विद्यालयमा १४ वर्ष निःशुल्क सेवा

विद्यालयमा १४ वर्ष निःशुल्क सेवा

काठमाडौँ, ९ मङ्सिर । आफूले नोकरी गरेर त्यसवापतको पारिश्रमिक नलिने शायद कोही नहोलान् । असीवर्षीय हितबहादुर प्याकुरेलले भने १४ वर्षे शैक्षिक कर्ममा एक पैसा पनि नलिई सेवा गरिसक्नुभएको छ । विसं १९९५ मा नुवाकोटको बागीश्वरी गाविसमा जन्मनुभएका प्याकुरेलले विसं २०१८ मा प्रवेशिका उत्तीर्ण गरी हाल भएको सूर्यगढी गाउँपालिकास्थित बागेश्वरी प्राविबाट शिक्षासेवा आरम्भ गर्नुभएको थियो । विसं २०३१ सम्म निरन्तर सोह...
लेबनानका संवेदनशील क्षेत्रमा नेपाली शान्ति सेना तैनाथ, स्थानीय समुदायसँग हातोमालो

लेबनानका संवेदनशील क्षेत्रमा नेपाली शान्ति सेना तैनाथ, स्थानीय समुदायसँग हातोमालो

लेबनान, ९ मङ्सिर । “मैले नयाँ दाइ पाएको छु ।” संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाअन्तर्गत रणशार्दूल गणको नेतृत्व गर्दै लेबनानको पूर्वी कमाण्डको गणपतिको जिम्मेवारी सम्हाल्नु भएका प्रमुख सेनानी राजेन्द्र पन्तसँगको पहिलो भेटमा स्थानीय तहका एक प्रमुखले भने, “हामी विगतमा झैँ दाजुभाइजस्तै मिलेर शान्ति स्थापनाको काममा लाग्नेछौँ ।” एकवर्षे मिसनबाट स्वदेश फर्कनुअघि नेपाली सेनाको बरख गणका गणपति तथा प्रमुख से...
मुक्तिनाथबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु

मुक्तिनाथबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु

मुक्तिनाथ, ९ मङ्सिर । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशले हिमालपारिको जिल्ला मुस्ताङस्थित पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु गरेको छ । समाजमा लैङ्गिक विभेदकै कारण महिलाप्रति शारीरिक, मानसिक एवं यौनजन्य हिंसात्मक व्यवहार भइरहेको वास्तविकतालाई दृष्टिगत गर्दै महिला तथा बालबालिकामाथिका सबै किसिमका हिंसा, दुव्र्यवहार र शोषणको अन्त्यका लागि सामाजिक...
कर्नाटक बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

कर्नाटक बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

नयाँ दिल्ली, भारत, ८ मङ्सिर । भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् । दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्बजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । “मृतकमध्ये केही विद्यालयबाट घर फर्किरहेका बालबालिका...
बागलुङको ढोरपाटनमा आगलागी, ३० घर जलेर नष्ट

बागलुङको ढोरपाटनमा आगलागी, ३० घर जलेर नष्ट

गलकोट, ९ मङ्सिर । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो । शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी...
वैदेशिक रोजगारीबाट फर्केका युवाले १० लाखसम्म ऋण पाउने

वैदेशिक रोजगारीबाट फर्केका युवाले १० लाखसम्म ऋण पाउने

काठमाडौँ। वैदेशिक रोजगारीबाट फर्केका युवाले १० लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्। स्वदेशमै व्यवसाय तथा उद्यमशीलता विकास गर्न सरकारले १० लाखसम्म सरल कर्जा दिने भएको हो। वैदेशिक रोजगारीबाट युवालाई फर्काइ स्वदेशमै उद्यमशीलता निर्माण गर्न सरकारले दुई प्रतिशत व्याजमा ऋण दिन लागेको हो। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सरल कर्जा लिनका लागि सूचना आह्वान गरिसकेको छ। बोर्डले आउँदो पुस मसान्तसम्म निवेदन ...
राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा

राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा

काठमाडौँ, ९ मंसिर । राष्ट्रपतिका लागि गाडी खरिद गर्न लागेको विरोधस्वरुप पशुपति मन्दिर परिसरमा केही युवाले भीख मागेका छन् । सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका हुन्। संकेतिक विरोध स्वरुप भिख माग्न पशुपति क्षेत्रमा पुगेको यज्ञ ढकालले बताए। शनिबार बिहान ११ बजेदेखि उनीहरुले दुई घण्टासम्म भिख मागेर २३ सय ५० रुपैयाँ सं...
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट देशभर सुरु

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट देशभर सुरु

काठमाडौँ, ९ मंसिर । अन्तर्राष्ट्रिय अभियानको रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट देशभर सुरु भएको छ । सरकारले सात प्रदेश, ७७ जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह, सबै वडा र विभिन्न सङघ संस्थालाई यो अभियानलाई दिवसको रूपमा मनाउन आह्वान गरेको छ । वि.सं. २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको थियो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न,...
धनकुटामा एसियाको पहिलो एभोकाडो महोत्सव भव्य रुपमा सम्पन्न

धनकुटामा एसियाको पहिलो एभोकाडो महोत्सव भव्य रुपमा सम्पन्न

धनकुटा, ९ मंसिर । धनकुटामा आयोजना गरिएको एसियाको पहिलो एभोकाडो महोत्सव सम्पन्न भएको छ । धनकुटा नगरपालिका ६ स्थित परिचयमोडमा सनिवार उक्त महोत्सव आयोजना गरिएको थियो । एसियाको पहिलो महोत्सव आयोजना गरिएको आयोजक धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । महोत्सवको धनकुटाका प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले विशेष कार्यक्रमका बिच उद्घाटन गरेका थिए । ५० स्टल रहेको एक दिवसीय महोत्सव क...
२०७५ मंसिर ९ गते आइतबार/आजको राशिफल

२०७५ मंसिर ९ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल मंसिर ९ गते। आइतबार। इश्वी सन् २०१८ नोभेम्बर २५ तारिख। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– द्वितीया, ८:५९ बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। स...
अब निजी क्षेत्रका श्रमिकलाई पनि अाजीवन ‘पेन्सन’

अब निजी क्षेत्रका श्रमिकलाई पनि अाजीवन ‘पेन्सन’

काठमाडौँ, ८ मंसिर । अब निजी क्षेत्रमा कार्यरत श्रमिकहरुले समेत अवकाशपछि जीवनभर निवृत्तिभरण पाउने भएका छन्। त्यसका लागि श्रमिकहरुले जागिर अवधिभर आफ्नो मासिक पारिश्रमिकबाट निश्चित रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ भने रोजगारदाता कम्पनीले निश्चित रकम कोषमा जम्मा गर्दै जानु पर्नेछ।,  आजको कान्तिपुर दैनिकमा खबर छ । त्यसरी रकम जम्मा गरेका श्रमिकहरुले अवकाशपछि सामाजिक सुरक्षा कोषबाट मासिक रु...
सुक्खा बन्दरगाह निर्माणबाट विश्व बैंकले हात झिक्ने संकेत

सुक्खा बन्दरगाह निर्माणबाट विश्व बैंकले हात झिक्ने संकेत

काठमाडौँ, ८ मंसिर । चोभारमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह निर्माणबाट विश्व बैंकले हात झिक्ने संकेत गरेको छ। उक्त बन्दरगाह निर्माणको क्रममा आइपरेको समस्या समाधानतर्फ सरकारले चासो नदेखाएको भन्दै विश्व बैंकले लगानी फिर्तासहित हात झिक्ने तयारी गरेको हो। सुक्खा बन्दरगाह निर्माणका लागि दुई ठेकेदार छनोट गरी भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम अघि बढाउनै लाग्दा सरकारले एक्कासी निर्माण प्र...
लाइसेन्सको अनलाइन आवेदन १५ मिनेटमै अवरुद्ध

लाइसेन्सको अनलाइन आवेदन १५ मिनेटमै अवरुद्ध

काठमाडौँ, ८ मंसिर । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गरिए पनि सेवाग्राहीले आवेदन दिन भने पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको हो । दशैंअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । शुक्रबार विहान खुला गरिएसँगै १५ मिनेट जति काम भएपछि वेवसाइट नै ह्याङ भई काम हुन नसकेको याताया...
सप्तरीमा बस दुर्घटना : पाँचको मृत्यु, तीन दर्जन यात्रु घाइते

सप्तरीमा बस दुर्घटना : पाँचको मृत्यु, तीन दर्जन यात्रु घाइते

राजविराज, ८ मङ्सिर । भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको एक महिला रहको प्रहरी नायब उपरीक्षक भावेश...
२०७५ मंसिर ८ गते शनिबार/आजको राशिफल

२०७५ मंसिर ८ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल मंसिर ८ गते। शनिबार। इश्वी सन् २०१८ नोभेम्बर २४ तारिख। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– प्रतिपदा, १०:३५ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प...
पाकिस्तानी मस्जिदमा आक्रमण, १२ को मृत्यु, दर्जनौ घाइते

पाकिस्तानी मस्जिदमा आक्रमण, १२ को मृत्यु, दर्जनौ घाइते

अफगानिस्तान, ७ मङ्सिर । पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिनुभयो । “सैनिकहरु रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पुजाका लागि धर्माबलम्बीहरु आएका थिए,” उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “घटनामा परी १२ जनाको मृत्यु भएको छ भ...
निवृत्तिभरणसहितको सामाजिक सुरक्षा कार्यक्रम लागू गरिँदै

निवृत्तिभरणसहितको सामाजिक सुरक्षा कार्यक्रम लागू गरिँदै

काठमाडौँ, ७ मङ्सिर । आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सरकारले निवृत्तिभरणसहितको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने घोषणा गरेको छ । नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रा...
बालिका बलात्कारका आरोपित ७४ वर्षीय वृद्ध पक्राउ

बालिका बलात्कारका आरोपित ७४ वर्षीय वृद्ध पक्राउ

सप्तरी, ७ मङ्सिर । बालिकालाई बलात्कार गरेको आरोपमा घरमा पाहुना आएका ७४ वर्षीय व्यक्ति आज पक्राउ परेका छन् । इन्सेक सप्तरीले ११ महिनाका अवधिमा सप्तरीमा ३३ बालिका बलात्कृत र १३ बालिकामाथि बलात्कार प्रयासको घटना भएको प्रतिवेदन सार्वजनिक गरेकै दिन बालिका बलात्कारको आरोपमा तिरहुत गाउँपालिकाका महावीर सरदार पक्राउ परेका हुन् । घरका परिवारका सदस्य धानबाली भित्र्याउन खेत गएका बेला सरदारले बिहीबार दिउँस...
प्रथम प्रकाश स्मृति कपको उपाधि प्लानिङ ब्वाइजलाई

प्रथम प्रकाश स्मृति कपको उपाधि प्लानिङ ब्वाइजलाई

जिरी, ७ मङ्सिर । दोलखाको सदरमुकाम चरिकोटमा भएको प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज काँडाघारी भक्तपुरले जितेको छ । आज भएको फाइनल खेलमा जिल्ला फुटबल सङ्घ दोलखालाई २–१ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । विजेता प्लानिङ ब्वाइजले नगद रु दुई लाख ५० हजार शिल्ड तथा मेडल प्राप्त गरेको छ । उपविजेता दोलखाले रु एक लाख २५ हजार शिल्ड तथा मेडल हात पार्...
शहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस बिरुद्ध आर्मीको १-० को जित

शहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस बिरुद्ध आर्मीको १-० को जित

काठमाडौँ, ७ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई शुन्यका बिरुद्ध एक गोलले पराजित गर्दै आर्मी क्लब विजयी भएको हो । आर्मीको तर्फबाट टेकबहादुर बुढाथोकीले खेलको ३१ औँ मिनेटमा एक गोल गरेका थिए । सो गोल आर्मी क्लबको जितमा निर्णायक बन्यो । मध्याह्नअघिको अन्तिम मिनेटमा प...
त्रिविलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिने

त्रिविलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिने

काठमाडौँ, ७ मङ्सिर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधिको प्रयोग गरेर शिक्षा प्रदान गर्न र विद्यार्थीलाई सूचनामा सहज पहुँच पु¥याउनका लागि त्रिविलाई पहिलोपटक निःशुल्क वाइफाइ क्षेत्...
कोटेश्वर–कलङ्की सडकमा थप छ आकाशे पुल

कोटेश्वर–कलङ्की सडकमा थप छ आकाशे पुल

ललितपुर, ७ मङ्सिर । कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप सात ठाउँमा आकाशे पुल बनाउन सरकारले शुरु गरेको हो । चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहलाई काठमाडौँ चक्रपथ सुधार योजनाले समन्वय गरिरहेको योजनामा कार्यरत इञ्जिनीयर नीरञ्...
नेपालले थाल्यो अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी

नेपालले थाल्यो अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी

काठमाडौँ, ७ मङ्सिर । नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता वल्र्ड रोबोट ओलम्पियाड मा सहभागी हुन तयारी थालेको छ । नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आाधारभूत तालीममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै छनोट गरिने फाउण्डेशन नेपालका अध्...
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जीत

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जीत

काठमाडौँ, ७ मङ्सिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेलमैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइजले विभागीय टोली एपिएफलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । यस जीतसँगै ब्रिगेड ब्वाइवले अङ्क तालीकामा तीन अङ्क बटुलेको छ । ब्रिगेड ब्वाइजको जीतमा मनोज राई, ...
नेपाल विद्यार्थी सङ्घका महामन्त्री काफ्ले खतरामुक्त

नेपाल विद्यार्थी सङ्घका महामन्त्री काफ्ले खतरामुक्त

काठमाडौँ, ७ मङ्सिर । हृदयाघात भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्षमा उपचाररत नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्ले खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भर्खरै चिकित्सकले दिनुभएको जानकारीअनुसार उनी खतरामुक्त रहेको र अझै २४ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कुमार दुलालले जानकारी दिए । काफ्लेलाई आज बि...
काश्मिरमा भएको गोली हानाहानमा छ जना लडाकूको मृत्यु

काश्मिरमा भएको गोली हानाहानमा छ जना लडाकूको मृत्यु

काश्मिर, भारत, ७ मङ्सिर । सधैँ अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ । काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो । भारतीय प्रहरी र सैनिकको संयुक्त गस्तीमा आतङ्कवादी आक्रमण भएलगत्तै दोहोरो भिडन्त भएको बताइएको छ । गुप्तचर निकायले दिएको सूचनाअनुसार स...
प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व मिथिलाञ्चलमा सम्पन्न

प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व मिथिलाञ्चलमा सम्पन्न

गौशाला, ७ मङ्सिर । मिथिलञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व गएराति सम्पन्न भएको छ । कात्तिक पञ्चमीका दिनदेखि शुरु भई १० दिनसम्म चलेको सामा चकेवा पर्व एघारौँ दिन अर्थात पूर्णिमाको राति (गएराति) धुमधामका साथ विभिन्न नदी, पोखरी तथा ताल तलैयामा गएर सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन भएको छ । दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरी, बुहारी तथा महिलाले आ–आफ्ना ...
चितवनमा एक सय ३८ नयाँ एचआइभी सङ्क्रमित

चितवनमा एक सय ३८ नयाँ एचआइभी सङ्क्रमित

चितवन, ७ मङ्सिर । सन् २०१८ को हालसम्म जिल्लामा १३८ जना एचआइभी सङ्क्रमित थपिएका छन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन (एएचएफ) नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका सङ्क्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका रहेका छन् । फाउण्डेशनका क्षेत्रीय कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्ष सङ्क्रमित १० जनाको मृत्यु भएको छ । जसमध्ये आठ जना पुरुष र दुई जन...
नेबिसंघका महामन्त्री काफ्लेलाई हृदयघात

नेबिसंघका महामन्त्री काफ्लेलाई हृदयघात

काठमाडौँ, ७ मङ्सिर । नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष सिसियुमा राखेर उपचार भइरहेको नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुनुहुन्छ ।
निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ’

निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ’

भीमदत्तनगर, ७ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बस्नुभएको छ । यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवा÷आ...
डडेल्धुरा बस दुर्घटना अपडेट : ज्यान गुमाएका १८ जनाको सनाखत

डडेल्धुरा बस दुर्घटना अपडेट : ज्यान गुमाएका १८ जनाको सनाखत

डोटी, ७ मङ्सिर । डडेल्धुरा–डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ । ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिनुभएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशव कडायत, सोही नग...
error: Content is protected !!