होहोट, १२ फागुन । चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ ।

Advertisement

अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदूर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरु २९ जना घाइते भएका छन् । जस्ता र चाँदीको खानीमा स्थानीय समयअनुसार बिहान ८.२० मा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

चीनका कोइला समेतका अरु खानीहरु मानवका लागि विश्वमै निकै जोखिमपूर्ण मानिन्छ । चीनमा बर्सेनि सयौंको खानी दुर्घटनामा परेर मृत्यु हुने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!