दुई सातापछि मेलम्चीको पानी घरघरमा

दुई सातापछि मेलम्चीको पानी घरघरमा

काठमाडौं । मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौंवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबा...
चैतबाट प्रहरीमा समायोजन प्रक्रिया

चैतबाट प्रहरीमा समायोजन प्रक्रिया

काठमाडौं । नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले आगामी  चैतबाट  कार्यान्वयनमा  ल्याउने  गरी प्रहरी समायोजन गृहकार्य सुरु गरेको हो । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विभिन्न कारणले  अवरुद्ध  प्रहरी  समायोजनका  लागि कानुनी तथा प्राविधिक रूपमा यसअघि नै बाटो खुला  भइसकेकाले  समायोजन  प्रक्रिया  अब नलम्बिने बताए । “समायोजनको सुरुवात...
नेकपाबाट जितेका ४६ जना कताका ?

नेकपाबाट जितेका ४६ जना कताका ?

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण बदर गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएको छ। त्यसमाथि नेकपाको आधिकारिकतासमेत ऋषिराम कट्टेललाई दिएपछि यी जनप्रतिनिधिको हैसियत के हुने भन्ने प्रश्न उब्जिएको छ। ०७६ माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा १६ जना नेकपाबाट विजयी भएका थिए। जसमा त...
अन्ततः एमाले एकजुट, नेपाल–खनाल एमालेमै फर्किए

अन्ततः एमाले एकजुट, नेपाल–खनाल एमालेमै फर्किए

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो । सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधवकुमार न...
काठमाडौंको तिर्खा मेट्दै मेलम्ची

काठमाडौंको तिर्खा मेट्दै मेलम्ची

काठमाडौं । काठमाडौंवासीले लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन्। वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा आउने मेलम्ची खानेपानी विकास बोर्डले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले आंशिक रूपमा परीक्षण गरेर चैत दोस्रो सातादेखि नै वितरण गर्न सकिने बताए। ‘पूर्णरूपमा परीक्षण गरी वितरण गर्न भने अझै डेढ महिनाजति लाग्छ’, कार्यकारी निर्देशक खत्रीले भने, ‘वैशाख...
सर्वोच्चले पुर्‍याइदियो नेकपालाई करिब ३ वर्ष पछाडिको अवस्थामा

सर्वोच्चले पुर्‍याइदियो नेकपालाई करिब ३ वर्ष पछाडिको अवस्थामा

काठमाडौं । एकैखाले नाम भएका दुई दलबीचको विवाद निरूपणका क्रममा दल दर्ता प्रक्रिया नै निस्तेज हुने गरी सर्वोच्च अदालतले विवादास्पद फैसला गरेको छ । सर्वोच्चले दुई पार्टीको नाम जुधेकामा आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नै खारेज गरी एकीकरणअघिका एमाले र माओवादी केन्द्रलाई ब्युँताउने आदेश दिएको छ । निर्वाचन आयोगमा दर्ता हुने दलहरूबीच नाम जुधे अर्को नाम दिन सक्ने आयोगको अधिकार क्षेत्रमा ...
राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

काठमाडौं  । बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर मानन्धर आफ्ना कार्यकर्ता मीनबहादुर शाहीसँग भनिरहन्थे, ‘चुनाव जितिँन भने मेरो हल भत्किन्छ ।’ नभन्दै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मानन्धर सभासद भने । ‘चुनाव जितेपछि बाटो विस्तार गर्दा आफ्ना हल जोगाए,’ शाहीले भने, ‘दोस्रोपटक प्रतिनिधिसभा जितेपछि झन् कम्पाउन्डै पो लगाएछन् ।’ बालाजु चोकबाट सय मिट...
३५ हजार किसानले रोप्न छाडे उखु

३५ हजार किसानले रोप्न छाडे उखु

काठमाडौं । चिनी उद्योगबाट समयमै भुक्तानी नपाउने, आफ्नै उखुको भुक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने जस्ता बाध्यताका कारण किसानहरूले उखुखेतीको विकल्प खोज्न थालेका छन् । चालू वर्षमा मात्रै ३५ प्रतिशतभन्दा बढी किसानले उखु खेती गर्न छाडेका छन् । नेपाल उखु उत्पादक संघका अनुसार नेपालमा अघिल्लो वर्ष व्यावसायिक उखुखेती गर्ने किसानको संख्या १ लाख थियो । उक्त संख्या यस वर्ष ३५ हजारभन्दा बढीले घटेको संघका अध...
राजनीतिक भुमरीबीच प्रतिनिधिसभा

राजनीतिक भुमरीबीच प्रतिनिधिसभा

काठमाडौं । राजनीतिक अन्योलबीच प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार सुरु हुँदै छ । सत्तारूढ नेकपा एक हुन नसकेको र वैधानिक रूपमा विभाजित नभएको अवस्थामा संसद् बैठक सहज रूपमा अघि बढ्ने देखिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णय गरेदेखि नै राजनीतिक दलहरूबीच तिक्तता बढेको छ । नेकपा व्यावहारिक रूपमा विभाजित छ । नेकपाको एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्...
त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा अनिवार्य

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा अनिवार्य

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो । योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी २० चैतभित्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका सिलबन्दी कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी डेढ महिनास...
महामारीका बेला बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट

महामारीका बेला बैंकहरुले दिए १३ अर्ब बराबरको ब्याज छुट

काठमाडौं । कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका छन् । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई टाट पल्टिनबाट बचाउन दिएको निर्देशनअनुसार यस्तो छुट दिएका हुन् । नेपाल बैंकर्स एसोसिएसनका अनुसार कोरोना महामारीमा बैंकहरुले छुट दिएका कारण यो वर्ष बैंकहरुको आम्दानी केही घट्न पुग्यो । दुई प्रतिशत ब्याज छुट अन्तरगत वाणिज्य बैंकहरुले नौ अर्ब ...
दोस्रो पटक मिर्गौला प्रत्यारोपणको १ वर्ष : प्रधानमन्त्रीको सक्रियताले चिकित्सक चकित

दोस्रो पटक मिर्गौला प्रत्यारोपणको १ वर्ष : प्रधानमन्त्रीको सक्रियताले चिकित्सक चकित

काठमाडौं । ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन। त्यसैगरी भर्खर जागृत हुँदै गरेको सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न। भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ। कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई सबै मिलेर जगाऔं। म पुनः आग्रह गर्छु– मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क हुनुहोस्।’ मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओ...
२५ डलरले घट्यो नेपालीको प्रतिव्यक्ति आय

२५ डलरले घट्यो नेपालीको प्रतिव्यक्ति आय

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४ डलर कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा वार्षिक प्रक्तिव्यक्ति आय ११ सय ५९ डलर थियो । राष्ट्रिय लेखा तथ्यांकका आधार परिवर्तनले अर्थतन्त्रको साइज मात्रै नभएर नेपालीको प्रतिव्यक्ति आय पनि बढेको छ । आधार वर्ष सन् २०००-१ हुँदा नेपालीको प्रतिव्यक्ति आय ...
कोशी उच्च बाँधका लागि भारतको एकतर्फी जोड

कोशी उच्च बाँधका लागि भारतको एकतर्फी जोड

नयाँदिल्ली । भारतका उर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा कोशी उच्च बाँधको प्रसंग उप्काए । कार्यक्रम थियो बाँध तथा जलाधार क्षेत्रको दिगो विकाससम्बन्धी । मन्त्री सिंहले वातावरण बचाउने नाममा एकतर्फी ढंगले बाँधहरुको विरोध भइरहेको आरोप लगाउँदै भारतका केही ठूला जलविद्युत् आयोजनाका कारण विभिन्न राज्यहरुको विकास भएको दाबी गरे । त्यही क्रममा उनले कोशी (सप्तकोशी) उच्च बाँधको प्रसं...
ताप्लेजुङको दोभान बजारमा आगलागी : ४९ घर जले, ५५ परिवार विस्थापित

ताप्लेजुङको दोभान बजारमा आगलागी : ४९ घर जले, ५५ परिवार विस्थापित

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन्। ५५ परिवार विस्थापित भएका छन्। भौतिक क्षति यकिन भइसकेको छैन। बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए। स्थानीय प्रेम न्यौपानेले सोमबार बिर्तामोड (झापा)बाट दुई ट्रक युरिया र डीएपी मल, एक गाडी खाद्यान्न ल्याएका थिए। बेलुकी अबेरसम्म अनलोड गरे। पाँच लाख रुपैयाँबराबरको...
अख्तियारको टोलीले पछ्याएपछि घूस रकम फालेर पालिका अध्यक्ष फरार

अख्तियारको टोलीले पछ्याएपछि घूस रकम फालेर पालिका अध्यक्ष फरार

धनुषा । भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् । सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ । घूस रकम लिएर भाग्दै गरेको प्र.२–०२–००१ झ ०००२ नम्बरको स्कोर्पियो गाडीलाई नियन्त्...
स्यानिटाइजर खाँदा विराटनगरमा दुई जनाको मृत्यु

स्यानिटाइजर खाँदा विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन् । दुवै जनाको उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वाटरमा बस्दै आएकी ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको...
कोरोनाविरुद्धको खोप लगाए पनि तीन सातासम्म संक्रमणको जोखिम

कोरोनाविरुद्धको खोप लगाए पनि तीन सातासम्म संक्रमणको जोखिम

काठमाडौं ‍। सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ। कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक  एवं वरिष्ठ खोपविज्ञ डा. श्यामराज उप्रेतीले कोभिसिल्ड खोप ७१ प्रतिशत मात्र प्रभावकारी भएको जानकारी दिए।  उनले भने, ‘सय जनाले खोप ...
इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्

इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले प्रधानमन्त्रीज्यूको कुरा सुनेर आफूलाई आश्चर्य लागेको बताएका छन् । उनी भन्छन्– भारतमा इन्धिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाएपछि उनीविरुद्ध मुद्दा चल्यो । बयान दिन जाँदा अदालतभित्रै छुरा हान्न खोजियो भनियो । पछि अनुसन्धान गर्दा त्यो बनावटी घटना रहेछ । देशका लागि यति गर्दागर्दै पनि हत्या गर्ने योजना बनाइयो भनेर ‘सेन्टिमेन्ट’ लिन ...
महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

धादिङ  । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदि...
म्यान्मारमा प्रहरीको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा प्रहरीको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

यांगुन/न्युयोर्क। सैनिक ‘कु’ को विरोधमा म्यान्मारमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले १८ जनाको मृत्यु भएको पुष्टि गर्दै कम्तीमा ३० जना घाइते भएका जनाएको हो । यांगुन, दावेई र म्यान्डलेमा गरिएका प्रदर्शन दबाउन प्रहरीले आइतबार अत्यधिक बल प्रयोग गरेको जनाइएको छ । त्यसक्रममा प्रहरीले गोली, अश्रुग्यास, लाठी तथा ...
विराटनगरमा सुनसान भए कोभिड अस्पताल, हाजिर गरेरै दिन काट्छन् कर्मचारी

विराटनगरमा सुनसान भए कोभिड अस्पताल, हाजिर गरेरै दिन काट्छन् कर्मचारी

विराटनगर । विराटनगर १० मा रहेको कोभिड–१९ अस्पताल बिरामी नहुँदा सुनसान बनेको छ। प्रदेश १ मा कारोनाको बिरामी दिनादिनै बढ्न थालेपछि प्रदेश सरकारले  सञ्चालन गरेको अस्पतालमा अहिले बिरामी छैनन् । ठूलो लगानीमा सञ्चालन भएको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले ४१ जना विभिन्न तहका कर्मचारी नियुक्त गरेको थियो । नेपाल सरकारले निर्धारण गरेको मासिक तलब खाने अस्पतालका कर्मचारी अहिले हाजिर गरेर दिन बिताउने गरे...
कोरोनाविरुद्धको खोप अभियानलाई देशव्यापी बनाइँदै, २ करोड १८ लाखलाई लगाइने

कोरोनाविरुद्धको खोप अभियानलाई देशव्यापी बनाइँदै, २ करोड १८ लाखलाई लगाइने

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ करोड १७ लाख नागरिकलाई कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउने महत्वाकांक्षी योजना ल्याएको छ । मन्त्रालयले सोमबार राष्ट्रिय सञ्चारमाध्यमका प्रधानसम्पादक तथा सम्पादकसँग अन्तरसंवाद गर्दै खोप अभियानलाई सफ...
पीडितलाई कानूनको तगारो, बन्धक बनाएर बलात्कार गर्नेविरुद्ध उजुरी दिन उमेर पुगेन

पीडितलाई कानूनको तगारो, बन्धक बनाएर बलात्कार गर्नेविरुद्ध उजुरी दिन उमेर पुगेन

विराटनगर ।  आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे। अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे। बन्धक बनाएर केही दिन बलात्कार गरे। मुस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन्। तिनकै सहयोगले आरोपित समातिए। आरोपितले बलात्कार स्विकारिसके। बालिका प्रहरी संरक्षणमा छिन्। तर, एउटा कानुनी जटिलता आएको छ। आँखै अगाडिको बलात्कारीबारे किटानी जाहेरी ...
नेपालमै उत्पादित हाइड्रोजनले सवारीसाधन चलाइने

नेपालमै उत्पादित हाइड्रोजनले सवारीसाधन चलाइने

काठमाडौं । नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् । यसका लागि कार्यक्रम सञ्चालन गर्ने गरी  निगम  र विश्वविद्यालयबीच सम्झौतासमेत भएको छ । केयूका उपकुलपति प्राध्यापक डा. भोला थापाका अनुसार हाइड्रोजन उत्पादन तथा व्यवसायीकरणका लागि यो कार्यक्रमले नयाँ आयाम थप्नेछध्र कार्यक्रम नीतिगत, पूर्वाधार ...
राजीनामा​ नदिने ओलीको अडानले थप संकट

राजीनामा​ नदिने ओलीको अडानले थप संकट

काठमाडौं । मन्त्रिपरिषद्ले २३ गते संसद बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीतिक झन् अन्योलग्रस्त हुनेछ । संसद् अधिवेशन सुरु हुनुअघि ओलीले राजीनामा नदिए बैठकमा यो विषय सशक्त रुपमा उठ्नेछ । राजीनामाको विषयले संसद् बैठक अवरुद्ध हुने अवस्था आउन सक्ने देखिन थालेको छ । प्रतिनिधिसभ...
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, तानातानमा नेकपा सांसद

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, तानातानमा नेकपा सांसद

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्। फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। प्र...
दमकमा फोहोरबाट ग्यास उत्पादन गरिने

दमकमा फोहोरबाट ग्यास उत्पादन गरिने

झापा । झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम काम अगाडि बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने योजना रहेको दमक नगरपालिका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले बताए । यसका लागि फोहोर शोधन केन्द्र स्थापना गरिएको छ । दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र स्थापना गरिएको प्रशोधन केन्द्रमा नगरको फोहोर लगेर अजैविक ...
वैदेशिक रोजगारीका नाममा ७ महिनामा २८ करोड ठगी

वैदेशिक रोजगारीका नाममा ७ महिनामा २८ करोड ठगी

काठमाडौं । वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ । व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन् । व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ । अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिए...
स्वास्थ्य मन्त्रालयद्वारा ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद

स्वास्थ्य मन्त्रालयद्वारा ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मास्क, सेनिटाइजर, क्लोरिनलगायतका स्वास्थ्य सामग्री बजार मूल्यभन्दा झन्डै चार गुना महँगोमा खरिद गरेको पाइएको छ । बजारमा प्रतिथान चार रुपैयाँमा पाइने मास्क सात रुपैयाँ, ५ लिटरलाई ८ सय ५० देखि ९ सय रुपैयाँ पर्ने फ्लोरोना सेनिटाइजर ३ हजार ५ सय, ५ सय देखि ७ सय रुपैयाँ पर्ने क्लोरिन २ हजार ५ सय रुपैयाँमा मन्त्रालयले खरिद गरेको हो । बजारमा सस्तोमा सहजै पाइने बेला गत मा...
एक वर्षीया नाबालिकाको हत्या, परिवारकै चार पक्राउ

एक वर्षीया नाबालिकाको हत्या, परिवारकै चार पक्राउ

भैरहवा। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव (२१) र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव (२२) दुई वर्षअघि लगनगाँठोमा कसिएका थिए। वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर, विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बुवा अर्कै रहेको’ भन्दै कुरा काट्न थाले। त्यसले पति/पत्नीबीच खटपट मात्रै परेन, परिवारै भाँडिन पुगेको छ। ‘प्रेमाले छोरी र गाउँघरमा कुरा काटिरहेको विषयमा...
error: Content is protected !!