एजेन्सी ।  सफा समुद्री तट, रंगिबिरंगी संस्कृति र चारैतिर फैलिएको हरियाली दृश्यले सुन्दर बाली इन्डोनेशियाको एउटा सानो टापु हो । यस स्थानमा होटलदेखि रेस्टुरेन्ट, स्पा, एड्भेन्चर सबैकुरा सुलभ बजेटमा पाइन्छ ।

Advertisement

यसबाहेक बाली विश्वभरी एउटा विशेष कुराले प्रख्यात छ त्यो हो त्यहाँको समुद्रभित्र रहेको मन्दिर । बालीमा धेरै मन्दिरहरु छन् तर बालीको यो समुद्रभित्रको मन्दिर निकै विशेष छ । त्यहाँको पेमुतेरान तटमा समुद्रभन्दा ९० फिट मुनि रहेको मन्दिर आज पनि सबैको कौतूहुलताको विषय बनेको छ ।

यो मन्दिर निकै पुरानो हो । शिव भग्वानप्रति समर्पित त्यो मन्दिरमा भगवान विष्णुको पनि प्रतिमा छ जुन करिब पाँच हजार वर्ष पुरानो रहेको अनुमान लगाइएको छ ।

मानिसहरु स्कूबा डाइभिङ र स्विमिङको माध्यमबाट त्यस मन्दिरको दर्शन गर्न बाली जान्छन् ।

त्यहाँ भग्वान् शिव र विष्णुबाहेक भगवान् गौतम बुद्ध र अन्य देवीदेवताको मूर्ति पनि छन् । विश्वको विभिन्न स्थानबाट बालीका लागि सिधा फ्लाइट पाउन सकिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!