संगालोखबर सम्वाददाता

धनकुटा, १२ फागुन । धनकुटाको महालक्ष्मी नगरपालिका–८ याङ्लाबुङमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जितपुर–याङ्लाबुङ सडक खण्डमा ना.४ त.९६५४ नम्बरको ट्याक्टर पल्टिएको हो ।

Advertisement

दुर्घटनामा परी ट्याक्टर चालक महालक्ष्मी–८ का २७ बर्षीय बालकुमार पुलामी मगर र ११ बर्षीय अनिल मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी सोही स्थानका ३८ बर्षीय छबिलाल पुलामी मगर घाईते भएका छन् ।

सिधुवा स्वास्थ्य चौकीमा घाईते मगरको उपचार भईरहेको छ । टर्निङग मोडेर ब्याक गरी फर्काउँने क्रममा ट्याक्टर सडकबाट करिव १ सय ५० मिटर तल खसेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!