विश्वकप छनोट : नेपाल–चीन भिड्दै

विश्वकप छनोट : नेपाल–चीन भिड्दै

काठमाडौँ, १३ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे शुरु हुने नेपाली टोलीका प्रशिक्षक विनोद दासले जानकारी दिनुभयो । आजको खेलमा चीनलाई पराजित गरे नेपाल विश्वकपको ...
उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १३ फागुन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आज शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा ...
युभेन्टस विजयी

युभेन्टस विजयी

एजेन्सी । इटालियन सिरिए लिगको शीर्ष टोली युभेन्टसले लिगमा अपराजित यात्रा कायमै राखेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालाई १–० गोलले हरायो । बोलोग्नाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका लागि पाउलो डिबालाले ६७औं मिनेटमा गोल गरेका थिए । बोलोग्नाले खेलको अन्तिमसम्म गोल फर्काउने मौका पाएपनि सफल भएन । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले पनि गोल गर्न...
उपत्यकामा हर्न कारवाही : एकैदिन १७१ सवारीसाधन कारवाहीमा

उपत्यकामा हर्न कारवाही : एकैदिन १७१ सवारीसाधन कारवाहीमा

काठमाडौँ, १३ फागुन । ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात ह...
पार्किङ गर्दा गाडीले किचेर दुई महिलाको मृत्यु,एक घाइते

पार्किङ गर्दा गाडीले किचेर दुई महिलाको मृत्यु,एक घाइते

धादिङ, १३ फागुन । आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिनुभएको जानकारीअनुसार बा२०च ६२२१ नंको बोलेरो जिप सडक छेउमा राख्न लाग्दा पसलमा कुरा गरी बसेका गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुन...
सुदूरपश्चिम प्रदेशमा तीन सय नयाँ कुष्ठरोगी

सुदूरपश्चिम प्रदेशमा तीन सय नयाँ कुष्ठरोगी

धनगढी, १३ फागुन । कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ । रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठरोगी फेला परेको अवस्थामा यो रोग निवारण भएको मानिन्छ । तर सुदूरपश्चिम प्रदेशका कैलाली, कञ...
सिर्जनको रोबोट प्रदर्शनीको आकर्षण

सिर्जनको रोबोट प्रदर्शनीको आकर्षण

काभ्रेपलाञ्चोक, १३ फागुन । पाँचखाल नगरपालिका–४ पाँचखालस्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट बनाएका छन् । सिर्जनले बनाएको रोबोटले अहिले उनकै विद्यालयको तीनदिने शैक्षिक प्रदर्शनी एवं मेलामा आकर्षण बढाएको छ । उनको रोबोटले अङ्गे्रजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ । मेलामा अवलोकन गर्न आएका विभिन्न विद्याल...
मधुमल्ला तोरीबारी सडक खण्डमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

मधुमल्ला तोरीबारी सडक खण्डमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, १३ फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । ठक्कर दिने ट्याक्टरलाई नियन...
झापाको भद्रपुर नगरपालिका–३ मा बहुला कुकुरले टोकेर दुहुना गाई मरे

झापाको भद्रपुर नगरपालिका–३ मा बहुला कुकुरले टोकेर दुहुना गाई मरे

भद्रपुर, १३ फागुन । झापाको भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि रेबिज लागेर मरेका हुन् । वडा नं ३ सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बौलाएपछि सन्थाल बस्तीमा सबैभन्दा बढी चौपाय मरेको भद्रपुर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक गणेश भट्ट...
२०७५ फागुन १३ गते सोमबार/आजको राशिफल

२०७५ फागुन १३ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल फागुन १३ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी २५ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइ...
धनकुटामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

धनकुटामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

धनकुटा, १२ फागुन । धनकुटाको महालक्ष्मी नगरपालिका–८ याङ्लाबुङमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जितपुर–याङ्लाबुङ सडक खण्डमा ना.४ त.९६५४ नम्बरको ट्याक्टर पल्टिएको हो । दुर्घटनामा परी ट्याक्टर चालक महालक्ष्मी–८ का २७ बर्षीय बालकुमार पुलामी मगर र ११ बर्षीय अनिल मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी सोही स्थानका ३८ बर्...
आफ्नै ट्याक्सीमा युवक मृत भेटिए

आफ्नै ट्याक्सीमा युवक मृत भेटिए

भक्तपुर, १२ फागुन । सूर्यविनायक नगरपालिका–८ सिपाडोल आदर्श बस्ने २६ वर्षीय निकेश भुजु आफैँले चलाउने ट्याक्सीमा मृत अवस्थामा फेला परेका छन् । आफैँले चलाउँदै आएको बा५च ६४२१ नंको ट्याक्सी बनाउने भन्दै घरबाट बिहान निस्किएका भुजुलाई प्रहरीले भक्तपुर नगरपालिका–८ लिवालीमा रोकिराखेको आफ्नै गाडीभित्र मृतावस्थामा भेटेको महानगरीय प्रहरी परिसरले जनाएको छ । बिहान निस्किएका श्रीमान् घर नआएका र मोबाइलसमेत सम्...
बहुविवाहका आरोपी पक्राउ

बहुविवाहका आरोपी पक्राउ

जुम्ला, १२ फागुन । तिला गाउँपालिका–३ स्यालालुम सेराका ३० वर्षीय मिथुन भट्टराईलाई बहुविवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दिग्तेल नगरपालिका–४ खोटाङकी ३५ वर्षीया अमृता रायमाझीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले काठमाडौँको नागढुङ्गामा पक्राउ गरी शनिबार जुम्ला ल्याएको हो । पीडित २८ वर्षीया पुष्पा भट्टराईले पतिले बहुविवाह गरेको आरोपमा गत माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रह...
प्रदेश १ मा ३६ अस्पताल निर्माण गरिने

प्रदेश १ मा ३६ अस्पताल निर्माण गरिने

सोलुखुम्बु, १२ फागुन । प्रदेश नं १ का १४ जिल्लामा ३६ वटा १५ श्ययाका अस्पताल निर्माण हुने भएका छन् । बिहीबार सम्पन्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीस्तरीय बैठकले देशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने नीतिगत निर्णय गरेअनुसार प्रदेश नं १ मा ३६ वटा अस्पताल निर्माण हुने भएका हुन् । देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २१३ स्वास्थ्य...
ठगी मुद्दाका प्रतिवादी कारागार चलान

ठगी मुद्दाका प्रतिवादी कारागार चलान

काठमाडौँ, १२ फागुन ।  वैदेशिक रोगजारसम्बन्धीको ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज कारागार चलान भएका छन् । शुक्रबार पक्राउ परेका सिन्धुपाल्चोक शिखरपुर घर भई हाल काठमाडौँ बुद्धनगर बस्ने भीमप्रसाद दाहाललाई आज काठमाडौँ जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०७४ पुस ३० गतेको फैसलाले दोषी ठहर भ...
शिक्षक बनाइदिने भन्दै घुस मागेपछि

शिक्षक बनाइदिने भन्दै घुस मागेपछि

काठमाडौँ, १२ फागुन । शिक्षक पदमा नियुक्ति दिने भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यले एक युवकसँग घुस लिएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक शिक्षकमा नियुक्ति गरिदिने भन्दै घुस लिएको अभियोगमा विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ । उक्त अभियोगमा कपिलवस्तु यशोधरा गाउँपालिका–३ कृष्ण धार्मिक माविका विद्यालय व्यवस्थापन समितिका सदस्य विजयनाथ चोवेलाई पक्राउ गर...
मेवा खाँदा हुन्छन् यी फाइदा

मेवा खाँदा हुन्छन् यी फाइदा

एजेन्सी । जुनसुकै मौसम होस्, स्वास्थ्यका लागि ध्यान दिनु निकै जरुरी हुन्छ । र, यसका लागि मेवा खानु फाइदाजनक हुन्छ । आयुर्वेदिक नजरमा पनि मेवा अत्यन्त खास फल हो । मेवा खानाले शरीरको रगत शुद्ध हुने मात्र होइन, पेटदेखि लिएर छालासम्म राम्रो हुन्छ । मेवा भिटामिन युक्त हुन्छ र यसले एन्टी अक्सिडेन्ट तथा फाइबरको पनि काम गर्छ । रगत जम्नबाट रोक्ने मेवाले मुटुका अनेक रोगबाट पनि टाढा राख्न सहयोग गर्छ । द...
भोजपुरमा पूर्ण क्षति भएका ६५१ घर निर्माण

भोजपुरमा पूर्ण क्षति भएका ६५१ घर निर्माण

भोजपुर, १२ फागुन । जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका ६५१ वटा घरको पुनः निर्माण सम्पन्न भएको छ । लाभग्राही सूचीमा परेका पाँच हजार ७४९ पीडितमध्ये हालसम्म ६५१ जनाले घर निर्माण कार्य सम्पन्न गरी तेस्रो किस्ता बापतको भुक्तानी लिएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । त्यस्तैगरी पाँच हजार १४१ ले पहिलो र तीन हजार ५२५ ले दोस्रो किस्ताको रकम लिएको कार्यालयले जनाएको छ । प्रबलीकरणतर्फ परेको ४५३...
पसिनाको दुर्गन्ध हटाउन के गर्ने ?

पसिनाको दुर्गन्ध हटाउन के गर्ने ?

गर्मीमा हाेस् या जाडाेमा हिँडडूल धेरै गर्दा मानिसहरुमा पसिना आउनु स्वाभाविक हाे । तर शरीरको काखी तथा खुट्टामा यही पसिनाका कारण बढी दुर्गन्ध फैलिने हुन्छ । यो समस्याले मानिसहरु हैरान भएका हुन्छन् । यसबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपायः १. कागतीको रसको प्रयोग कागतीलाई आधा गरी काटेर काखीमुनि दल्ने गर्नाले पसिनाको दुर्गन्धलाई अलि कम गर्छ । साथै जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोक्ने ...
चीनमा खानीे दुर्घटनामा २१ जनाको मृत्यु

चीनमा खानीे दुर्घटनामा २१ जनाको मृत्यु

होहोट, १२ फागुन । चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदूर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरु २९ जना घाइते भएका छन् । जस्ता र चाँदीको खानीमा स्थानीय समयअनुसार बिहान ८.२० मा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । चीनका कोइला समेतका अरु खानीहरु मानवका लागि विश्वमै निकै जोखिमपूर्ण म...
‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्ने

‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्ने

सन् २००९ सेप्टेम्बर ११ मा प्रदर्शनमा आएको अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल निर्माण हुने भएको छ । एक दशकपछि निर्माण हुन लागेको सिक्वेललाई आइकोर फिल्मस् (प्रभु सम्सेर राणा) ले निर्माण गर्नेछ । लिड रोलमा आर्यन र नम्रता दोहोरिन्छन् वा दोहोरिँदैनन् ? त्यो भने तय भएको छैन । ‘मेरो एउटा साथी छ’ बाट निर्देशक सुदर्शन थापाले निर्देशनमा डेब्यू गरेक...
जेठमा पल र नाजिरको ‘विर विक्रम २’

जेठमा पल र नाजिरको ‘विर विक्रम २’

निर्देशक मिलन चाम्सले आफू निर्मित चलचित्र ‘विर विक्रम २’को प्रदर्शन मिति घोषणा गरेका छन् । यो बर्ष नै रिलिज हुन्छ भनेर चर्चामा रहेको चलचित्र ‘विर विक्रम २’ यो बर्ष नआउने भएको छ । यो चलचित्रलाई आउँदो बर्षको जेठ ३ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । नायक पल शाहको जन्मदिनको अवसरमा चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा पहिले नै नायक आयुष्मान देशराज जोशी र नायिका प्र...
क्रिकेट : नेपालद्वारा हङकङ पराजित

क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ, १२ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको लिग चरणको खेलमा हङकङले दिएको ६३ रनको सामान्य लक्ष्यलाई नेपालले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि अप्सरा बेगमले सर्वाधिक २४...
प्रदेश लोकसेवा आयोग विधेयक पारित

प्रदेश लोकसेवा आयोग विधेयक पारित

काठमाडौँ, १२ फागुन । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कानून, न्या...
मौरी घारमै मर्न थाले

मौरी घारमै मर्न थाले

हुम्ला, १२ फागुन । हिमाली जिल्लामा हिउँदको दुई महीना लगातार हिमपात हुँदा चरन अभाव र चिसोका कारण जिल्लाका कृषकले पालेका मौरी मर्न थालेका छन् । स्थानीय जातका मौरी पालेर जीविकोपार्जन गरिरहेका कृषक मौरी मर्न थालेपछि चिन्तित बनेका छन् । दुई महीनायता जिल्लाका उच्च हिमाली क्षेत्रमा रहेको नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका कृषकले पालेका मौरी घारभित्रै मरिरहेको मौरीपालक कृषक जय शाहीले बताउनुभयो । ...
शेयर बजार : दोहोरो अङ्कले घट्यो

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १२ फागुन । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीको छ लाख ९८ हजार ५४२ कित्ता शेयर रु २० करोड ९९ ल...
भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुग्यो

गुवाहाटी, भारत, १२ फागुन । थप ३५ भन्दा बढी मजदुरहरुको मृत्यु भएपछि भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ । भारतको आसाम राज्यमा भएको यस घटनामा परी बिरामी भएका दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । मृत्यु भएका र बिरामी भएका सबै आसामको चिया बगानमा काम गर्ने मजदूरहरू हुन् । मृत्यु हुनेक्रम गत बिहीबार देखि सुरु भएको थियो । स्थानीय सञ्चारमाध्...
एकैचोटी धेरै विद्यार्थी बिरामी

एकैचोटी धेरै विद्यार्थी बिरामी

रुकुम (पूर्व), १२ फागुन । रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन् । आज बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताउनुभयो । बिहीबार...
अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १२ फागुन । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ने...
भारतीय गोलभेडाले नेपाली गोलभेडा बिकेन

भारतीय गोलभेडाले नेपाली गोलभेडा बिकेन

वीरगञ्ज, १२ फागुन । सरुहठ्ठा–९ रौतहटका किसान मो. उस्मानले उत्पादन गर्नुभएको गोलभेडा बिकाउन नसक्दा यसवर्ष उहाँ आर्थिक मारमा पर्नुभएको छ । अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातका कारण उहाँको व्यापरमा प्रत्यक्ष असर परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजार गोलभेडको मुख्य बजार हो । तरकारी खेतीका लागि उर्वर भूभि मानिएको सर्लाहीमा यसवर्ष गोलभेडा...
जबर्जस्ती करणीका अधिकांश पीडक पक्राउ

जबर्जस्ती करणीका अधिकांश पीडक पक्राउ

चितवन, १२ फागुन । जिल्लामा भएका जबर्जस्ती करणीका अधिकांश पीडकहरु पक्राउ गर्न प्रहरी सफल भएको छ । जबर्जस्ती करणीका घटना बढ्दै गएपछि त्यस्ता अपराधी माथि तत्काल निगरानी गरी अनुसन्धान तीब्र गर्ने गरेकाले पीडक पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार साउनयता जिल्लामा जबर्जस्ती करणीका ३१ घटना भएका छन् । यी घटनामा ३७ जना पीडक पक्राउ परेका छन् । गत...
error: Content is protected !!