सप्तरी, ७ मङ्सिर । बालिकालाई बलात्कार गरेको आरोपमा घरमा पाहुना आएका ७४ वर्षीय व्यक्ति आज पक्राउ परेका छन् ।

Advertisement

इन्सेक सप्तरीले ११ महिनाका अवधिमा सप्तरीमा ३३ बालिका बलात्कृत र १३ बालिकामाथि बलात्कार प्रयासको घटना भएको प्रतिवेदन सार्वजनिक गरेकै दिन बालिका बलात्कारको आरोपमा तिरहुत गाउँपालिकाका महावीर सरदार पक्राउ परेका हुन् ।

घरका परिवारका सदस्य धानबाली भित्र्याउन खेत गएका बेला सरदारले बिहीबार दिउँसो बलात्कार गरेको पीडितले बताइन् । पीडितका साथ राजविराज आएकी उनकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा आज स्वास्थ्य परीक्षण भएको अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!