सडकको चिसोबाट न्यानो कोठामा

सडकको चिसोबाट न्यानो कोठामा

काठमाडौँ, २४ पुस । काठमाडौँका विभिन्न क्षेत्रको सडकबाट गए राति ५० जनाको उद्धार गरिएको छ । मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषलगायतका सङ्घसंस्थाको समन्वयमा राति ७ देखि १० बजेसम्म सञ्चालन गरिएको खोजी अभियानमा ५० जनाको उद्धार गरिएको हो । उद्धारका क्रममा कतिपय वास्तविक सहयोगापेक्षी फेला परेका थिए । कतियप मजदूरी गरेर सडकमा सुत्ने, लागुपदार्थ खाएर र मदिरा पि...
दुई घण्टा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

दुई घण्टा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

काठमाडौँ, २४ पुस ।  सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करीब दुई घण्टा प्रभावित भएको छ । विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ) मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार बिहान करीब ९ बजे विमानस्थलको सञ्चार उपकरणमा लाइन सर्ट भएपछि भिएचएफमा समस्या आएको थियो । लगत्तै विमानस्थलका प...
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

कञ्चनपुर, २४ पुस । पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो । पढाइसँंगै विद्यालय पोशाक, वातावरणीय, व्यक्तिगत सरसफाइ र खेलकूदमा ध्यान दिन थालिएपछि निजी विद्यालयमा पढने विद्यार्थीसमेत यस विद्यालयमा भर्ना भई पढ्न थालेका छन् । गत शैक्षिक सत्रमा विद्यालयम...
उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

बेइजिङ, २४ पुस ।  उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । उहाँको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । किम चिनियाँ राष्ट्रपति सी जिनपिङको चार दिनको निमन्त्रणामा त्यसतर्फ लाग्नुभएको बताइएको छ । उत्तर कोर...
सम्बन्ध विच्छेदका मुद्दा बढे

सम्बन्ध विच्छेदका मुद्दा बढे

भीमदत्तनगर, २४ पुस । गत भदौदेखि नयाँ मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएसँगै कञ्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । विगतको भन्दा तुलनात्मकरूपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको कञ्चनपुर जिल्ला अदालत महेन्द्रनगरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो । अदालतमा सम्बन्ध विच्छेदका ४९ मुद्दा दर्ता भएका छन् जसमा २५ मुद्दा पुरुषले दर्ता गरेको अदालतले जनाएको छ । ...
भोजपुरमा छ बर्षीया बालिका बलात्कृत

भोजपुरमा छ बर्षीया बालिका बलात्कृत

भोजपुर, २४ पुस । भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो । बालिकाको आज स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो । आ...
पाठकको रोजाइ नेपाली बृहत् शब्दकोष

पाठकको रोजाइ नेपाली बृहत् शब्दकोष

काठमाडौँ, २४ पुस । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा नेपाली बृहत् शब्दकोष पाठकको मुख्य रोजाइमा परेको छ । यही पुस १५ गतेदेखि शुरु भएको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएको भए पनि पाठकले बढी मन पराएका र बढी बिक्री भएको पुस्तक नेपाली शब्दकोष हो । प्रर्दशनीमा रु दुईदेखि एक हजार ४०० सम्म मूल्य पर्ने पुस्तक प्रदर्शनीमा राखे पनि रु एक हजार ३५० को उक्त पुस्तक रोजाइमा परेक...
चौसठ्ठी वर्षदेखिको पहिरो नियन्त्रणमा

चौसठ्ठी वर्षदेखिको पहिरो नियन्त्रणमा

पशुपतिनगर, २४ पुस । इलाम नगरपालिका–१२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरी विसं २०६७ मा नियन्त्रणको काम शुरु गरेको थियो । स्थानीय समुदायको सक्रियतामा पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९/७० सालबाट बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०६९/७० म...
सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु

सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु

जाजरकोट, २४ पुस । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिनुभयो । डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हुँदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड–खण्ड ग...
अग्निपीडित परिवारलाई राहत वितरण

अग्निपीडित परिवारलाई राहत वितरण

 सिरहा २४, पुस  सिरहाको नवराजपुर गाउँपालिका–१ गोरुवाहाका अग्निपीडित परिवारलाई आज गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादवलगायतका पदाधिकारी पीडित परिवारको घरमै पुगेर कम्मल, त्रिपाललगायतका राहत सामग्री वितरण गर्नुभयो । स्थानीयवासी रामेश्वर यादवको घरबाट सोमबार सल्किएको आगो फैलिएर आगलागी हुँदा उहाँको दुई घर र गोरु, भैँसी, बाख्रालगायत पशु चौपाय...
लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ

लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ

लहान, २४ पुस । लेनदेन बिगो मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई सोमबार साँझ सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सुरेशप्रसाद साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेको लेनदेन मुद्दामा फरार रहेका सिराहा नगरपालिका–१२ सारश्वर निवासी चन्द्रदेव दासलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त दासलाई जिल्ला अदालत सिरहामा बुझाइने प्रहरीले जनाएको छ ।...
प्रवासी नेपालीद्वारा राहत प्रदान

प्रवासी नेपालीद्वारा राहत प्रदान

बेझाड, २४ पुस । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका गणेश गैरेको परिवारलाई प्रवासी नेपालीले राहत रकम उपलब्ध गराएका छन् । पाल्पा चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको परिवारलाई कतारमा बस्दै प्रवासी नेपालीले सङ्कलन गरी पठाएको रु एक लाख ७८ हजार हस्तान्तरण गरिएको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताउनुभयो । वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका गैरेको गत कात्तिक २ गते निधन...
प्राविधिक सहायकको भरमा वडा कार्यालय

प्राविधिक सहायकको भरमा वडा कार्यालय

बैतडी, २४ पुस । स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ । जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । वडा सचिवमा नहुँदा पञ्जीकरणलगायतका काम प्रभावित हुने गरेको जनप्रतिनिधिले बताएका छन् । शिवनाथ गाउँपालिकाका छ वडामा सचिवको काम प्राविधिक सहायकले गरिरहेका गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिनुभयो । उहाँले भन्...
अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर, २४ पुस ।  मोरङको बूढीगङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । जिल्ला कबड्डी सङ्घको सहयोगमा यही पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको छ । सङ्घका अध्यक्ष भुवनेश्वर मण्डलले सञ्चारकर्मीसँग आज कुरा गर्दै प्रदेश नं १ मा पहिलो पटक हुन लागेको उक्त प्रतियोगितामा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालबाट नेपाल आर्मी तथा नेपाली कबड्डी राष्ट्रिय टोलीसहित पाँच ...
छ विमानस्थलमा रात्रिकालीन उडान

छ विमानस्थलमा रात्रिकालीन उडान

काठमाडौँ, २४ पुस ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ आएको जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीय हबक...
दुई वर्षमा पनि मतगणना भएन

दुई वर्षमा पनि मतगणना भएन

वालिङ, २४ पुस । वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको झण्डै दुई वर्ष हुँदा पनि मतगणना हुनसकेको छैन । विसं २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो । निर्वाचन पछि मतगणनामा विवाद भएपछि गणना स्थगन गरिएको हो । “मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न भएको थियो”, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत दामोदर शर्माले भन्नुभयो, “म...
धनकुटामा ट्राफिक सचेतनाका लागि राखियो टेलिभिजन

धनकुटामा ट्राफिक सचेतनाका लागि राखियो टेलिभिजन

धनकुटा, २४ पुस । सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोग सम्बन्धि श्रब्यदृष्य मार्फत जानकारी गराउँन धनकुटाको मदनचौकमा एलईडी टेलिभिजन राखिएको छ । मदनचौक स्थित नगरपालिकाको व्यापारिक भवनको भित्तामा राखिएको टेलिभिजनको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले उद्घाटन गरेका छन् । माछापुच्छ्रे बैंक धनकुटा शाखा र धनकुटा नगरपालिका ५ नम्बर वडा कार्यालयको सहयो...
२०७५ पुस २४ गते मंगलबार /आजको राशिफल

२०७५ पुस २४ गते मंगलबार /आजको राशिफल

वि.सं.  २०७५  साल  पुस  २४  गते। मंगलबार। इश्वी  सन्  २०१९  जनवरी  ८  तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउलान्। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। तापनि प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। पारिवारिक असमझदारीका बाबजुद पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। काममा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नेछ। केही विवा...
अमरगढीमा चौथो पटक आगलागी

अमरगढीमा चौथो पटक आगलागी

अमरगढी, २३ पुस । डडेल्धुरा सदरमुकाममा आइतबार राति भीषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ मुख्य बजार बागबजारको बगरकोटमा मध्यराति १२ बजे आगलागी हुँदा नौ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गए रातिसहित चौथो पटक आगलागी भएपछि व्यापारी सशङ्कित भएका छन् । आगो लगाउने एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर...
खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकण्ठ नपा–४ बस्ने अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । खड्काले अन्य व्यक्तिको नाममा लुकाइराखेको रु सात करोडभ...
बाइस कैदीबन्दी एसइईमा सहभागी हुने

बाइस कैदीबन्दी एसइईमा सहभागी हुने

ललितपुर, २३ पुस । नख्खु कारागारमा रहेका २२ कैदीबन्दी यस वर्षको एसइई परीक्षामा सहभागी हुने भएका छन् । परीक्षाको फारम भरेका विद्यार्थी तयारीमा जुटेका कारागार प्रशासनले जनाएको छ । चार वर्षपहिले देखि कैदीबन्दीको कक्षा र परीक्षाको व्यवस्थापन कारागारले गर्दै आएको छ । पढ्न चाहने कैदीबन्दीलाई यहीँ पढाउन सकिने व्यवस्था गरिएको जेलर जीवनप्रसाद दुलालले बताउनुभयो । जिल्ला शिक्षा कार्यालयले कारागारमा अरू के...
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी शुरु

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी शुरु

काठमाडौँ, २३ पुस ।  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ । आगामी फागुन महीनामा स्ववियु निर्वाचन गर्न तयारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराउनुभयो । उहाँका अनुसार स्ववियु निर्वाचनको पूर्वतयारीका लागि देशभरका आङ्गिक र सामुदायिक क्याम्पसलाई परिपत्र पठाउँदै निर्देशन दिइसकिएक...
एघार कर्मचारीलाई कारागार सजाय

एघार कर्मचारीलाई कारागार सजाय

बाँके, २३ पुस ।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महीनाको कारागार सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको संयुक्त इजलासले भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरुलाई तीन महीनाको कारागार सजाय तोकिएको हो । कार्यालय प्रमुख पवन सुवेदी र अधिकृत सीताराम खनाललाई ज...
त्रिशूलीमा खस्दा एकको मृत्यु

त्रिशूलीमा खस्दा एकको मृत्यु

भरतपुर, २३ पुस ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट त्रिशूली नदीमा खस्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मध्यप्रदेश बरैची जिल्लाका ६० वर्षीय हल्के कुशवाहा रहेका छन् । भारतबाट काठमाडौँका लागि हिँडेको एमपी ३३ टी ०९७५ नंको बस चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार साँझ बिग्रेपछि सबै यात्रुसँगै आगो तापिरहेका कुशवाहा अचानक कालीखोलाको भिरबाट त्र...
कपडा उद्योगमा आगलागी

कपडा उद्योगमा आगलागी

उर्लाबारी, २३ पुस ।  मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक कपडा उद्योगमा आज आगलागी हुँदा रु ६० लाखभन्दा बढीको क्षति भएको छ । भाग्य फेसन गार्मेन्ट उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योग सञ्चालन गरिएको घर, १७ वटा कपडा सिलाउने मेशिन, कटिङ मेशिन, तयारी कपडा, थान कपडा, कपडा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, जेनेरेटर, फ्रिज, पङ्खा, इन्भर्टर, कम्प्युटर, टिभी, फर्निचरका सामान जलेर नष्ट ...
टेलिकमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाइने

टेलिकमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाइने

काठमाडौँ, २३ पुस ।  नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सरकारले हालैमात्र खुला प्रतिस्पर्धाबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा आज कर्मचारीले उहाँको स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ...
सर्वोच्चद्वारा चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

सर्वोच्चद्वारा चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौँ, २३ पुस । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । आदेशमा भनिएको छ, ‘चौधरीले आरोपित कसुर गरेको...
आयल निगमका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा

आयल निगमका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध रु १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार उक्त सम्पत्तिको स्रोत नखुलेको पाइएकाले आज मुद्दा दायर गरिएको हो । लामो समयदेखि आयोगले खड्काको सम्पत्तिका बारेमा छानबिन गर्दै आएको बताइए...
वाइड बडी विमान खरीद प्रकरण संलग्न दोषीलाई कारवाही गर्न निर्देशन

वाइड बडी विमान खरीद प्रकरण संलग्न दोषीलाई कारवाही गर्न निर्देशन

काठमाडौँ, २३ पुस ।  प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले उपसमितिले बुझाएको प्रतिवेदनलाई संशोधन गर्दै खरीद प्रक्रियामा मुख्य भूमिका निर्वाह गर्ने पदाधिकारीलाई तत्काल निलम्बन गरी कारवाहीका गर्न निर्द...
सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा

सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा

काठमाडौँ, २३ पुस । सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा अझै दुई हजार २०७ थान छन् । नेपालको संविधानले उक्त अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था गरे पनि पर्याप्त न्यायाधीश अभावका कारण अझै पनि पाँच वर्ष नाघेका मुद्दा किनारा लाग्न सकेको छैन । सर्वोच्च अदालतमा जम्मा मुद्दा २२ हजार रहेकामा यही पुस १ गतेसम्म पाँच वर्ष नाघेका दुई हजार २०७ तथा तीन वर्ष नाघेका मुद्दा पाँच हजार ६०० ...
कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका

कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका

वासिङटन, २३ पुस ।  संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिनुभएको बताइएको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको आर्काे चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि नै भइरहेको बताइएको छ । तर त्यस बैठकका लागि स्थानको भने निश्चित भएको छैन । अर्काे बैठक गर...
error: Content is protected !!