संगालोखबर सम्वाददाता

खोटाङ, २९ पुस ।  जवरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले खोटाङको केपिलासगढी गाउँपालिका–५ थर्पुडाँडाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २१ बर्षीय नन्दराज राई छन् ।

Advertisement

गएराती साढे ८ बजे २० बर्षीया युवतीलाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ ।

जवरजस्ती करणी प्रयास गरेको भन्दै पीडित पक्षले जानकारी गराएपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका राई जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!