नाबालक वृद्ध हजुरआमाको अभिभावक
जाजरकोट, ११ माघ । आमा, बुबाको मृत्युपछि यहाँको बारेकोट गाउँपालिका–९ सक्ला खारीगाउँका दुई नाबालक ७५ वर्षीय वृद्ध हजुरआमा सरिता खड्काको अभिभावक बनेका छन् । अभिभावकको मृत्यु भएपछि उनीहरू दृष्टिविहीन हजुरआमाको सहारा बनेका हुन् ।
जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका बारेकोट–९ खारीगाउँका १२ वर्षीय कमल खड्का र आठ वर्षीय हरिश खड्का दाजुभाइ हजुरआमाको अभिभावक भएका हुन् । उनीहरू टुहुरा हुन् । कमल ६ कक्षा ...































