- पत्रपत्रिका खबर

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि  भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी  लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

Advertisement

नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे  कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल सोही दिन धनुषाको इनर्वा रेल्वे स्टेसनमा त्रिपालले छोपेर थन्काइएको थियो ।

खरिद गरेको एक वर्ष पूरा भएपछि उक्त रेलको इन्जिन र बोगीको  वारेन्टी असोज ३ गते सकिएको महाप्रबन्धक झाले बताएका छन् ।  रेलको अनुगमन हुन  बाँकी छ, बाहिरबाट हेर्दा ठीकै देखिन्छ । कानुन  अभावमा रेल सञ्चालन हुनसकेको छैन । कानुन आएपछि प्राविधिक टोली बोलाई रेल सञ्चालनमा ल्याइन्छ, प्रबन्धक झाले भने । किनेका  दुवै सेट रेलको गत वर्ष नै ट्रायल गरिए पनि सञ्चालनमा आउने भने  कुनै छाँटकाँट देखिँदैन । – आजको गोरखापत्र दैनिकमा समाचार छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!