हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या
इलाम, ३ मङ्सिर। यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन ।
विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ ।
सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी हुन नसकेको चिया उद्यमीको गुनास...



























