तपाईंलाई जे गर्न मन लाग्दैन त्यो बाध्यतावश गर्नुपर्छ भने, त्यसलाई सजाय भनिन्छ । अपराधी प्रमाणितलाई पनि अदालतले यही तरिका अपनाएर सजाय तोकेको हुन्छ । तर कुनै सजाय सुन्दा निकै रमाइला पनि हुन्छन् । यहाँ यसबारे जानकारी दिइएको छ ।

एक शिकारीलाई एक वर्षसम्म जेलमा बसेर महिनामा कम्तीमा एकपटक डिज्नीको बम्बी कार्टुन हेर्नुपर्ने सजायँ दिइयो ।

अमेरिकाको मिसौरीमा बस्ने डेविड बेरीलाई मृगको शिकारमा दोषी पाइएको थियो ।

कार्टुन हेरेर डेविडको सोच परिवर्तन होला नहोला त्यो स्पष्ट छैन तर यस्तो अचम्मको सजाय दिइएको यो पहिलो घटना होइन ।

गधासँग मार्चः

सन् २००३ मा शिकागोका दुई जवानलाई ४५ दिनका लागि जेलमा बस्ने सजायका साथै आफ्नो गृहनगरमा एउटा गधासँग मार्च गर्न आदेश दिइएको थियो ।

दुबैलाई क्रिसमसको पूर्व सन्ध्यामा चर्चबाट बाल इसाको मूर्ती चोरेर र त्यसलाई फुटाएको मामलामा दोषी पाइएको थियो ।

जेसिका लांग र ब्रायन पेट्रिक त्यतिबेला १९ वर्षका थिए । उनीहरुलाई गधासँगै मार्च गरिरहेको एक पोस्टर पनि सँगै राख्नुपर्दथ्यो जसमा लेखिएको थियो, ‘मूर्खताले भरिएको अपराधका लागि खेद छ ।’

१० वर्ष चर्चमा आउनै पर्नेः

ओकलाहोमामा हाई स्कूलका एक छात्रलाई एक व्यक्तिको मृत्युमा दोषी पाइयो तर उनी जेल जानबाट बचे ।

सन् २०११ मा १७ वर्षका टाइलर एलरेड रक्सी पिएर गाडी चलाइरहेका थिए । अचानक दुर्घटना भयो र यसमा उनको एकजना साथीको पनि मृत्यु भयो ।

न्यायाधिसले उनलाई जेलमा बस्न नचाहने हो भने उनले हाई स्कूल र ग्रेजुएशन सिद्धाउनु पर्ने, वर्षभरीका लागि ड्रग, रक्सी र निकोटिन परीक्षण गराउनुपर्ने, मृतकका लागि बनाइएको प्यानलको हिस्सा बन्नुपर्ने र १० वर्षसम्म चर्चमा आउनुपर्ने आदेश दिइयो ।

जागिर खोज !

स्पेनको एन्डालूसियाका एक युवकले आफ्ना आमा–बुवाले पकेट खर्च दिन छोडेका कारण अदालतको ढोका ढक्ढकाए ।

२५ वर्षका युवकले आफ्ना आमा–बुवासँग महिनामा तीन सय ५५ पाउन्डको माग गरेका थिए ।

मलागाको एक फ्यामिली कोर्टले युवकलाई सजायँ सुनायो । उनले एक महिनाभित्र आफ्नो आमा–बुवाको घर छोड्नुपर्ने छ र आफ्नो खुट्टामा उभिन सिक्नुपर्छ ।

शास्त्रीय संगीत सुन्नुहोस्ः

सन् २००८ मा एन्ड्रयू वेक्टरमाथि आफ्नो कारमा तीब्र आवाजमा संगीत सुनेकोमा एक सय २० पाउन्डको जरिवाना लगाइएको थियो । उनी आफूलाई मनपर्ने र्याप संगीत सुनिरहेका थिए ।

एन्ड्रयूले २० घण्टासम्म बिथोवन, बाख र शोपेनको शास्त्रीय संगीत सुनेको खण्डमा न्यायाधिसले उनको जरिवानाको रकम घटाएर ३० पाउन्ड गरिदिने विकल्प पेश गरे ।

आफूलाई मननपर्ने संगीत सुन्दा कस्तो महसुस हुन्छ, न्यायाधिसले एन्ड्रयूलाई महसुस गराउन चाहन्थे ।

वेक्टरले १५ मिनेटरसम्म मात्र त्यो संगीत सुन्न सके ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!