । चिकित्सा क्षेत्रको सुधारका नाममा पटक पटक आमरण ...
सभापति देउवाको विदेश भ्रमण स्थगित

सभापति देउवाको विदेश भ्रमण स्थगित

काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सातदिने विदेश भ्रमण स्थगन गरेका छन् । मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी उनले विदेश भ्रमण स्थगन गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पूर्वप्रधानमन्त्री देउवाले अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण आज अपराह्न विदेश प्रस्थान गर्ने ...
नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकलाई मान्यता दिनुपर्ने माग

नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकलाई मान्यता दिनुपर्ने माग

काठमाडौँ, ६ साउन । नेपालमा चिकित्सा शिक्षामा विशेषज्ञता हासिल गरेका चिकित्साका विद्यार्थीलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिनुपर्ने माग गरिएको छ । नेपालमा अहिले ४७ विषयमा स्नातकोत्तरको विशेषज्ञ शिक्षा अध्ययनअध्यापन हुन्छ तर भारतीय मेडिकल काउन्सिलले नेपालमा ११ विषय पढेका विद्यार्थीलाई मात्र अनुमति दिने गरेको छ । त्रिभुवन विश्वविद्यालयले ३५ प्रतिशत र काठमाडौँ विश्वविद्यालयमा ४० प्रतिशत विदेशी...
मेलम्ची खानेपानी ल्याउने कामले गर्दा इण्टरनेट समस्या

मेलम्ची खानेपानी ल्याउने कामले गर्दा इण्टरनेट समस्या

काठमाडौँ, ६ साउन । मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा राखेको इण्टरनेट प्रयोग गर्नमा समस्या भएको छ । केही समयअघि कामपाले सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरेको थियो । मेलम्ची खानेपानीको पाइप राख्ने काम भइरहँदा केही स्थानमा इण्टरनेटको तार केही समयको लागि काट्नुपर्ने भएकाले उक्त सेवामा समस्या आएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्ल...
झापामा अहिलेसम्म ६२ प्रतिशत रोपाइँ

झापामा अहिलेसम्म ६२ प्रतिशत रोपाइँ

भद्रपुर, ६ साउन । धानखेतीका लागि उर्वरभूमि मानिने झापामा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ भएको छ । अर्जुनधारा नगरपालिका कार्यालयका योजना कृषि अधिकृत शालिकराम भट्टराईका अनुसार असारको पहिलो र दोस्रो साता परेको पानीमा धान रोपाइँ भए पनि अन्तिम सातादेखि परेको खडेरीका कारण रोपाइँ हुन सकेको छैन । किसानले धानको बीउ राख्न ढिलो गरेकाले बेर्ना रोप्न योग्य भइनसकेको र जनशक्ति अभावका कारण ...
तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन माग

तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन माग

काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । छत्तीसौँ बिपी स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मा...
चलचित्र नगरीका लागि भारतीय टोलीद्वारा गोरखा र धादिङमा स्थलगत अध्ययन

चलचित्र नगरीका लागि भारतीय टोलीद्वारा गोरखा र धादिङमा स्थलगत अध्ययन

काठमाडौँ, ६ साउन ।  चलचित्र नगरी निर्माणका लागि भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको छ । भारतका एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोलीले स्थलगत अध्ययनपछि काठमाडौँ फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भेट गरेको छ । यसअघिका...
‘व्यापार युद्ध’ले विश्वकै अर्थतन्त्रमा संकट अाउन सक्ने

‘व्यापार युद्ध’ले विश्वकै अर्थतन्त्रमा संकट अाउन सक्ने

पेरिस, ६ साउन । फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले मायरले युरोपेली देशहरु र अमेरिकाबीचको व्यापार युद्ध जारी नै रहेकोले यसले विश्वको अर्थतन्त्रमा नै  संकट अाउन सक्ने बताएका छन् । उनले अहिले आएर यो एउटा वास्तविकता भइसकेको बताउँदै  भनेका छन्– कोही पनि तलमाथि नगर्ने र अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने यसले कसैलाई पनि राम्रो नगर्ने बताएका हुन । ठूलो अर्थतन्त्र भएका विश्वका २० देशका अर्थ तथा वित्त मन...
मुख्यमन्त्री शाहीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन

मुख्यमन्त्री शाहीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन

सुर्खेत, ६ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गरेका छन्। शनिबार मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा अनुगमन गरेको हो । मुख्यमन्त्री शाहीले नेपालमा सबैभन्दा ठूलो सुरुङ प्रविधिबाट निर्माणाधीन भेरी बबई डाइभर्सनको काम कारबाहीबारे ब...
मस्र्याङ्दीमा पानीको बहाव बढेपछि उच्च सतर्कता

मस्र्याङ्दीमा पानीको बहाव बढेपछि उच्च सतर्कता

लमजुङ, ६ साउन । मस्र्याङ्दी नदीमा पानीको बहाव अत्याधिक बढेपछि उच्च सतर्कता अपनाइएको छ । नदीमा साविकभन्दा पानीको मात्रा बढेपछि सम्भावित जोखिमबाट बच्न प्रशासनले नै सतर्क रहन आग्रह गरेको हो । नदीमा अचानक पानीको बहाव बढेपछि मनाङ र लमजुङअन्तर्गत नदी वरपरका बस्तीलाई शनिबार साँझ प्रशासनले विभिन्न सूचना संयन्त्र प्रयोग गरी सर्वसाधारणलाई जानकारी गराएको छ । माथिल्लो भेगमा रहेका हिमतालका कारण मस्र्याङ्दी...
उच्च अदालत तुलसीपुरमा सबैभन्दा धेरै करणीका मुद्दा

उच्च अदालत तुलसीपुरमा सबैभन्दा धेरै करणीका मुद्दा

तुलसीपुर, दाङ, ६ साउन । उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०७४/७५मा ६०२ मुद्दा फछ्र्योट गरेकोे छ । उक्त अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार सो अवधिमा अदालतमा दर्ता भएका ४१३ र अघिल्लो आवमा जिम्मेवारी सरेका ३७३ गरी जम्मा ७८६ थान मुद्दामध्ये ६०२ थान मुद्दा फछ्र्योट भई हाल १८४ थान मुद्दा विचाराधीन छन् । तुलसीपुरमा सबैभन्दा धेरै करणीका ८८ वटा मुद्दा दर्ता भएकामा ७० वटा मुद्दा फछ्र्योट भई १८ व...
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सिंहको निधन

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सिंहको निधन

काठमाडौँ, ६ असार । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ। सिंहको शनिबार राति ३ बजेर ६ मिनेटमा बयोधा अस्पतालमा निधन भएको महासंघ अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष अस्मिता भण्डारीले  जानकारी दिइन्। सिंह ८५ वर्षका थिए। तीन साताअघि सामान्य ज्वरो आएर बयोधा अस्पतालमा परीक्षण गर्दा पिसाबमा संक्रमण देखिएपछि उनी उपचाररत थिए। त्यहीबीचमा उनमा निमोनिया देखि...
तेह्रथुमका छब्बीस द्वन्द्वपीडित परिवारले ५२ लाख राहत पाए

तेह्रथुमका छब्बीस द्वन्द्वपीडित परिवारले ५२ लाख राहत पाए

तेह्रथुम, ६ साउन । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ७०० रकम राहत पाएका हुन् । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको स्थानीय शान्ति समितिले रु ५२ लाख पाँच हजार ७०० राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।...
पानीको माग गदै किसानले कुलोको मुहानमा पूजा गरे

पानीको माग गदै किसानले कुलोको मुहानमा पूजा गरे

तुलसीपुर, दाङ, ६ साउन । साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् । तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए । उनले पानी नपरी खडेरीका कारण ...
अत्यधिक गर्मीका कारण जापानमा ३० को मृत्यु, सावधानी अपनाउन निर्देशन

अत्यधिक गर्मीका कारण जापानमा ३० को मृत्यु, सावधानी अपनाउन निर्देशन

जापान, ६ असार । जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको छ । मानिसहरुको मृत्यु हुन थालेपछि जापानी सरकारले आफ्ना जनतालाई सावधानी अपनाउन निर्देशन दिएको छ । यो सातामा सुरुमा नै जापानमा तापक्रम ४० डिग्रिसेल्सियस पुगेको थियो । जापान टाइम्स रिपोर्टका अनुसार दश हज्जारभन्दा बढी गर्मीसँग जोडिएका स्वास्थ्य समस्याको उपचार गराउन अस्पताल पुगेका थिए ।
आज बीपीको ३६ औँ स्मृति दिवस मनाइँदै , राजनीतिक एवं साहित्यिक योगदान महत्त्वपूर्ण

आज बीपीको ३६ औँ स्मृति दिवस मनाइँदै , राजनीतिक एवं साहित्यिक योगदान महत्त्वपूर्ण

काठमाडौँ, ६ असार ।  नेपालकका  पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३६ औँ स्मृति दिवस आज मनाइँदै छ । नेपाली काँग्रेसले संस्थापक नेता कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण २०३९ साउन ६ गते निधन ...
‘गुन्द्रुक’ पनि चीनबाट अाउछ नेपालमा

‘गुन्द्रुक’ पनि चीनबाट अाउछ नेपालमा

काठमाडौँ, ६ असार ।  गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ । निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ । रसुवागढी नाका हुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ । दुई लाख रुपैयाँभन्दा बढीको गन्दु्रक आयात भएको देखिन्छ ।कार्यालयका अनुसार  २०७३/...
भारतको बाल सुधारगृहमा रहेका चार नेपाली बालकको उद्धार

भारतको बाल सुधारगृहमा रहेका चार नेपाली बालकको उद्धार

बुटवल, ६ साउन । भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार गरिएको छ । उनीहरुलाई प्रवासी नेपाली मित्र मञ्च भारतको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो । लामो समयदेखि भारतको उत्तर प्रदेशस्थित देवरियाको बाल सुधारगृहमा रहेका चार बालकलाई प्रवासी नेपाली मित्र मञ्च भारतले उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको हो । आफ्नो घर ठेगाना र अभिभावकसमेत बताउन नसक्ने अवस्थाका ती...
अब पाइपलाइनबाट पुग्छ घरघरमा ग्यास

अब पाइपलाइनबाट पुग्छ घरघरमा ग्यास

विराटनगर, ६ असार । घरघरका भान्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो । उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्रले गौ सदनमा बायो ज्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको परीक्षण सु...
भारतमा नेपाली गाडीलाई सहज प्रवेश

भारतमा नेपाली गाडीलाई सहज प्रवेश

काठमाडौँ, ६ असार । भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्वाध प्रवेश पाउने भएका छन् । नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिवहन तथा राजमार्ग मन्त्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरुलाई सहज ढंगले भारत प्रवेश र आवागमन गर्न अनुमति दिन सहमत भएको  छ । सन् २०१४ मा भएको नेपाल–भारत मोटर भेहिकल सम्झौताअन्तर्गत संयुक्त का...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दमक, ६ साउन । मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ । गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो । न्यौपाने गौरादहका युवा व्यवसायी हुन् । गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उहाँ सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८.३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भी...
पाल्पामा सवारी दुर्घटना, १ जनाको मृत्यु

पाल्पामा सवारी दुर्घटना, १ जनाको मृत्यु

पाल्पा, ६ साउन । पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप जीप र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–१४, अर्गेलीका २३ वर्षीय कृष्ण पुन रहेका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ च ४०८० नंको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु २९ प ७०२१ नंको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको हो । शनिबार सा...
२०७५ साउन ६ गते आइतबार/आजको राशिफल

२०७५ साउन ६ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन ६ गते। आइतबार। इश्वी सन् २०१८ जुलाई २२ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– दशमी, १७:३० बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्...
गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु

गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु

मलेखु, धादिङ, ५ साउन । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट आज बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो । गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्...
error: Content is protected !!