चरेशसहित दुई पक्राउ

चरेशसहित दुई पक्राउ

राँझा, ३० पुस । बाँकेको कोहलपुरमा प्रहरीले पाँच किलो ५० ग्राम चरेशसहित दुईलाई आज पक्राउ गरेको छ । बसपार्क नजिकबाट जाजरकोटको भेरी नगरपालिका २६ वर्षीय नरेन्द्रराज घर्ती र २९ वर्षीय धनबहादुर बुढालाई चरेशसहित पक्राउ गरिएको इप्रकाका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
सिलिण्डर विस्फोटमा दम्पती घाइते

सिलिण्डर विस्फोटमा दम्पती घाइते

पर्सा, ३० पुस । ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी आज वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उहाँकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो । घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएपनि स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाण...
द्वन्द्वपीडित सुरक्षाकर्मीका आफन्त पक्राउ

द्वन्द्वपीडित सुरक्षाकर्मीका आफन्त पक्राउ

काठमाडौँ, ३० पुस । प्रहरीले द्वन्द्वपीडित सुरक्षाकर्मीका २६ आफन्तलाई आज पक्राउ गरेको छ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घले माइतीघरमा धर्ना दिने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएपछि पक्राउ गरिएको हो । उक्त संघले दुई जना भाइते भएका जनाएको छ । बेपत्ता सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई शिक्षा, स्वास्थ्य र रोजगार...
भोजपुरमा सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित

भोजपुरमा सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित

भोजपुर, ३० पुस । सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आउनुभएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम भएपछि समस्यामा परेका हुन् । यस वर्ष उत्पादनमा ५० प्रतिशतभन्दा बढीले कमी आएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका सुन्तला कृषक गणेश प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढी ...
१४ सय वर्षपछि फेरियो टुथब्रसको डिजाइन

१४ सय वर्षपछि फेरियो टुथब्रसको डिजाइन

सोमबार, पुस ३०, २०७५  अमेरिकाको लास वेगासमा चारदिनसम्म चलेको कन्जुमर इलेक्ट्रोनिक शो (सिआईएस) मा फ्रेन्च कम्पनी फास्टिश (FasTeesH) ले अंग्रेजी अक्षरको वाई (Y) आकारको डिजाइनसहित एउटा यस्तो विद्युतीय टुथब्रस सार्वजनिक गरेको छ जसले १० सेकेन्डभित्रै दाँत सफा गर्ने क्षमता राख्छ । कम्पनीका अनुसार यो स्मार्ट टुथब्रसलाई दाँतमा फिट गर्न सकिनेछ र बटन दबाउने बित्तिकै यो भाइब्रेट हुन्छ जसका कारण दाँत सफा हु...
शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुँदै

शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुँदै

अत्तरिया, ३० पुस । शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक कालोपत्रे हुने भएको छ । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर ईश्वर बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सहजपुर–बोगटान सडक कालो...
मानवरहित विमान कारबाहीमा आठको मृत्यु

मानवरहित विमान कारबाहीमा आठको मृत्यु

पुल ए खुम्री, आफगानिस्तान ,३० पुस । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाघलान ए मार्काजी जिल्लामा भएको मावनरहित विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डरसहित आठ व्यक्तिको मृत्यु भएको छ । उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हादी जमाल सो जानकारी दिनु भएको छ । बाघलान इ मार्काजी जिल्लाको कोक्चिनार क्षेत्रमा लुकेर बसेका तालिबानलक्षित सो मानवरहित विमान कारबाही गरिएको जमाल सिन्ह्वा समाचार सम...
विसं २०७६ का पात्रो माघ १५ सम्म प्रकाशन हुने

विसं २०७६ का पात्रो माघ १५ सम्म प्रकाशन हुने

काठमाडौँ, ३० पुस । विसं २०७६ का पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले आम मानिसले छिटो बजारमा ल्याउनुपर्ने माग गर्ने गरेका छन् । समितिको बैठकले यस वर्ष जस्तै आगामी वर्षमा पनि १३ वटा पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको अध्यक्ष एवं धर्मशास्त्र...
शेयर बजार दोहोरो अङ्कले बढ्यो

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, ३० पुस । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ विन्दुले बढेर २५० दशमलव ४९ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८ कम्पनीको आठ लाख पाँच हजार ६०१ कित्ता शेयर ...
संसारका अचम्मका सजाय यस्ता

संसारका अचम्मका सजाय यस्ता

तपाईंलाई जे गर्न मन लाग्दैन त्यो बाध्यतावश गर्नुपर्छ भने, त्यसलाई सजाय भनिन्छ । अपराधी प्रमाणितलाई पनि अदालतले यही तरिका अपनाएर सजाय तोकेको हुन्छ । तर कुनै सजाय सुन्दा निकै रमाइला पनि हुन्छन् । यहाँ यसबारे जानकारी दिइएको छ । एक शिकारीलाई एक वर्षसम्म जेलमा बसेर महिनामा कम्तीमा एकपटक डिज्नीको बम्बी कार्टुन हेर्नुपर्ने सजायँ दिइयो । अमेरिकाको मिसौरीमा बस्ने डेविड बेरीलाई मृगको शिकारमा दोषी ...
माघे सक्रान्तिमा खिचडी खानुका यस्ता  फाइदा

माघे सक्रान्तिमा खिचडी खानुका यस्ता फाइदा

माघे सक्रान्तिमा घिऊ, चाकु, तरुल, तिलको लड्डुका साथै खिचडी पनि खाने प्रचलन छ । घिउ, चाकु खानुको महत्व छुट्टै छ तर खिचडी खाँदा स्वास्थ्यमा यस्ता फाइदा पुग्छन् सायद तपाईंलाई थाहा नहोला । धेरैजसो मानिसले खिचडीलाई जाउलोजस्तै ठानेर यो बिरामीले खाने खाना हो भन्ने सोच्लान् तर यो खाँदा तपाईंको शरिरमा फाइदा नै फाइदा हुनेबारे तपाईंले बुझ्नुपर्छ । यदि तपाईं शुद्ध शाकाहारी हुनुहुन्छ भने योभन्दा राम्...
संस्कृति र भाषाको जर्गेनामा जुट्दै युवा पुस्ता

संस्कृति र भाषाको जर्गेनामा जुट्दै युवा पुस्ता

इलाम, ३० पुस । केही समय अघि इलाम सदरमुकाममा मेची पर्यटन महोत्सव भयो । महोत्सवको उद्घाटन कार्यक्रममा देखाइएका ताप्लेजुङको शेर्पा नाच र झापाको सन्थाल नाचले निक्कै चर्चा पायो । कार्यक्रममा राई जातिको साकेला नाच, लिम्बूको धान नाच र नेवार समुदायको लाखे नाचले पनि स्थान पायो । हिजोआज यहाँ हुने धेरै कार्यक्रममा स्थानीय वेशभूषा र संस्कृतिलाई मान्यता दिन थालिएको छ । कहीँ सङ्घ/संस्थाले त कहीँ स्थानीय सरका...
नार्कमा कर्मचारी अभाव

नार्कमा कर्मचारी अभाव

गोदावरी, ३० पुस । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आवश्यक कर्मचारीको अभाव भएसँगै त्यहाँको काम दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । सरकारले २०४८ सालमा कृषि ऐन पारित गर्दा तोकेका सबै सेवासुविधा हालसम्म लागु गर्न नसकेका कारण त्यहाँका कर्मचारीको मनोबल घटी अन्य कार्यक्षेत्रमा लाग्दा काम प्रभावित बन्दै गएको हो । विसं २०४८ मा सरकारले कृषि ऐन पारित गर्दा एक हजार ८२३ जनाको दरबन्दी स्वीकृत गरेको थि...
पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

काठमाडौँ, ३० पुस । नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिनुभयो । आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोवार सुरु भएको थियो...
पदयात्रा पर्यटनसँग जोडिएको मिलेनियम गुफा

पदयात्रा पर्यटनसँग जोडिएको मिलेनियम गुफा

पोखरा, ३० पुस । सुन्दा अचम्म लाग्छ, शिलामा कुँदिएका दृश्यले सजिएको र चमेरै चमेराले भरिएको गुफाभित्र दुुई झरना छन् । जुन हिउँदमा सुक्दैन, वर्षात्मा पनि ठूलो हुँदैन । पृथ्वी राजमार्गअन्तर्गतको तनहुँ दुलेगौँडाबाट झण्डै १५ किलोमिटर पश्चिम लागेपछि शुक्ला गण्डकी नगरपालिका वडा नं १२ स्थित रमणीय घडेरी गाउँ पुगिन्छ । गाउँको पुछारमा सादी खोला पर्दछ जसले तनहुँ र स्याङ्जा जिल्लालाई छुट्याएको छ । स्याङ्जातर...
वैशाखदेखि पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउने

वैशाखदेखि पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउने

वीरगञ्ज, ३० पुस । दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ । सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय शहर रक्सौल बजारदेखि बाराको अमलेखगञ्जसम्म ३७...
एम्बुलेन्सबिहीन ठूला अस्पताल

एम्बुलेन्सबिहीन ठूला अस्पताल

लमही, ३० पुस । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’ बिहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स तीन वर्षदेखि बिग्रिएर थन्किएको छ । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । अस्पतालको रा १ झ ११३ नं को एम्बुलेन्स बिग्र...
उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

परासी, ३० पुस । अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुग्नुभएको छ । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक हुनुहुन्छ । गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उहाँलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उपचारको खर्च करीब नौ लाख लागेकोमा बिरामी पक्षले अहिलेस...
महिला क्रिकेट : नेपाल र युएई खेल्दै

महिला क्रिकेट : नेपाल र युएई खेल्दै

काठमाडौँ, ३० पुस । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार १२ः१५ मा शुरु हुनेछ । जारी प्रतियोगितामा दुवै टोली अपराजित हुन् । अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा चार अङ्क जोडेको छ । आजको...
डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि अस्पताल भर्ना

डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि अस्पताल भर्ना

 इलाम, ३० पुस । आफूसँग भएको सहमति कार्यान्वयनको माग राख्दै ६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई जिल्ला अस्पताल इलाम लगिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा. केसीलाई सोमबार विहान अस्पताल लगिएको हो । डा. केसीको खस्किँदो स्वास्थ्य र चिकित्सकहरको आग्रहमा अस्पताल लगिएको इलाममा रहेका डा. अभिशेकराज सिंहले जानकारी दिए ।
पाँचथरमा सुत्केरीले पाएनन् यातायात खर्च

पाँचथरमा सुत्केरीले पाएनन् यातायात खर्च

फिदिम, ३० पुस । आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाउन सक्नुभएन । नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले यातायात खर्च दिन्छ भन्ने सुन्नुभएका लकान्द्रीलाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले पछि सम्पर्क गरेर उक्त रकम दिने भन्नुभयो । लकान्द्र...
मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

घोराही, ३० पुस । घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति छैन । मूल मन्दिरभित्र ठूलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखालगायत केही आकृति छन् । त्यहाँका पुजारी त्यही आकृतिलाई देवताका रुपमा पुज्ने गर्दछन् र त्यही ढुङ्गा नजिकै एउटा ठूलो अशोकको रुख छ ।...
२०७५ पुस ३० गते सोमबार /आजको राशिफल

२०७५ पुस ३० गते सोमबार /आजको राशिफल

वि.सं. २०७५ साल पुस ३० गते सोमबार। इश्वी सन् २०१९ जनवरी १४ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो रहनेछ तापनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछ...
प्रहरी भिडन्तमा साहनीको मृत्यु

प्रहरी भिडन्तमा साहनीको मृत्यु

भैरहवा, २९ पुस । प्रहरीको खोजिको सूचीमा सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डीका केदार साहनीको प्रहरी मुठभेडमा मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका– १० देशार पोल्ट्री फार्म अगाडिको चोकमा गएराति प्रहरीसितको मुठभेडमा साहनी मारिएका हुन् । दश वर्षदेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजना तथा कर्तव्य ज्यान, शरिर अपहरण बन्धकलगायत मुद्दामा फरार रहेका अभियुक्त साहनी मारिएको रुपन्देहीका प्रहरी उपरी...
राहदानी विधेयक २०७५ माथिको संशोधन प्रस्तावमा छलफल

राहदानी विधेयक २०७५ माथिको संशोधन प्रस्तावमा छलफल

काठमाडौँ, २९ पुस । राष्ट्रिय  सभा  विधायन  समितिले  राहदानी विधेयक २०७५ माथि संशोधन प्रस्ताव हाल्ने सदस्यहरुसँग छलफल गरेको छ । समितिको आजको बैठकमा संशोधनकर्तासँग विधेयक संशोधन गर्नु पर्नाका औचित्य पुष्टि गर्न धारणा माग गरिएको थियो । बैठकमा विधेयकका बारेमा सांसदहरुले राख्नुभएको जिज्ञासाको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिनुभएको थियो ।  सभापति परशुराम मेघी गुरुङले उक्त विधेयकमाथि केह...
काठमाडौँमा चिसो बढ्यो

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ, २९ पुस । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ४ डिग्री सेल्सियस थियो । मौसमविद् समीर श्रेष्ठका अनुुसार रातको समयमा आकाश खुला भए तापक्रम घट्ने र बदली भए तापक्रम बढ्ने...
लमजुङमा भूकम्पको धक्का

लमजुङमा भूकम्पको धक्का

लमजुङ, २९ पुस । लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेंसीशहरमा छोटो तर कडा झड्का महसुुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपालिकासम्म भूकम्पको धक्का महसुुस भएको स्थानीयवासीले बताएका छन् । यसअघि गत २५ गत...
ईलामको चुलाचुलीमा पस्यो जंगली हात्ती

ईलामको चुलाचुलीमा पस्यो जंगली हात्ती

ईलाम, २९ पुस । ईलामको चुलाचुली गाउँपालिका–५ मा गएराती जंगली हाती गाउँमा पसेर बस्तीमा क्षति पुर्याएको छ । राती साढे २ बजे जंगलबाट निस्किएको २ वटा जंगली हात्तीले स्थानीय बुद्धमाया लिम्बु र मोहन प्रसाद बस्नेतको घर, ओमनाथ बस्नेतको भान्सा घर र टिकादेवी अधिकारीको फर्निचरमा क्षति पुर्याएको छ । हात्तीले गाउँमा पसेर भौतिक संरचनामा क्षति पुर्याउँनुका साथै अन्नपात लगायत नष्ट गर्दा ९५ हजार वरावरको क्षति भए...
खोटाङमा बलात्कार प्रयास गर्ने युवक पक्राउ

खोटाङमा बलात्कार प्रयास गर्ने युवक पक्राउ

खोटाङ, २९ पुस ।  जवरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले खोटाङको केपिलासगढी गाउँपालिका–५ थर्पुडाँडाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २१ बर्षीय नन्दराज राई छन् । गएराती साढे ८ बजे २० बर्षीया युवतीलाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ । जवरजस्ती करणी प्रयास गरेको भन्दै पीडित पक्षले जानकारी गराएपछि राईलाई प्रहरी...
शेयर बजार घट्यो

शेयर बजार घट्यो

काठमाडौँ, २९ पुस । धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ विन्दुले घटेर २४९ दशमलव ४२ विन्दुमा झरेको छ । स्टककाअनुसार आज कूल १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर ...
टेलिकमको ‘विन्टर अफर’

टेलिकमको ‘विन्टर अफर’

काठमाडौँ, २९ पुस । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध गराएर सो अफर ल्याइएको छ । सोअन्तर्गत हयाप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्या...
error: Content is protected !!