भाइको हत्या अभियोगमा दाजु पक्राउ

भाइको हत्या अभियोगमा दाजु पक्राउ

बेत्रावती, ११ मङ्सिर । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ । कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए । बल...
सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत : प्रम ओली

सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत : प्रम ओली

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । आजको दिनबाट सरकारले हुँदाखाने र हुनेखाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको प्रधानमन्त्...
डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

काठमाडौँ, ११ मंसिर । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो । पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उज...
छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ

छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ

ताप्लेजुङ, ११ मङ्सिर । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ । विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए । यस्तै डाँका मुद्दामा जिल्ला अदालतबाट ६ वर्ष कैद तथा रु दुई हजार ३०० जरिवाना ठहर भएका मेरिङ्देन गाउँपालिका–२ का ३५...
आजबाट पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु

आजबाट पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु

काठमाडौँ, ११ मंसिर । सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु गर्दै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार (आज) प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै छन् । सामाजिक सुरक्षा योजना सञ्चालनका लागि ऐन, नियमावली र कार्यविधिसमेत निर्माण भइसकेका छन् । पहिलो चरणमा औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्...
निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’

निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’

काठमाडौँ, ११ मंसिर । निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ । उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।  आजको अन्नपूर्ण पोस्ट् दैनिकमा यो समाचार छ ।
कीर्तिपुरमा भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

कीर्तिपुरमा भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

काठमाडौँ । भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘उनन्चालिसौैं भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ । भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी लाग्दछ...
२०७५ मंसिर ११ गते मंगलबार/आजको राशिफल

२०७५ मंसिर ११ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल मंसिर ११ गते। मंगलबार। इश्वी सन् २०१८ नोभेम्बर २७ तारिख। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– पञ्चमी, २६:४० बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। तर बुद्धिको उपयोगले जटिल काम समेत सम्पादन हुनेछ। ईर्ष्या गर्नेहरूलाई मेहनतको जवाफ दिन सफल...
तमोर भ्यालीले सप्ताहव्यापी रजत जयन्ती मनाउँदै

तमोर भ्यालीले सप्ताहव्यापी रजत जयन्ती मनाउँदै

धनकुटा, १० मंसिर । धनकुटाको तमोर भ्याली सेकेण्डरी बोर्डिङ्ग स्कुलले रजत जयन्ती तथा आठौं फणिन्द्र लुइँटेल स्मृति दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । स्कुल स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउँन सात दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको हो । गत आईतवारदेखि आगामी शनिवारसम्म बिभिन्न कार्यक्रम गरेर रजत जयन्ती मनाउँन लागिएको विद्यालयका प्रद्यानाध्यापक दुर्गा लुइँटेलले...
योगदानमा आधारित सामाजिक सुरक्षा: गर्भदेखि मृत्युपर्यन्त सुविधा

योगदानमा आधारित सामाजिक सुरक्षा: गर्भदेखि मृत्युपर्यन्त सुविधा

काठमाडौँ, १० मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ । कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । उनीहरुले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सु...
अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

बेइजिङ, १० मङ्सिर । अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न चीनमा पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ । त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको अश्लीलता नियन्त्रण गर्ने सम्वन्धी कार्यालयले जनाएको छ । हानिकारक सोचाइ र क्रियाकलापलाई नियन्त्रण गरी सामाजिक सांस्कृतिक वातावरणलाई स्वच्छ बनाइराख्न ती कार्यालयहरूले महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरूले ...
दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिन्छः प्रम

दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिन्छः प्रम

काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छ । उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को प्रथम बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उनले उत्पादनका नयाँ क्षेत्र पहिचान गरी त्यसलाई कार्यान्वयन गरेर दुई अङ्कको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न सकिन्छ भने । उनले भने, “परम्परागत ढङ्गले धान, गहुँ, आलु फलाएर मात्र आर्थिक वृद्धि र समृ...
नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी

नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी

खोटाङ, १० मङ्सिर । नाछिरिङ राई भाषाको वर्ण निर्धारणको काम थालिएको छ । पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एवम् पाठ्यपुस्तक प्रकाशनलगायत प्रयोजनका लागि स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारणको काम थालिएको हो । किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा विभिन्न आठ जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरेर वर्ण निर्धारणको काम थालिएको किरात रदु ...
दक्षिण एशियाली क्षेत्रीय ब्याडमिन्टन मङ्गलबारदेखि

दक्षिण एशियाली क्षेत्रीय ब्याडमिन्टन मङ्गलबारदेखि

काठमाडौँ, १० मङ्सिर । दोस्रो दक्षिण एशियाली यू–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मङ्गलबारदेखि शुरु हुने भएको छ । ब्याडमिन्टन एशियाको विकास कार्यक्रमअन्तर्गत हुने च्याम्पियनशिपमा नेपाललगायत भारत, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहने नेपाल ब्याडमिन्टन सङ्घका सचिव नवीनविक्रम शाहले जानकारी दिए । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा हुने च्याम्पियनशिपमा नेपालका महिला चार र पुरुष च...
एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

काठमाडौँ, १० मङ्सिर । एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैङ्कले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता सासेक अन्तर्गतको शहरी खानेपानी आपूर्ति र सरसफाई परियोजनाका लागि १३ करोड अमेरिकी डलर र ऊर्जा प्रणाली विस्तार परियोजनाका लागि दुई करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो । विकास सहायता...
काठमाडौँको फर्निचर उद्योगमा आगलागी, ६ करोड बराबरको क्षति

काठमाडौँको फर्निचर उद्योगमा आगलागी, ६ करोड बराबरको क्षति

काठमाडौँ, १० मङ्सिर । युएन पार्क नजीकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ । आगलागी अहिले नियन्त्रणमा आएको छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए । उनका अनुसार घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा वि...
पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

काठमाडौँ, १० मङ्सिर । जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् । सिभिल बैंकको आठौँ वार्षिकोत्सवका अवसरमा आज कोषसँगको सहकार्यमा वनकाली क्षेत्रमा ३०० बिरुवा रोपियो । कपुर, पीपल, तेजपत्ता, कल्की, रुद्राक्षलगायत बिरुवा रोपिएको कोषका प्रशासकीय ...
क्यालिफोर्नियाको डढेलो नियन्त्रणमा

क्यालिफोर्नियाको डढेलो नियन्त्रणमा

लस एन्जेलस, १० मङ्सिर । क्यालिफोर्नियाको इतिहासमा नै अत्यन्त विनासकारी मानिएको डढेलो अन्ततः नियन्त्रणमा आएको छ । करिब दुई हप्तापछि अग्नि नियन्त्रकहरुको अथाह प्रयासबाट आइतबार डढेलो नियन्त्रणमा लिइएको अधिकारीहरुले जानकारी दिएका छन् । ‘क्याम्प फायर’ का कारण गत नोभेम्बर ८ बाट शुरु भएको यो डढेलोबाट करिब ८७ व्यक्तिको मृत्यु भएको छ । डढेलो नियन्त्रणमा आएको भनिएता पनि अझै दुईसय ९६ व्यक्ति बेपत्ता छन् । य...
शहीद स्मारक ए डिभिजन लिग–आर्मीले सङ्कटालाई हरायो

शहीद स्मारक ए डिभिजन लिग–आर्मीले सङ्कटालाई हरायो

काठमाडौँ, १० मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले सङ्कटालाई ५–१ को फराकिलो गोलअन्तरले पाखा लगाउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जितसँगै आर्मी अङ्क तालिकामा १० अङ्क जोड...
आगलागीमा मृत्यु भएका चारै जनाको शव एउटै खाटमा

आगलागीमा मृत्यु भएका चारै जनाको शव एउटै खाटमा

भद्रपुर, १० मङ्सिर । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पु¥याएको छ । आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका सबै चार जना ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा (सुप्रिया) खनाल र चार महि...
महिलाहिंसा विरुद्धको १६ दिने अभियान : बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका

महिलाहिंसा विरुद्धको १६ दिने अभियान : बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका

काठमाडौँ, १० मङ्सिर । गत साउन १० गते कञ्चनपुरकी १३ बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो । बलात्कारपछि हत्या गरेर आफ्नो बाँच्न पाउने अधिकार गुमाएका पन्त र विक प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता धेरै स–साना अबोध बालिका बलात्कारका शिकारपछि हत्या गर्दा बाँच्च पाउने अधिकारनै गुमाउन पुगेका छन् । बलात्कृत...
रिटोटलिङका लागि क्याम्पसमै निःशुल्क फारम उपलब्ध गराइने

रिटोटलिङका लागि क्याम्पसमै निःशुल्क फारम उपलब्ध गराइने

काठमाडौँ, १० मङ्सिर । एकजना विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहज उपलब्ध हुने भएको छ । गत कात्तिक २७ गते विराटनगरका विद्यार्थी गङ्गा पोदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन शाखास्थित हेल्लो सरकारमा फोन गरेर ‘मोरङको विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसमा ...
‘ए’ डिभिजन लिग : चौथो चरणका खेलहरू आजदेखि शुरु

‘ए’ डिभिजन लिग : चौथो चरणका खेलहरू आजदेखि शुरु

काठमाडौँ, १० मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि चौथो चरणका खेलहरू शुरु हुँदैछन् । आज पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा र एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आजको पहिलो खेलमा दुई अपराजित टोली सङ्कटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी एन्फा कम्प्लेक्स...
पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मिएका जुम्ल्याहा बालिकाको मृत्यु

पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मिएका जुम्ल्याहा बालिकाको मृत्यु

सुर्खेत, ९ मङ्सिर । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ । तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको गए राति मृत्यु भएको हो । गएको आइतबार रास्कोट नगरपालिका– ५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन। श्वासको गति बढ्दै गएपछि जुम्ल्याहा बालिकाको मृत्यु भएको डा राजीव शाहले जानका...
झापाकाे शिवसताक्षीमा आगलागी, एकै परिवारका चार जनाको मृत्यु

झापाकाे शिवसताक्षीमा आगलागी, एकै परिवारका चार जनाको मृत्यु

झापा, १० मंसिर । शिवसताक्षी नगरपालिका ७ लालझोडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । राती ९ बजेको समयमा उक्त आगलागी भएको हो । खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ ।, आजको नेपाल समाचार पत्रमा यो खबर छ । प्रहरी निरीक्षक कैलाश रार्इका अनुसार, मृत्यु हुनेमा ...
२०७५ मंसिर १० गते सोमबार/आजको राशिफल

२०७५ मंसिर १० गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल मंसिर १० गते। सोमबार। इश्वी सन् २०१८ नोभेम्बर २६ तारिख। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– तृतीया, ७:०५ बजेदेखि चतुर्थी, २८:१७ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर...
विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

लिस्बन, ९ मङ्सिर । विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ । चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याउनुभएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्नुभएको हो । पोर्चुगलका राष्ट्रिय सञ्चार माध्यममा कार्यरत तीन दर्जन बढी पत्रकारको विशेष उपस्थिति...
काङ्ग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने

काङ्ग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने

काठमाडौँ, ९ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ । सोहीअनुसार पार्टीको विधा...
सन्दर्भ उद्योग दिवस : उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

सन्दर्भ उद्योग दिवस : उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

काठमाडौँ , ९ मङ्सिर । नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । विभागका अनुसार नेपालका एक हजार ३० ठूला उद्योगमा १४ खर्ब ५२ अर्ब, एक हजार ६४० मझौला उद्योगमा एक खर्ब ४९ अर्ब ...
इलाम र पाँचथरका सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको सफल परीक्षण

इलाम र पाँचथरका सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको सफल परीक्षण

मङ्गलबारे, ९ मङ्सिर । इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो । सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए । “प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ” वाङ्चु शेर्पाल...
इलामको एउटै गाउँमा प्रशोधन हुन्छ ४० हजार टन चिया

इलामको एउटै गाउँमा प्रशोधन हुन्छ ४० हजार टन चिया

इलाम, ९ मङिसर । चियाका प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् । किसान आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको किसानको भनाइ छ । उद्योग स्थापना गर्ने लहर चलेपछि अहिले एकै गाउँमा नौ वटासम्म उद्योग स्थापना भएका छन् । इलाम न...
error: Content is protected !!