संगालोखबर सम्वाददाता

ईलाम, २९ पुस । ईलामको चुलाचुली गाउँपालिका–५ मा गएराती जंगली हाती गाउँमा पसेर बस्तीमा क्षति पुर्याएको छ । राती साढे २ बजे जंगलबाट निस्किएको २ वटा जंगली हात्तीले स्थानीय बुद्धमाया लिम्बु र मोहन प्रसाद बस्नेतको घर, ओमनाथ बस्नेतको भान्सा घर र टिकादेवी अधिकारीको फर्निचरमा क्षति पुर्याएको छ ।

Advertisement

हात्तीले गाउँमा पसेर भौतिक संरचनामा क्षति पुर्याउँनुका साथै अन्नपात लगायत नष्ट गर्दा ९५ हजार वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी पोल्टिमारीबाट गएको प्रहरी र स्थानीयवासीले हात्तीलाई जंगल तर्फ लखेटेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!