बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शैय्याको हुने

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शैय्याको हुने

चितवन, १४ भदौ । विसं ०५७ मा १०० शय्याबाट शुरु भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शैय्याको हुने भएको छ । तत्कालीन समयमा चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालको नयाँ भवन बनेसँगै थप शय्या विस्तार गर्न लागिएको हो । हाल अस्पतालमा २२५ शय्या सञ्चालनमा छन् । नयाँ भवनमा २५० शय्या थपिने भएकाले बिरामी फर्कनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले ज...
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी काठमाडौँमा

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वाग...
अन्धोपन निवारणका लागि भिजन ट्वान्टी-ट्वान्टी

अन्धोपन निवारणका लागि भिजन ट्वान्टी-ट्वान्टी

नेपालगञ्ज, १४ भदौ । नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबैको पहुँच पुग्न थालेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९९ फेबु्रअरीमा ‘दृष्टिका लागि अधिकार’ नारासहित विश्वका करीब पाँच करोड नागरिकलाई अन्धोपनबाट जोगाउन भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम तर्जुमा गरेकामा नेपालले पनि सोही वर्षको नोभेम्बरमा उक्त कार्यक्रम अनुमोदन गरेको थियो । सो कार्य...
एसिया कप छनोट: नेपाल–यूएइबीचको खेल शुरु

एसिया कप छनोट: नेपाल–यूएइबीचको खेल शुरु

काठमाडौँ, १४ भदौ । एसिया कप छनोटअन्तर्गत नेपाल–यूएइबीचको दोस्रो खेल शुरु भएको छ । मलेसियाको राजधानी क्यालालम्पुरमा शुरु भएको खेलमा नेपालले यूएइविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् । पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्...
पश्चिम सेती २३ वर्षदेखि बन्धक, चिनियाँ कम्पनीले पनि हात झिक्यो

पश्चिम सेती २३ वर्षदेखि बन्धक, चिनियाँ कम्पनीले पनि हात झिक्यो

काठमाडौँ, १४ भदौ । सात सय ५० मेगावाटको जलविद्युत् परियोजना १७ वर्ष अस्ट्रेलियन कम्पनी स्मेकले ओगटेको थियो, जिम्मा लिएको साढे ६ वर्षपछि चिनियाँ कम्पनी थ्री गर्जेजले पनि हात झिक्यो चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सिटिजिआई)ले पश्चिम सेती जलविद्युत् परियोजनाबाट हात झिकेको छ । ७५० मेगावाटको यो परियोजना साढे ६ वर्षअघि चिनियाँ कम्पनीले लिनुअघि अस्ट्रेलियन कम्पनीले १७ वर्षसम्म ओगटेको थियो । पश...
बैतडीको दोगडाकेदार गाउँपालिकाका प्रत्येक वडामा फ्रि वाइफाइ

बैतडीको दोगडाकेदार गाउँपालिकाका प्रत्येक वडामा फ्रि वाइफाइ

बैतडी, १४ भदौ । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उहाँले बताउनुभ...
आजदेखि बिमस्टेककाे चौथो सम्मेलन

आजदेखि बिमस्टेककाे चौथो सम्मेलन

काठमाडौँ, १४ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन बिहीबार सुरु हुँदै छ । बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको...
कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या ! परिवारले नै समातेर बुझाए अाराेपी

कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या ! परिवारले नै समातेर बुझाए अाराेपी

कञ्चनपुर, १४ भदौ । कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ । छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा ...
२०७५ भदौ १४ गते बिहीबार/आजको राशिफल

२०७५ भदौ १४ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ १४ गते। बिहीबार। इश्वी सन् २०१८ अगस्ट ३० तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– चतुर्थी, १९:४२ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च लागे पनि पछिका लागि लगानी गर्ने समय छ। रोकिएको काम दोहोर्याएपछि सम्पादन हुनेछ। प्रतिस्पर्धीसँगको द्वन्द्वले काममा सक्रिय बनाउनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तत्काल लाभ उठाउ...
बिम्स्टेक सम्मेलनले दुलही झै सिंगारियो काठमाण्डौं (फोटो फिचरसहित)

बिम्स्टेक सम्मेलनले दुलही झै सिंगारियो काठमाण्डौं (फोटो फिचरसहित)

काठमाडौं, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि काठमाडौंलाई दुलही झै सिंगारिएको छ । बिहिबार र शुक्रवार काठमाण्डौंमा बिम्स्टेक शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा आउने ६ राष्ट्रका पाहुनाको स्वागतार्थ काठमाडौँलाई दुलही झै सिंगारिएको हो । खाल्डाखुल्डी भएका सडकलाई रातारात कालोपत्रे गरिएको छ भने अब्यवस्थित तारहरुलाई पनि ब्य...
प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद (एशियाड) मा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिनुभएको हो । इण्डोनेसियामा जारी १८ औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत पदक हात पारेको हो । एशियाडको ६७ वर्षे...
विश्व बेपत्ता विरुद्धको दिवस, आयोगले काम गर्न सकेन

विश्व बेपत्ता विरुद्धको दिवस, आयोगले काम गर्न सकेन

काठमाडौँ, १३ भदौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनयुद्धमा बेपत्ता पारिएका व्यक्तिका आफन्तलाई सकारात्मक अनुभूति दिलाउने गरी काम गर्न नसकेको गुनासो गरिएको छ । विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिका अवस्था ६० दिनभित्र परिवारजनलाई जानकारी गराउने भनी गरिएको प्रतिबद्धता १२ वर्ष बित्न लाग्दा पनि पूरा नभएकोप्रति पीडितले गुनासो गरेका हुन् । ...
पुुरुषका लागि सौन्दर्य बढाउने चार घरेलु उपाय…

पुुरुषका लागि सौन्दर्य बढाउने चार घरेलु उपाय…

काठमाडौँ । सुन्दर अनुहारको चाहना महिलामा मात्रै होइन पुरुषमा पनि उत्तिकै हुन्छ । यहीकारण छाला सुन्दर बनाउन पुरुषहरू विभिन्न उपाय अपनाउँछन् । महिलाको तुलनामा पुरूषको छाला संवेदनशीलहुने भएकाले जथाभावी सौन्दर्यका सामान प्रयोग नगर्न चिकित्सकहरूको सुझाब छ । चर्को घाम, धूलो र धुँवाले पुरूषको अनुहारमा चाडै असर गर्छ । पुरुषको सौन्दर्य बढाउन र छालाको ख्याल राख्नका लागि सौन्दर्य विज्ञ सरिता शर्माका चार घर...
कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छ: दाहाल

कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छ: दाहाल

चितवन, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताउनुभयो । आफूले सरकार र मन्त्रालयको सचिवलाई भने...
बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

काठमाडौँ, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुग्नुभयो । राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । राष्ट्रपति सिरिसेनाको सम्मानमा नेपाली से...
एसिया कप छनोट खेलमा नेपाल ओमानसंग सात विकेटले पराजित

एसिया कप छनोट खेलमा नेपाल ओमानसंग सात विकेटले पराजित

काठमाडौँ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि खवार अलीले अविजित ८४ रन बनाए । उनले ९६ बल खेल्दै ४ छक्का र ६ चौका हाने । कप्तान जीसन मक्सुदले अविजित ४५, भैभव वाटेगोन्करले ४१ तथ...
म्यान्माका राष्ट्रपति लुम्बिनीमाः म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीको भ्रमण

म्यान्माका राष्ट्रपति लुम्बिनीमाः म्यान्माबाट दुई हजार ५०० बुद्धधर्मालम्बीको भ्रमण

बुटवल, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । राष्ट्रपति मिन्टले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नाका साथै त्यहाँस्थित ‘मार्कर स्टोन’(सिद्धार्थ गौतमको पदचाप शिला) बारेमा जानकारी लिनुभएको थियो । उहाँलाई मायादेव...
एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

काठमाडौँ, १३ भदौ । एशियाली खेलकूद (एशियाड)मा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा जारी १८औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । जाकार्तास्थित गुनुङ मास पुनकाकमा भएको खेलमा नेपालले रजतपदक पक्का गरेको...
धनकुटाको कोलबोटेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ घाईते (फोटो फिचरसहित)

धनकुटाको कोलबोटेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ घाईते (फोटो फिचरसहित)

धनकुटा, १३ भदौ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जना घाईते भएका छन् । सुनसरीको ईनरुवाबाट धनकुटाको नमस्ते झरना आउँदै गरेको को.१ ख ३५८३ नम्बरको बस बिहान करिव ११ बजे ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर पल्टिएको हो । दुर्घटनामा परी सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ४८ बर्षीय राजेन्द्र चन्द्रबंसीको मृत्यु भएको धनकुटाका प्...
के म्यान्मारको सेना सजायको भागिदार हुनेछ ?

के म्यान्मारको सेना सजायको भागिदार हुनेछ ?

बैंकक, १३ भदौ । संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङग््या जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ । यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो र जटील छ । आफ्नो सहयोगीविरुद्ध ल्याइने कुनै पनि कारबाहीको मागलाई अन्तरराष्ट्रिय फौजदारी अदालतमा लान चीनले अवरोध सिर्जना गर्न सक्छ । राष्ट्रसंघीय तथ्य–अन्वेषण टोलीले सोमबार प्रस्तुत गरेको प्रतिव...
पुस्तकालय छन्, पाठक छैनन्

पुस्तकालय छन्, पाठक छैनन्

भद्रपुर, १३ भदौ । सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनाम छ । ऐतिहासिक महत्व बोकेको ६७ वर्ष पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा छ । “पढ्न भनेर कोही आउँदैनन्, सरकारले समेत यसको संरक्षण र सञ्चालनमा कुनै ध्यान दिएको छैन” – भद्रपुरबाट प्रकाशित नौलो आवाज पत्रिकाका सम्पा...
काउली बुढीको नयाँ तीज गीत ‘चाइना बेइजिङ’ बजारमा (भिडियोसहित)

काउली बुढीको नयाँ तीज गीत ‘चाइना बेइजिङ’ बजारमा (भिडियोसहित)

काठमाडौं । काउली बुढी उर्फ सन्ध्या बुढा । अहिले यो नाम निकै चर्चामा छ । नेपालको सर्वाधिक रुचाइएको रियालीटी शो ‘नेपाल आइड सिजन २’ मा उनले देखाएको प्रस्तुतीका कारण अहिले उनको चर्चा चुलिएको हो । तिनै बुहप्रतिभाकी धनी काउली बुढीको तीज गीत बजारमा आएको छ । हिजै मात्र उनले ‘चाइना बेइजिङ’ बोलको तीज गीत बजारमा ल्याएकी हुन् । गीतलाई मेशना डिजिटल प्रा.लिले बजारमा ल्याएको हो । गीतमा उनको र अमृत रेग्मीक...
म्याग्दीमा आफ्नै बाबुबाट १२ वर्षीया बालिका बलात्कृत

म्याग्दीमा आफ्नै बाबुबाट १२ वर्षीया बालिका बलात्कृत

काठमाडौँ, १३ भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले ५३ वर्षीय बाबुलाई पक्राउ गरेको जनाएको छ । गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी म्रयाग्दी प्रहरीले जनाएको छ । प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयार...
बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

काठमाडौँ, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ । बैठकको अध्यक्षता गर्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त गर्दै बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची हुनुपर्ने बताउनुभयो । व्यापार र लगानीबाटै ...
प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना

प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना

काठमाडौँ, १३ भदौ । इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ । मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके १८औँ एशियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने सम्भावना छ । मङ्गलबारको खेल सकिँदासम्म नेपाल...
विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

काठमाडौँ, १३ भदौ । सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीरहनुभएको छ । केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान ११ बजेसम्मको अभिलेखअनुसार उहाँले ५३ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहनुभएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकार...
एसियाकप छनोट : नेपालद्वारा ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत

एसियाकप छनोट : नेपालद्वारा ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १३ भदौ । एसियाकप छनोट खेल खेलिरहेको नेपालले  ओमनसामु २ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बनायो । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिलो ब्याटिङ गरेको थियो  । नेपालका लागि सागर पुनले सर्वाधिक रन बनाए ।  पुनले ८४ बलमा ६ चौका र २ छक्कासहित ८३ रन बनाए । नेपालको खातामा ज्ञानेन्द...
पाँचथरका निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथरका निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथर, १३ भदौ । पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् । जिससले खुलाएको बोलपत्र टेण्डर पारेर कर उठाउने जिम्मा पाएको जि एन कन्स्ट्रक्सनलाई कर नतिरेका हुन् । गत ०७४ असोज १ मा जिसस र उक्त कन्स्ट्रक्सनबीच भएको सम्झौतामा जिससले लगाएको ढुङ्गा, बालुवा...
एशिया कप छनोट: नेपाल टस हारेर ब्याटिङ गर्दै

एशिया कप छनोट: नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौँ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले यो समाचार तयार पार्दासमेत १६ ओभरमा ५६ रन जोड्दै दुई विकेट गुमाएको छ । सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रनमा आउट भएका छन् । नेपालका लागि ज्ञानेन्द्...
नेपालमा बिमस्टेक सदस्य राष्ट्रको लगानी साढे ८४ अर्ब

नेपालमा बिमस्टेक सदस्य राष्ट्रको लगानी साढे ८४ अर्ब

काठमाडौँ, १३ भदौ । नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी न्युन छ ।  श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले निराशजनक देखाउँछ । भारत र बंगलादेशको लागनी भने तुलनात्मक रुपम बढी छ । नेपालले माघ ०६० मा बिमस्टेकको सदस्यता लिएको हो । त्यसयता बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब रुपैयाँ प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ । जुन नेपालमा भित्रिएको कुल बैदेशिक लगनीको करिव ३५ प्रतिशत हो । ...
बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै

बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै

काठमाडौँ, १३ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक आज बिहान बस्दैछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र/बाह्य मामिला/विदेशमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको...
error: Content is protected !!