अख्तियारका आयुक्तले दिए राजीनामा

अख्तियारका आयुक्तले दिए राजीनामा

काठमाडौँ, ३ फागुन । घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार पाठकले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् । पाठक राजिनामा दिन केहीबेर अघि मात्रै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । यद्यपि राष्ट्रपति कार्यालय...
चट्याङ लागेर आमाछोरा घाइते

चट्याङ लागेर आमाछोरा घाइते

कञ्चनपुर, ३ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ । घरमै रहेका बेला दुबै जनालाई चट्याङ ल...
आजदेखि सुरु भयो एन्टि भ्यालेन्टाइन्स विक

आजदेखि सुरु भयो एन्टि भ्यालेन्टाइन्स विक

एन्टि–भ्यालेन्टाइन्स विक फेब्रुअरी १५ तारिखमा स्ल्याप डे (चड्कन हान्ने दिन) बाट सुरु भएर किक डे (लात हान्ने दिन), परफ्युम डे र फ्लर्टिङ डे समावेश छन् । साथै, यसमा कन्फेशन डे, मिसिङ डे र अन्तिम दिनमा ब्रेकअप डे समावेश छन् । यदि तपाईं माया, रोमान्सको कुरा सुनेर वाक्क हुनुभएको छ भने तपाईंलाई सायद यी कुराले मुड फ्रेश गर्न सक्लान् । यदि तपाईंले भ्यालेन्टाइन्स विकभरी कुनै व्यक्तिलाई आफ्नो माया, समय ...
विकास र पूर्वाधारको स्रोत पहिल्याउँदै प्रदेश नं ५ सरकार

विकास र पूर्वाधारको स्रोत पहिल्याउँदै प्रदेश नं ५ सरकार

बुटवल, ३ फागुन । एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका आधार खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ । अन्य प्रदेशमा झैँ मुख्यमन्त्री र प्रदेशमन्त्री सन्तुष्ट नभए पनि अगाडि बढेर विकास र समृद्धिका काम गर्ने दृढ सङ्कल्प सेलाएको देखिँदैन । प्रदेश सरकारले प्रदेशको विकास...
हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

काठमाडौँ, ३ फागुन । भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ । दक्षिण एशियाली फुटलबमा सधैँ उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समूहचरणमै पराजित गरेपछि नेपालले अन्तिम चरणमा...
गण्डक नहरको संरचना जीर्णः जुनसुकै बेला दुर्घटना हुन सक्ने

गण्डक नहरको संरचना जीर्णः जुनसुकै बेला दुर्घटना हुन सक्ने

वीरगञ्ज, ३ फागुन । गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ । करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको आवश्यक मर्मत सम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएको छ । प्रदेश नं २ को पर्सा, बारा एवं रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइ कृषि उत्पादकत्वमा अभिवृद्धि ग...
प्रदेश नं १ सरकारले सन्तोषजनक काम गरेको छ : प्रदेश प्रमुख प्रा तुम्वाहाङ

प्रदेश नं १ सरकारले सन्तोषजनक काम गरेको छ : प्रदेश प्रमुख प्रा तुम्वाहाङ

विराटनगर, ३ फागुन । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षको अवधिमा प्रदेशमा भएका कामको सराहना गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज यहाँ आयोजित प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित छन् भन्नुभयो । उहाँले जनताका चाहना र आवश्यकतामा केन्द्रित भएर काम गरेमा प्रदेशलाई समृ...
क्रसर बन्द गर्ने निर्णयले निर्माण प्रभावित

क्रसर बन्द गर्ने निर्णयले निर्माण प्रभावित

बर्दिवास, ३ फागुन । महोत्तरीमा जिल्ला समन्वय समिति महोत्तरीले क्रसर उद्योग बन्द गर्ने निर्णय गरेपछि यहाँका निर्माण कार्य प्रभावित हुने भएका छन् । सडक, भवन, पुलपुलेसा र सिँचाइ आयोजनासहित सर्वसाधारण नागरिकका निर्माण कार्य समितिको निर्णयले प्रभावित भएको हो । जिल्लामा सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारले सञ्चालन गरेका विकास निर्माणका धेरैजसो योजना, आयोजना र विकास पूर्वाधारको काम अघि बढाउन चाहिने ...
यो हो दुनियाकै मोटो दम्पत्ति

यो हो दुनियाकै मोटो दम्पत्ति

एजेन्सी ।  मोटोपन कति हानिकारक हुन्छ भन्ने कुरा अमेरिकाको मिसौरीमा बस्ने यो दम्पत्तिलाई जति सायदै अरु कसैलाई थाहा होला । ४२ वर्षका ली र उनकी ३९ वर्षकी पत्नी रेनाको नाउँमा विश्वकै सबैभन्दा मोटो दम्पत्तिको ताज छ । उनीहरुको वजन एउटा मिनी कार जत्तिकै रहेको छ । ली र रेनाको कहानी निकै रोचक छ । १० वर्षअघि उनीहरु आफ्नो वजन कम गर्नका लागि ठाउँ ठाउँमा डाक्टरकोमा धाइरहेका थिए । सोही क्रममा दुईजना बीच चिना...
आगलागी हुँदा पाँच लाख बराबर क्षति

आगलागी हुँदा पाँच लाख बराबर क्षति

तुलसीपुर, ३ फागुन । आज बिहान चट्याङ परेर आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीबाट घरमा रहेको महत्वपूर्ण कागजात, घर, घरमा रहेका काठ दाउरा नष्ट हुँदा र...
पाँच किलो बढी अवैध सुन बरामद

पाँच किलो बढी अवैध सुन बरामद

कञ्चनपुर, ३ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी सुन बरामद गरेको हो । प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुका...
ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प

ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प

काठमाडौँ,  ३ फागुन । ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ रिक्टर स्केलको भूकम्प गएको छ । साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । प...
सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु

सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु

सप्तरी, ३ फागुन । सप्तरीमा पहिलोपटक सिटीस्क्यान र सघन उपचार कक्ष (आइसीयु) सेवा शुरु हुने भएको छ । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले सिटीस्क्यान मेसिन जडानकार्य सम्पन्न गरेको अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले जानकारी दिनुभयो । ठाकुरले पाँच भेन्टिलेटरसहितको आइसीयु र पाँच सिसीयुसमेत जडान गरिएको बताउनुभयो । मेसिन नहुँदा सप्तरी जिल्लाका गम्भीर प्रकृतिका बिरामी आइसीयु सेवा र सिटीस्क्यान सेवा लिन...
अख्तियारका आयुक्तमाथि महाभियोग लगाउने सांसदकाे तयारी

अख्तियारका आयुक्तमाथि महाभियोग लगाउने सांसदकाे तयारी

काठमाडौँ, २ फागुन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले मुद्दा मिलाउने बहानामा ७८ लाख घुस लिएको सार्वजनिक भएपछि नेकपाले संसद्मा महाभियोग प्रस्ताव दर्ता गर्ने संकेत गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि बनेको अख्तियारकै जिम्मेवार व्यक्ति आयुक्त पाठकले घुस लिएको विषय सार्वजनिक भएको थाहा भएपछि नेकपाले सार्वजनिक पदको दुरुपयोग भएको भन्दै महाभियोग प्रस्ताव दर्ता गर्न लागेको हो ...
२०७५ फागुन ३ गते शुक्रबार/आजको राशिफल

२०७५ फागुन ३ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल फागुन ३ गते। शुक्रबार। इश्वी सन् २०१९ फेब्रुवरी १५ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्न...
मेथीका यति धेरै फाइदा

मेथीका यति धेरै फाइदा

भान्सामा तरकारी अचार बनाउँदा प्रायः मेथीका दाना पड्काउने गरिन्छ । त्यसका साथै यसको पातलाई सागको रूपमा तरकारी बनाएर खाने चलन पनि छ । मेथी शारीरिक स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । पोषणविद्हरूको दाबीअनुसार यसको नियमित सेवनले धेरै समस्याबाट छुटकारा पाइन्छ । यदि तपाईं यसको गुण थाहा नपाई सेवन गरिरहनुभएको छ भने अब थाहा पाउनुहोस् यसका फाइदाहरू : कब्जियत हुन दिँदैन : खानपिनको सौखिनहरूलाई प्रायः पेटको ...
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ : प्रधानमन्त्री

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँग जीवन्त सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ भएको ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ लाई सम्बोधन गर्दै उहाँले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानी मैत्री कानून बनाएको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकको विक...
मन्त्रिपरिषद् निर्णय : खेलाडीलाई पुरस्कारस्वरुप रु डेढ करोड प्रदान

मन्त्रिपरिषद् निर्णय : खेलाडीलाई पुरस्कारस्वरुप रु डेढ करोड प्रदान

काठमाडौँ, २ फागुन । सरकारले  क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारले राष्ट्रिय खेलकूद विकास वि...
शेयर बजार आठ विन्दुले घट्यो

शेयर बजार आठ विन्दुले घट्यो

काठमाडौँ, २ फागुन । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ विन्दुले घटेर २३६ दशमलव ९२ विन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल १६४ कम्पनीको ८० लाख ९५ हजार ७२ कित्ता शेयर रु दुई अर्ब १६ करोड ६५ ...
प्रदेश नं १ सरकारका एक वर्ष

प्रदेश नं १ सरकारका एक वर्ष

विराटनगर, २ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश सरकारको एक वर्ष अवधि पूरा भएको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विकास र सुशासनमा जनताले आशा र भरोसा गर्ने निकायका रुपमा प्रदेशलाई स्थापित गर्न एक हदसम्म सफल भएका छौँ भन्नुभयो । एक वर्षको अवधिमा प्रद...
खोटाङमा दुर्घटना न्यूनीकरण गर्न घुम्तीमा सडक ऐना

खोटाङमा दुर्घटना न्यूनीकरण गर्न घुम्तीमा सडक ऐना

खोटाङ, २ फागुन । सडक दुर्घटना न्यूनीकरण गर्न मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी–जयराम सडकखण्डका विभिन्न घुम्तीमा सडक ऐना राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी ओहोरदोहोर गर्ने क्रममा प्रयोग हुने एक मात्र जयराम–हलेसी सडकका विभिन्न १५ घुम्तीमा ‘स्ट्याण्ड’सहितको ठूलो सडक ऐना राखिएको हो । दैनिक हलेसी आवतजावत गर्ने अन्तरिक तथा बाह्य पर्यटक एवं दर्शनार्थी स...
प्रधानमन्त्रीद्वारा पानीजहाज कार्यालयको उद्घाटन

प्रधानमन्त्रीद्वारा पानीजहाज कार्यालयको उद्घाटन

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको शुरुआत र विकासका लागि ढोका खोलेको बताउनुभयो । नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको उहाँले औँल्याउनु...
अनिश्चयको भुमरीमा आठौँ राष्ट्रिय खेलकूद

अनिश्चयको भुमरीमा आठौँ राष्ट्रिय खेलकूद

काठमाडौँ, २ फागुन । प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठौँ  राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक अघिल्लो साता बस्यो, तर बैठकले मिति घोषणा गर्न सकेन । कार्यकारी समितिको बैठकले प्रतियोगिताका लागि अनुमानित बजेटलाई अन्तिम रूप दिए पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेन । बैठकले प्रतियोगिताका लागि प्रदेश छनोटको ...
‘भारत’ सलमानको करिअरको सबैभन्दा ठूलो रिलिज हुनेछ

‘भारत’ सलमानको करिअरको सबैभन्दा ठूलो रिलिज हुनेछ

एजेन्सी, मुम्बई । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ लाई वर्ष २०१९ को सबैभन्दा ठूलो रिलिज मानिएको छ । यो इदको छेकोमा रिलिज हुँदैछ । फिल्मको धमाकेदार टिजर सार्वजनिक भइसकेको छ, जसमा दबंग खानको कयौं लुक्स देखाइएको छ । अली अब्बास जफरले फिल्मको निर्देशन गरेका हुन् । यो फिल्मलाई लिएर एक ठूलो खबर बाहिर आएको छ । ‘भारत’ लाई अन्य भाषामा पनि डब गरेर रिलिज गर्ने तयारी भइरहेको छ । मुम्बई मिररको रिपोर्...
ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल भारत एउटै समूहमा

ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल भारत एउटै समूहमा

काठमाडौँ, २ फागुन । सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ । एशियाली फुटलब महासङ्घ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार दोस्रो चरणमा समूह ‘ए’ मा नेपाल, भारत र म्यान्मासँगै इन्डोनेशिया परेका छन् । यस समूहको सबै खेल आगामी अप्रिल १ देखि ९ सम्म म्यान्मामा हुनेछ । पहिलो चरणमा पनि यी तीनवटै राष्ट्रसहि...
व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ : राष्ट्रपति भण्डारी

व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, २ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भ...
‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण

‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण

सप्तरी, २ फागुन । प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढन जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गर्नुभयो । सो अवसरमा उहाँले भौतिक पूर्वाधारको विकासले मा...
पर्यटक भित्र्याउन पूर्वाधारमा जोड दिनुपर्छ : उपराष्ट्रपति पुन

पर्यटक भित्र्याउन पूर्वाधारमा जोड दिनुपर्छ : उपराष्ट्रपति पुन

कञ्चनपुर, २ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको आज विहान स्थलगत अवलोकन गर्नुभएको छ । सो अवसरमा उहाँले भौतिक पूर्वाधार निर्माण गर्न सके यहाँ आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका लागि उच्च सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि सम्बन्धीत सबैको सहयोग, समन्वय र सहकार्यको खाँचो रहेको ब...
राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्ने

राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्ने

काठमाडौँ, २ फागुन ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हिन्दू राष्ट्रको पुनःस्थापनालगायत विषयलाई अभियानका रुपमा सातै प्रदेशमा लैजाने भएको छ । मुलुकमा राष्ट्रियता कमजोर भएको र सामाजिक रुपान्तरण हुन नसकेको अहिलेको अवस्थामा पार्टीका आदर्शलाई देशभर पुर्याउने अभियान छिट्टै शुरु गर्न लागेको पार्टीले जनाएको छ । केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जबरा...
नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

काठमाडौँ, २ फागुन ।  नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश गर्याे । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का गर्याे । नेपालले उपाधिक...
मायालु डाँडामा प्रणय दिवस मनाउँन प्रेम जोडीको भीड

मायालु डाँडामा प्रणय दिवस मनाउँन प्रेम जोडीको भीड

गलेश्वर, २ फागुन । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त षँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य वृद्धि भएको स्थानीयवासी ...
error: Content is protected !!