छोरी जन्मँदा गाउँपालिकाले बैंक खाता खोल्ने
चितवन, २६ पुस । इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ ।
अभिभावकको अवस्था कमजोर रहेमा दातासमेत खोजी रकम जम्मा गराउन...






























