शेयर बजारमा सुधार

शेयर बजारमा सुधार

काठमाडौँ, २३ पुस ।  धेरै दिनपछि धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक १ दशमलव ३७ बिन्दुले बढेर २४९ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्पनीको नौ लाख १४ हजार २३९ कित्ता शेयर रु ३० करोड ...
लागुऔषध र नगदसहित तीन पक्राउ

लागुऔषध र नगदसहित तीन पक्राउ

काठमाडौँ, २३ पुस ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लागुऔषध र विभिन्न देशका नगदसहित तीन जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले लागुऔषध र विभिन्न देशका नगद लिएर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट धापासीका ३० वर्षीय तीर्थराज उपाध्याय, बौद्धका ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई आज बिहान पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी...
माइक्रोबसको ठक्करबाट एकको मृत्यु, चार घाइते

माइक्रोबसको ठक्करबाट एकको मृत्यु, चार घाइते

काठमाडौँ, २३ पुस । सामाखुशीमा माइक्रोबसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दिउँसो ११ः४५ बजे चक्रपथ हुँदै बौद्ध जोरपाटी चल्ने बा१ज ९७६६ नंको माइक्रोको ठक्करबाट धूम्रबाराही बस्ने ५५ वर्षीय सीता दाहालको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारका क्रममा अल नेप...
जुम्लामा ५० प्रतिशत बालविवाह

जुम्लामा ५० प्रतिशत बालविवाह

खलङ्गा, २३ पुस । जुम्लाका ग्रामीण बस्तीमा अहिलेसम्म करिव ५० प्रतिशतले बालविवाह गर्ने गरेका छन् आधिकारिक तथ्याङ्क उपलव्ध नभए पनि ग्रामीण क्षेत्रमा ५० प्रतिशतले कानूनबमोजिम विवाह गर्न २० वर्ष पूरा गर्नुपर्ने प्रावधान बिपरित अझैसम्म परम्परा बमोजिम नै बालविवाह गर्ने गरेको सिञ्जा क्षेत्रका बासिन्दा बताउँछन् । कानूनी सुधारका लागि सरकारले नीतिगत तथा कानूनी प्रयास गरे पनि एकातर्फ परिवारले सानै उमेरमा व...
संस्थागत विद्यालयको नाम र परिचयपत्र नेपाली भाषामै लेख्न लगाइने

संस्थागत विद्यालयको नाम र परिचयपत्र नेपाली भाषामै लेख्न लगाइने

काठमाडौँ, २३ पुस । काठमाडौँ  महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि यसलाई अनिवार्य बनाउन लागिएकोे बताउनुभयो । “अङ्ग्रेजी भाषामा विद्यालय र विद्यार्थीको नाम हुँदा आफ्ना छोराछोरी कुन स्कूलमा पढ्छ र उनीहरुको नाम के हो भन्नेमा अभिभावकमा अन्योल देखियो”, उहाँले भ...
विमान खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

विमान खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

काठमाडौँ, २३ पुस ।   संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गर्नुभएको छ । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्...
कठिन जङ्गल युद्धकला सिक्न विदेशी सैनिक आकर्षित हुँदै

कठिन जङ्गल युद्धकला सिक्न विदेशी सैनिक आकर्षित हुँदै

कलैया, २३ पुस । विशेषगरी सुरक्षा अङ्गको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न जङ्गल युद्धकला तालीम अति महत्वपूर्ण अङ्ग मानिन्छ । नेपाली सेनाद्वारा यहाँ सञ्चालित प्रतिविद्रोह तथा जङ्गल ‘वारफेयर’ शिक्षालय अहिले विदेशी सैनिकलाई समेत जङ्गल युद्धकला सिक्ने उत्कृष्ट तालीम केन्द्र बन्न पुगेको छ । पछिल्लो वर्षयता विशेषगरी अमेरिका, चीन तथा भारतका सैनिक अधिकृतका लागि प्रतिविद्रोह तथा प्रति...
राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल

राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल

  पथरी, २३ पुस ।  राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन । त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका विषयमा सहमति जुट्न नसक्दा र प्रदेश सरकारले प्रदेशसभालाई छलफलका विषयवस्तु उपलव्ध गराउन नस...
हावाबाट बिजुली झलमल

हावाबाट बिजुली झलमल

फिदिम, २३ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उहाँ खुशी हुनुहुन्छ । उहाँलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ । स्थानीयवासीकै सक्रियता र नेपाल सरकारको सहयोगमा उत्पादित वायु र सौर्य ऊर्जाबाट उत्पादित विद्युत् आयोजनाबाट वर्षौंदेखि ...
उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक

उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक

कञ्चनपुर, २३ पुस । जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताउनुभएको थिएन । जन्मिँदादेखि दुई वर्षको हुँदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो । हाँस्थ्यो । तेस्रो वर्ष लागेपछि शरीर पूरै सुक्दै गयो । बोल्न छाड्यो । हिरादेवीले भन्नुभयो, “सामान्यरूपमा हिँड्न थाले पनि माटो...
आगलागीको जोखिम कम गर्न विपन्न आवास कार्यक्रम

आगलागीको जोखिम कम गर्न विपन्न आवास कार्यक्रम

राँझा, २३ पुस ।  बाँकेको नरैनापुर गाउँपालिकामा आगलागीको जोखिम न्यूनीकरण गर्न विपन्न आवास सहयोग कार्यक्रम शुरु भएको छ । फुसको छाना भएका कारण प्रत्येक वर्ष गर्मीयाममा नरैनापुरमा आगलागी भई बस्ती नै सखाप हुने गरेकाले फुसरहित छाना बनाउने अभियानअन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाका १२५ विपन्न घर परिवारलाई जस्ता पाता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिक...
पश्चिमी वायुको प्रभावले वर्षा

पश्चिमी वायुको प्रभावले वर्षा

काठमाडौँ, २३ पुस । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फुलचोकी, चन्द्रागिरिलगायतका काठमाडौँ उपत्यका वरपरका उच्च डाँडाहरुमा पनि सामान्य हिउँ परेको छ । सोमबार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्ष...
चौबीस घण्टाभित्र चारवटा आपतकालीन अवतरण

चौबीस घण्टाभित्र चारवटा आपतकालीन अवतरण

नयाँदिल्ली, २२ पुस ।  भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । आइतबार, मुम्बईबाट दुर्बइतर्फ गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान हाइड्रोलिक समस्याका कारण मुम्बई विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो । आइतबार नै नयाँदिल्लीका लागि उडेको स्पाइसजेटको विमान बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि बनारस विमानस्थल...
हिमपात हुँदा आवत–जावत बन्द, जनजीवन प्रभावित

हिमपात हुँदा आवत–जावत बन्द, जनजीवन प्रभावित

हुम्ला, २३ पुस । आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रक...
छ किलो चरेशसहित दुई पक्राउ

छ किलो चरेशसहित दुई पक्राउ

सुर्खेत, २३ पुस । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् । छ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका प्रहरी छिन्चुले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबह...
सुन र नगदसहित एक पक्राउ

सुन र नगदसहित एक पक्राउ

काठमाडौँ, २३ पुस । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सुन र नगद चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१ फूलबारीस्थित राजु तामाङको घरमा चोरी गर्ने नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले चोरी गरेको स्थानभन्दा पर खोजतलास गर्दा सुन र नगदसहित अधिकारीलाई पक्राउ गरेको जानकारी दिनुभयो । ...
बस दुर्घटनामा बाइस घाइते

बस दुर्घटनामा बाइस घाइते

कावासोती, २३ पुस । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जा...
२०७५ पुस २३ गते सोमबार / आजको राशिफल

२०७५ पुस २३ गते सोमबार / आजको राशिफल

वि.सं. २०७५ साल पुस २३ गते।  सोमबार। इश्वी  सन्  २०१९  जनवरी  ७  तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिग्रिएको सम्बन्ध सुधार्न निकै प्रयत्न गर्नुपर्ला। प्रक्रिया बिग्रनाले काममा बाधा हुन सक्छ। गोपनीयतामा सजग रहँदै प्रयत्न गर्दा विशेष जिम्मेवारी हातलागी हुनेछ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुहोला। मिहिनेतले लक्ष्यमा पुर्...
झुपडीका बेसहारालाई डा.शर्माको साथ : सबै खर्च बेहोरेर उपचार गर्दा नयाँ जीवनको आभाष

झुपडीका बेसहारालाई डा.शर्माको साथ : सबै खर्च बेहोरेर उपचार गर्दा नयाँ जीवनको आभाष

बिराटनगर, २१ पुस । धुले सडक किनारामा बाँसको टाटीले बेरिएको थोत्रे झुपडी । बाहिरबाट भित्र प्रष्ट देखिने गरी भताभुङ्ग भएको टाटीको वेरा माथि सिधै आकास देखिने छिया–छिया भएको खरको छानो । झट्ट हेर्दा बाख्राको अव्यवस्थित खोर झै लाग्ने यही झुपडीमा कष्टपूर्ण गुजारा चलाईरहेका बेसहारा बृद्ध दम्पतीको व्यथा कहाली लाग्दो छ । मोरङको बेलवारी–४ सखुवाटोलीका ७३ बर्षीय परु र ७० बर्षीया बुधुनी चौधरीलाई गरिविको चर...
नक्कली सुन कारोवार गर्ने पक्राउ

नक्कली सुन कारोवार गर्ने पक्राउ

साँखु, २२ पुस ।  नक्कली सुन कारोवारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–१२ कपन खरिबोट नजिक नक्कली सुनको कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौँ बस्ने ३५ वर्षीय टासी शेर्पा रहेको प्रहरी प्रभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरले जानकारी दिनुभयो । कुँवरका अनु...
प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

काठमाडौँ, २२ पुस । प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आजको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । यस्तै कर प्रयोजनसहित पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयर धनीलाई वितरण गर...
मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा

मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा

क्वालालम्पुर, २२ पुस ।  मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ । मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ । मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । राजप...
आगलागीबाट दुई  घर जलेर  नष्ट

आगलागीबाट दुई घर जलेर नष्ट

सल्यान, २२ पुस । आगलागीबाट यहाँ आज दुई घर जलेर नष्ट भएको छ । कालिमाटी गाउँपालिका– ६ घारेघारीमा आगलागी हुँदा ओमबहादुर खत्री र चित्रबहादुर खत्रीको घर जलेर नष्ट भएको स्थानीय हिरालाल शर्माले जानकारी दिनुभयो । आगलागीबाट लत्ताकपडा, अन्नपात र पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीको  कारण खुल्न सकेको छैन । घर जलेर नष्ट भएपछि पीडित छिमेकीको घरमा बस्नु भएको छ ।
सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरी बढी प्रभावित

सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरी बढी प्रभावित

वासिङ्टन डिसी, २२ पुस । सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ । आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग माध्यम हो । तर यसले उनीहरुलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको छ । लण्डन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको सो अध्ययन “इक्लिनिकल मेडिसिन” नामक जर्नलमा प्रकाशित भएको छ । अध्ययनका अनुसार झण्डै १४ ब...
नार्कमा दरबन्दीभन्दा आधा वैज्ञानिक

नार्कमा दरबन्दीभन्दा आधा वैज्ञानिक

काठमाडौँ, २२ पुस । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दरबन्दी भन्दा आधा मात्रै वैज्ञानिक कार्यरत रहेका छन् । कृषि र पशुका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दे आएको सो संस्थामा दरबन्दी अपर्याप्त र दरबन्दी भन्दा कम जनशक्ति कार्यरत छन् । जनशक्ति अभाव अरु प्राविधिक र गैरप्राविधिक जनशक्तिमा पनि रहेको परिषद्ले जनाएको छ । तीन दशकदेखि जनशक्ति हेरफेर नभएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बत...
नेपालमा उत्पादित माछा भारत निर्यात

नेपालमा उत्पादित माछा भारत निर्यात

कञ्चनपुर, २२ पुस ।  बेलौरी नगरपालिका–२ स्थित बन्दातालबाट हरेक वर्ष रु ६० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री गरिने गरिएको छ । माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको बताउनुभयो । बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी उहाँले रु ६० लाख भन्दा बढी मूल्य बरावरका माछा बिक्री गर्दै आउनुभएको छ । भारतमा मात्रै यस बर्ष उहाँले ५० क्वीन्टल माछ...
आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको छः प्रधानमन्त्री

आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको छः प्रधानमन्त्री

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालू आवको पाँच महीनामा राजश्व सङ्कलन ३२ प्रतिशत र पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको तथा सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको जानकारी दिनुभयो । उहाँले स...
शेयर बजार सात विन्दुले घट्यो

शेयर बजार सात विन्दुले घट्यो

काठमाडौँ, २२ पुस । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव तीन विन्दुले घटेर २४८ दशमलव ५६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५६ कम्पनीको १३ लाख ६३ हजार ८५४ कित्ता शेयर रु ३१ करोड ...
राजस्व सङ्कलन ३२ प्रतिशतले वृद्धि भएको छः प्रधानमन्त्री

राजस्व सङ्कलन ३२ प्रतिशतले वृद्धि भएको छः प्रधानमन्त्री

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पाँच महीनामा राजस्व संङ्कलन ३२ प्रतिशतले वृद्धि भएको, पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको र सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको जानकारी दिनुभयो । उहाँले मूल्य वृद्धि ...
राससलाई महानगरले सहयोग गर्ने

राससलाई महानगरले सहयोग गर्ने

विराटनगर, २२ पुस ।  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं १ कार्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उक्त कार्यालय आज निरीक्षण गर्दै उहाँले जनतालाई सूसुचित गर्ने रासस समयानुकूल बन्न सक्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यालयको मर्मत र रंङरोगनमा सहयोग गर्ने आश्वासन दिँदै महानगर प्रमुख पराजुलीले रासस जनताकै सेवामा समर्पित रहेकाले यो संस...
निलम्बन फुकुवाको बाटोमा क्यान

निलम्बन फुकुवाको बाटोमा क्यान

काठमाडौँ, २२ पुस ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकूद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ । दुईसाता अघि नेपालमा बसेको आइसिसीको स्वतन्त्र कमिटीको बैठकले उनीहरूलाई निलम्बन फुकुवा हुने विश्वास दिलाएपछि मुद्दा फिर्ता लिन अदालतमा न...
error: Content is protected !!