‘प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो’, राखी बाँध्ने सपना अधुरै
काठमाडौँ, १० भदौ । शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथी सन्नी खुना काम गरेबापतको आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए ।
उनीहरु बाटोभरि रक्षाबन्धनमा दिदीहरुसँग राखी बाँधी माग्ने र उनीहरुलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रुपमा काम गर्थे ।
ठेकेदारको घरमा उनलाई नभेटेपछि बजा...





























