भद्रपुर, ६ साउन । धानखेतीका लागि उर्वरभूमि मानिने झापामा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ भएको छ ।

Advertisement

अर्जुनधारा नगरपालिका कार्यालयका योजना कृषि अधिकृत शालिकराम भट्टराईका अनुसार असारको पहिलो र दोस्रो साता परेको पानीमा धान रोपाइँ भए पनि अन्तिम सातादेखि परेको खडेरीका कारण रोपाइँ हुन सकेको छैन ।

किसानले धानको बीउ राख्न ढिलो गरेकाले बेर्ना रोप्न योग्य भइनसकेको र जनशक्ति अभावका कारण यो वर्ष बेलैमा रोपाइँ हुन नसकेको उनको भनाइ छ ।

जिल्लामा ९५ हजार हेक्टर क्षेत्रफलमा बर्खेधान रोपाइँ हुने गरेकामा गतवर्ष यतिबेलासम्ममा ७५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो ।

धानखेती गरिने जग्गाको ३८ प्रतिशत क्षेत्र नियमित सिँचाइयोग्य रहेको कृषि अधिकृत भट्टराईको भनाइ छ । चौध प्रतिशत अर्धसिञ्चित र बाँकी धानखेती आकाशे पानीको भर पर्नुपर्छ ।

जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङ्टिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!