मोटरसाइकल नकिनिदिएको निहुँमा आँपको रुखमा झुण्डिएर आत्महत्या
काठमाडौँ, १३ भदौ । अभिभावकले मोटरसाइकल नकिनिदिएको निहुँमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा मङ्गलबार एक विद्यार्थीले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पिपरा गाउँपालिका–६ रतौली गाउँमा स्थानीय २१ वर्षीय आशिष मुखियाले घर नजिकै रहेको आँपको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
यसै वर्ष माध्यमिक शिक्षा परीक्षा पास गरेका विद...































