काठमाडौँ, २८ कात्तिक । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ ।

Advertisement

आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सचिवालयसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो ।

संसोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सुचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका दुई महिना पर सरेको थियो । ‘आयोगले एकै पटक यति ठूलो संख्यामा विज्ञापन गर्न लागेको पहिलो हो’, सुवेदीले भने, ‘संघ, प्रदेश र स्थानीय तहका लागि धेरै कर्मचारी आवश्यक छन् ।’

आयोगले गतवर्ष शाखा अधिकृतदेखि सहसचिवसम्म १ हजार ९ सय ७० संख्यामा विज्ञापन मागेको थियो । यस वर्ष भने त्योभन्दा पनि बढीको संख्यामा आवेदन खुल्ने सुवेदीले बताए । यो खबर आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।

आयोगले मंगलबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, न्यायसेवा आयोग र व्यवस्थापिका संसद्लाई आवश्यक कर्मचारी माग्दै विवरण पठाउन परिपत्र गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!