संगालोखबर सम्वाददाता

धनकुटा, २९ माघ ।  धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले बिभिन्न क्षेत्रमा योगदान पुर्याउँने व्यक्तिहरुलाई २० औं बार्षिकोत्सवको अवसर पारेर सम्मान गरेको छ ।

Advertisement

भाषा साहित्यमा योगदान पुर्याएको भन्दै गर्गाचार्य पुस्तकालयका संस्थापक अध्यक्ष टिकाप्रसाद लामिछाने, २०७४ सालको एसइइ परीक्षामा सर्वोकृष्ठ अंक ल्याउने विद्यालय तर्फ त्रिवेणी माविका प्रधानाध्यापक ईश्वरीप्रसाद अघिकारी र मुलुककै सुन्दर सहर बनाउन सहयोग पुर्याउँने नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाललाई सम्मान गरिएको हो ।

त्यस्तै खेलकुद क्षेत्रमा योगदान पुर्याउने कराते प्रशिक्षक डिप्लप राई, सर्वोकृष्ट खेलाडीहरु समिक्षा श्रेष्ठ, सृजना थापा, लोकेन्द्र राई, पत्रकार विकास घिमिरे, मोहन विस्कुट उद्योगका महोन शंकर श्रेष्ठ, पुराना तथा उत्कृष्ठ उद्यमी जय बोगटी, स्वास्थ्य क्षेत्रका विरेन्द्र कुमार श्रेष्ठ र सामाजिक व्यक्ति श्यामराजा शाहलाई सम्मान गरिएको हो ।

त्यस्तैगरी इन्स्टिच्यूटले उत्कृष्ठ कर्मचारीको रुपमा धिरेन मरिक, राजन कुमार लिम्बु र सिएमए तर्फ संदिव कुमार यादव, एएनएम तर्फ पासाङ्ग ल्हमु शेर्पा र एचए तर्फ सुजन चौंहानलाई उत्कृष्ट अंक ल्याएवापत पुरस्कृत गरिएको इन्स्टिच्यूटका कर्मचारी हुमा सुब्बाले बताए ।

प्रदेश सांसद निरन राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, इन्स्टिच्यूटका सल्लाकार नारायण जोशी, निर्देशक रामनारायण प्रसाद रामा, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, धनकुटा अस्पतालका प्रमुख डा.अमिताप ठाकुर, शिक्षा समन्वय इकाईका प्रमुख रामवहादुर थापा लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी उनीहरुलाई सम्मानित गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!