दसैँमा सिनेमा हल खुल्ने

दसैँमा सिनेमा हल खुल्ने

काठमाडौं । चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ । नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण दसैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ । ” नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले ...
दीर्घरोगीका लागि एक लाख डोज फाइजर खोप दसैँअगावै ल्याइने

दीर्घरोगीका लागि एक लाख डोज फाइजर खोप दसैँअगावै ल्याइने

काठमाडौं । एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ ।  आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल कर्णले खोप छिट्टै आउने जानकारी दिए । उनका अनुसार खोप अस्पताल...
नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि  भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी  लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे  कम्पनीसँग खरिद गरी दुई सेट रेल ...
काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना: घर छाड्ने भए प्रहरीलाई खबर गर्नुस्

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना: घर छाड्ने भए प्रहरीलाई खबर गर्नुस्

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि चेकप्वाइन्ट राख्ने र व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ । यस्तै, प्रहरीले दसैंमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि आग्रह गरेको छ । महानगरीय प...
तमसुकमा बिहे, वडामा तलाक

तमसुकमा बिहे, वडामा तलाक

सिरहा । सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो। विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी र दुई साक्षीले हस्ताक्षर गरे। दैन मोहर १ लाख ५१ हजार ७ सय ८६ रुपैयाँमा बिहे सम्पन्न भएको उक्त लिखतमा उल्लेख छ। सुन–चाँदीका गहनादेखि दाइजोको ६६ प्रकारका सामान दाइजो दिएको विवरण समेटिएको छ। जसमा लेखिएको...
‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्काे आलोचनासमेत गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसद्मा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ घोषण...
प्रविधिमैत्री बन्दै स्थानीय तह

प्रविधिमैत्री बन्दै स्थानीय तह

काठमाडौं । सरकारले तीव्र रूपमा विस्तार गरेको सूचना प्रविधिको विकास र विस्तारसँगै स्थानीय तह क्रमिक रूपमा प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच र विस्तार बढ्दै गएपछि स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले दुर्गम स्थानीय तहमा पनि इन्टरनेटको पहुँच विस्तार भएसँगै अहिले स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएको...
चरेस कारोबारको नयाँ शैली: चकटी र डायरीमा राखेर विदेशमा व्यापार, गिरोह नै पक्राउ

चरेस कारोबारको नयाँ शैली: चकटी र डायरीमा राखेर विदेशमा व्यापार, गिरोह नै पक्राउ

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको खुलेको हो । ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न नौ जनाको गिरोहलाई सार्वजनिक गरेको छ । कपनस्थित हस्तकलाका सा...
मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारूढमध्येको एकघटक जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत गरेको हो । प्रधानमन्त्री देउवाले सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दासमेत सरकार विस्तार छिट्टै हुने...
सर्वस्वीकार्य बन्न नसकेको विभूषण

सर्वस्वीकार्य बन्न नसकेको विभूषण

काठमाडौं । ‘देश र जनताका लागि उल्लेखनीय कार्य गरेको’ भन्दै यो वर्ष संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदक दिने घोषणा ग-यो । यो संख्या गत वर्षभन्दा ३ सय ५९ ले बढी हो । गत वर्ष ५ सय ९४ जनालाई विभूषण दिइँदा सुरुका विभिन्न पाँच तहका मानपदवी कसैलाई पनि दिइएको थिएन । महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी, की...
हनिट्रयापमा पार्दै, पैसा असुल्दै

हनिट्रयापमा पार्दै, पैसा असुल्दै

दाङ । दुई महिलाले गत असार ६ गते एक पुरुषलाई रेस्टुराँमा बोलाए। तीमध्ये एक जनाले फोनमा भनेकी थिइन्, ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे।’ रेस्टुराँमा बसी मुद्दाको कुरा गरे। तर, निस्किने बेला ती पुरुषले जबरजस्ती करणीको मुद्दा खेप्नुपर्ने धम्की पाए। विवाद त्यतिमै सीमित रहेन। भोलिपल्ट ती महिलाले प्रहरीमा जाहेरी दिने भन्दै ५० लाख रुपैयाँको बार्गेनिङ गरिन्। पीडितले तत्काल...
प्रदेश–१ को मुख्यमन्त्रीमा तीन जनाको दाबी

प्रदेश–१ को मुख्यमन्त्रीमा तीन जनाको दाबी

विराटनगर । असोज २२ गते प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । विश्वासको मत लिने समयलाई पछि धकेलेर भदौ ३० गते मुख्यमन्त्री भीम आचार्यले ​मन्त्रीमण्डल विस्तार गरेपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । विश्वासको मत लिने समयअघि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने विपक्षी गठबन्धनको तयारी छ । नेकपा माओवादी केन्द्र प्रदेश–१ संसदीय दलका...
५ सय २३ जनाको कैद कट्टा, आठ जनालाई माफी

५ सय २३ जनाको कैद कट्टा, आठ जनालाई माफी

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५२३ जनाको कैद कट्टा गरेकी छन्। राष्ट्रपती भण्डारीले ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी हुन्। 'असोज ३ गतेबाट लागू हुने गरी हर्कबहादुर राईसमेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा भएको छ', राष्ट्रपती कार्यालयले शनिबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'राष्ट्रपति कार्यालयका...
रेल रोकिएको रोकियै

रेल रोकिएको रोकियै

जनकपुधाम । गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर धुजाधुजा भएका छन्। छोपिएको रेल नांगिएको छ। अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन। धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा पहेलो पाल ओढाएर राखिएको रेल अलपत्र जस्तै बनेको छ। कर्मचार...
एकै दिन १५ अर्ब खर्च

एकै दिन १५ अर्ब खर्च

काठमाडौं । विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले दुई महिनाको अवधिमा करिब डेढ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८ /७९ को बितेका दुई महिना साउन र भदौमा मात्र १ खर्ब ६८ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्...
महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन् । कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छन् । पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । उनको गु...
महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ । तर, यी प्रमुख चाड नेपाली जनताका लागि सुखद् बन्ने स्थिति देखिँदैन । बढ्दो महँगीका कारण अधिकांश जनता सहज ढंगले यी चाड मनाउन सक्ने अवस्थामा छैनन् । एकातिर कोरोना महामारीका कारण उपभोक्तासँग पैसा छैन, त्यसमा पनि दिन प्रतिदिन बढ्दो महँगी । यो अवस्थामा महँगी नियन्त...
देउवा सरकारको दुई महिना: चार मन्त्री र एक राज्यमन्त्रीको भरमा चल्दै सरकार

देउवा सरकारको दुई महिना: चार मन्त्री र एक राज्यमन्त्रीको भरमा चल्दै सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । २९ असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि पाँच मन्त्रीकै भरमा चल्दै आइरहेको छ । सत्ता गठबन्धनभित्रको किचलो र आन्तरिक व्यवस्थापनमा देखिएको चुनौतीपछि २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली कांग...
गठबन्धनमा सहमति नजुट्दा देउवा तनावमा

गठबन्धनमा सहमति नजुट्दा देउवा तनावमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए । पाँच दलीय गठबन्धनबाट प्रध...
संखुवासभा हत्याकाण्ड: अनुसन्धानमा सहयोग गर्ने नै हत्याका अभियुक्त

संखुवासभा हत्याकाण्ड: अनुसन्धानमा सहयोग गर्ने नै हत्याका अभियुक्त

संखुवासभा । मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए। उनले बडाबाबु (तेजबहादुर कार्की)सहित ६ आफन्त गुमाउनुपरेकोमा बिलौना गर्ने गरेका थिए। तेजबहादुरको कोहीसँग रिसइबी नभएको, मिलनसार भएको बताउने गरेका थिए। सामाजिक काममा अग्रसर भएर काम गर्...
एमसीसी अघि बढाउन तयार छु: प्रधानमन्त्री देउवा

एमसीसी अघि बढाउन तयार छु: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउन आफूले राजनीतिकस्तरमा छलफल जारी राखेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार अपराह्न प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलबीच भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन आफू तयार रहेको स्पष्ट पारेका हुन् ।...
रेलमा साढे १९ अर्ब खर्च, २ प्रतिशत प्रगति

रेलमा साढे १९ अर्ब खर्च, २ प्रतिशत प्रगति

काठमाडौं । सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएकोे छ । नेपालमा आर्थिक वर्ष २०६६-६७ बाट सुरु भएको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा आर्थिक वर्ष २०७६-७७ सम्ममा साढे १९ अर्ब खर्च भइसकेको छ । तर, भौतिक प्रगति भने २ प्रतिशत मात्रै रहेको हो । सरकारी पक्षबाटै भएको उदासीनता तथा ढिलासुस्ती तथा यससम्बन्धी सरकारको...
विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

काठमाडौं । पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पुँजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ । सरकारले विकास निर्माणमा तत्परता देखाएर ढिलासुस्ती तथा अनियमितता हटाउँदै पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा ठीक उल्टो देखिएको छ । देश लोकन्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि सरकारको बागडोर सम्हाल्न पुगेको राजनीतिक दल तथा नेताहरूले व्यवहार र कार्यशैली पुरानै ढर्रामा चल्दा देशले विकासका रूपमा गत...
संखुवासभा हत्या प्रकरण: नगद र गरगहना सुरक्षित, हत्या रहस्यमय

संखुवासभा हत्या प्रकरण: नगद र गरगहना सुरक्षित, हत्या रहस्यमय

संखुवासभा । बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको  पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो। तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ। प्रारम्भिक आशंकाले मेल नखाएपछि हत्या ‘रहस्यमय’ बनेको छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमा...
एमसीसीमा सत्ता गठबन्धनमै फरक मत

एमसीसीमा सत्ता गठबन्धनमै फरक मत

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धनमा नै दुई धार देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित जसपाले अझै पनि सकारात्मक हुने संकेत देखाएका छैनन् । ती दल एमसीसीमा केही संशोधन हुनुपर्ने पक्षमा छन् । यस्तै, सत्तारूढ घटकमध्येकै एक दल राष्ट्रिय जनमोर्चासमेत एमसीसीको...
अनलाइनबाट ठग्ने बढ्दै

अनलाइनबाट ठग्ने बढ्दै

घटना १ ४० वर्षीया रीता हमाल ‘नाम परिवर्तन’ अहिले निकै तनावमा छिन्। एकजना भारतीय नागरिकलाई ‘अनलाइन’ मा विश्वास गरेबापत उनी ‘डिप्रेसन’ मा गइसकेकी छिन्। आफ्नो खाता प्रयोग गरेर अरू कसैले ९५ लाख रुपैयाँभन्दा बढी ‘ठगी’ कारोबार गरेपछि रीता मानसिक तनावमा परेकी हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनको भारतमा बस्ने एक युवकसँग चिनजान भयो। उनले नेपाल र भारतमा चल्ने एटीएम आवश्यक परेकाले सहयोग गर्न महिलालाई आ...
छोरीलाई मृतक बाबुको अनुहारसमेत हेर्न दिइएन

छोरीलाई मृतक बाबुको अनुहारसमेत हेर्न दिइएन

झापा । राति ११ बजे मृत्यु भएका बाबुुको खबर उनले बिहान ७ बजे मात्रै माइतीतर्फका छिमेकीले फेसबुकमा पोस्ट गरेको देखेपछि मात्र थाहा पाइन् । आफूलाई जन्म दिनको बाबुको निधनको खबर, सामाजिक सञ्जालबाट थाहा पाउँदा कस्तो होेला ? तैपनि उनले आफूलाई सम्हालिन् । जन्म ब्राह्मणको घरमा, विवाह दलितसँग, तैपनि सीता ढुंगाना विश्वकर्माले रुँदै हतारहतार छिमेकीलाई फोन गर्दै भनिन्, ‘मलाई जन्म दिने बाबु हो, अन्तिमपटक भए प...
स्वास्थ्यकर्मीले पाएनन् दुई वर्षदेखि कोभिड जोखिम भत्ता

स्वास्थ्यकर्मीले पाएनन् दुई वर्षदेखि कोभिड जोखिम भत्ता

काठमाडौं । धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । धुलिखेलबाहेक केही स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता प्राप्त गर्न नसकेको पाइएको छ । दुई चरणकै संक्रमणमा जोखिम भत्ता प्राप्त गर्न नसकेका स्वास्थ्यकर्मी कर्मचारीले तेस्रो चरणको संक्रमण आयो भने कसरी कार्य क्षेत्रमा खटिन सक्लान् चिन्ताको विषय ब...
कोरोनाका कारण मानसिक रोग: बालबालिकामा देखिन थाल्यो समस्या

कोरोनाका कारण मानसिक रोग: बालबालिकामा देखिन थाल्यो समस्या

काठमाडौं । दुई वर्षयता विश्वभरि फैलिएको कोभिड–१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन्। टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेतरोक लगाइएको छ। लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या बढिरहेको पाइएको छ। एक साताअघि काठमाडौंकी १३ वर्षीया बालिकाले पत्तीले हात काटेर आत्महत्या गर्ने प्रयास गरेपछि अभिभावकले उपचारका लागि कान्ति...
एमसीसीबारे स्पष्ट पार्न अमेरिकालाई पत्र

एमसीसीबारे स्पष्ट पार्न अमेरिकालाई पत्र

काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विवादित विषयबारे स्पष्ट पार्न अमेरिकालाई पत्र पठाएको छ । एमसीसीमा भएका विवादित विषयबारे चर्चा चलिरहेको अवस्थामा सरकारले अमेरिकालाई पत्र पठाएको हो । नेपालमा एमसीसीबारेमा तीव्र विरोध हुँदै आएको छ । शुक्रबार सरकारले एमसीसी सम्झौताबारे उठेका विवादित विषयबारे प्रस्ट्याउन अमेरिकी दूतावासमार्फत पत्र पठाएको हो । अर्थ मन्त्रालयले...
संवैधानिक मुद्दाको सुनुवाइ ‘अनिश्चित’

संवैधानिक मुद्दाको सुनुवाइ ‘अनिश्चित’

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने कि नबस्ने पहिला टुंगो लगाउन बिहीबार अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको अन्तरिम आदेशसँगै यस्ता मुद्दाको सुनुवाइ अनिश्चित भएको छ। संवैधानिक परिषद्का अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकले मंसिर र माघमा संवैधानिक निकायहरूमा नियुक्ति गरेको थियो। अध्यादेश ल्याएर गरिएको नियुक्तिमा प्रधानन्यायाधीश च...
error: Content is protected !!