भक्तपुर, १२ फागुन । सूर्यविनायक नगरपालिका–८ सिपाडोल आदर्श बस्ने २६ वर्षीय निकेश भुजु आफैँले चलाउने ट्याक्सीमा मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

आफैँले चलाउँदै आएको बा५च ६४२१ नंको ट्याक्सी बनाउने भन्दै घरबाट बिहान निस्किएका भुजुलाई प्रहरीले भक्तपुर नगरपालिका–८ लिवालीमा रोकिराखेको आफ्नै गाडीभित्र मृतावस्थामा भेटेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

बिहान निस्किएका श्रीमान् घर नआएका र मोबाइलसमेत सम्पर्क नभएपछि श्रीमती सिर्जनाले प्रहरीलाई जानकारी गराइ आफैँलेसमेत खोजी गर्ने क्रममा लिवालीमा गाडी देखेपछि प्रहरी पुग्दा अचेत अवस्थामा भुजुलाई देखी भक्तपुर अस्पताल लैजाँदा मृत्यु भइसकेको जानकारी गराइएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी र श्रीमती सिर्जना लिवाली पुग्दा ट्याक्सी नजिकबाट भाग्दै गर्दा चार जनालाई प्रहरीले पक्राउ गरी अनुसधान शुुरु गरेको उहाँले जानकारी दिनुभयो । पक्राउपर्नेमा चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङ हापुर गाउँपालिका– ४ का १९ वर्षीय भूपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका– १ ट्याङ्थली घर भई हाल चाँगुनारायण– ९ ताँथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र ताँथलीकै २१ वर्षीय सुकु भन्ने राज वनमाला रहेका छन् । प्रहरीले शव परीक्षण गर्न शिक्षण अस्पताल पठाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!