पाँच दिनयता ह्वात्तै बढे कोरोना संक्रमित

पाँच दिनयता ह्वात्तै बढे कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार १ सय १८ जनामा संक्रमण देखिएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा संक...
४७ जिल्लाका ४ सय ७९ स्थानमा एकैदिन डढेलो

४७ जिल्लाका ४ सय ७९ स्थानमा एकैदिन डढेलो

काठमाडौं ।  बिहीबार एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले बिहीबारको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए । गत वर्ष यही दिन एक ठाउँमा मात्र डढेलो लागेको थियो। ‘बिहीबार धेरैतिर डढेलो लागेको देखिन्छ,’ नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दै शर्माले भने, ‘यति डढेलो विगतमा कहिल्यै लाग...
काठमाडौंका धारामा आइतबारदेखि मेलम्ची पानी

काठमाडौंका धारामा आइतबारदेखि मेलम्ची पानी

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ । आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी कार्यक्रम उद्घाटन गर्ने तयारी ...
सर्वोच्चमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’

सर्वोच्चमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण दर्जनौं मुद्दा जाममा परेका छन् । शर्माविरुद्धको भ्रष्टाचार मुद्दा अन्तिम चरणमा पुगेर पनि सर्वोच्चमा सुनुवाइ रोकिएको छ । शर्माले आफ्नो कृषिलगायत आय गणना नगरी सर्वोच्चले आफूलाई दोषी ठहर गरेको भन्दै उनले पुनरावलोकन गरेका थिए । २८...
सीमा नाकामा गम्भीर बेवास्ता, कोरोना संक्रमण भयावह बन्ने खतरा

सीमा नाकामा गम्भीर बेवास्ता, कोरोना संक्रमण भयावह बन्ने खतरा

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि कोरोना संक्रमणको दर भयावह बन्ने जोखिम देखिएको छ । अहिले पनि मुलुकका ३० सीमा नाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै २८ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । सीमा क्षेत्रमा भइरहेको सहज आवागमनका कारण भारतबाट फेरि कोरोना संक्रमण फैलने जोखिम बढेको हो । नेपालमा संक्रमण सामान्य हुँदै गएपछि गत ११ माघमा बस...
फेरि होला लकडाउन ?

फेरि होला लकडाउन ?

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ?’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरराज भण्ड...
राजनीतिक खिचातानीले थलिँदै लोकसेवा आयोग, सबै काम ठप्प

राजनीतिक खिचातानीले थलिँदै लोकसेवा आयोग, सबै काम ठप्प

काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले समयमा नै पदाधिकारी सिफारिस र नियुक्ति गर्न नसक्दा लोकसेवा आयोग एकैपटक पदाधिकारीविहीन बन्ने भएको छ । बढ्दो राजनीतिक खिचातानीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउन सकेका छैनन् । जसका कारण लोकसेवा आयोगको पदाधिकारी सिफारिस र नियुक्ति प्रक्रिया अवरुद्ध बनेको छ । आयोगका अध्यक्षलगायत पाँचै जना पदाधिकारीको पदा...
खुशी हुने मूलुकको सूचिमा नेपाल ८७ औं स्थानमा, दक्षिण एसियामा नेपाल पहिलो

खुशी हुने मूलुकको सूचिमा नेपाल ८७ औं स्थानमा, दक्षिण एसियामा नेपाल पहिलो

काठमाडौं । कोरोनाको त्रासको महामारी, आर्थिक संकट र राजनीतिक अस्थिरताको बीच पनि नेपाल खुसी हुने मुलुकको ८७औं स्थानमा रहेको छ । छिमेकी मुलुक भारतभन्दा नेपाली बढी खुसी हुने मुलुकको रूपमा देखिएको छ । नेपाल दक्षिण एसियामा नै सबैभन्दा बढी खुसी हुने देशको रूपमा स्थापित हुन सफल भएको छ । कोरोनाको विश्वव्यापी असरले अर्थतन्त्र नराम्रो गरी प्रभावित बन्यो । धेरै कलकारखाना प्रभावित भए र धेरैको रोजगारी पनि खो...
सरकारी जग्गा हडप्नेको सञ्जाल क्षतविक्षत हुँदै

सरकारी जग्गा हडप्नेको सञ्जाल क्षतविक्षत हुँदै

काठमाडौं । सरकारले देशभरमा भूमाफियाबाट हडपिएका सरकारी तथा सार्वजनिक जग्गाको खोजतलास गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याए धेरै उच्च पदस्थ सरकारी अधिकारी र सयौं भूमाफिया भ्रष्टाचारमा तानिने भएका छन् । भूमाफियासँगको मिलिमतोमा यसरी तानिनेमा केही पूर्वप्रधानमन्त्री, मन्त्री तथा सचिवसमेत रहनेछन् । सो प्रतिवेदन कार्यान्वयनमा आउनासाथ सरकारी जग्गा हडप्नेको सञ्जालसमेत क्...
कहाँ हराउँछन् बालबालिका ?

कहाँ हराउँछन् बालबालिका ?

काठमाडौं । पछिल्लो सात महिनामा झन्डै २ हजार बालबालिका हराएका छन्। साउनदेखि माघसम्म १ हजार ९ सय ८८ जना हराएकामा ९ सय ९३ मात्रै भेटिएको सरकारी तथ्यांकले देखाएको छ। ९ सय ९५ जना भेटिएका छैनन्। यो अवधिमा १ हजार ५ सय ६३ बालिका र ४ सय २५ बालक हराएका थिए। २ सय २१ बालक र ७ सय ७२ बालिका खोजी गरी परिवारमा पुनर्मिलन गराइएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए। हराएकामध्ये ध...
प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेकी ठिल्ले अभावका कारण विद्यालय जानै छोडिन्

प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेकी ठिल्ले अभावका कारण विद्यालय जानै छोडिन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाएका मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् । ३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत्ताकपडा पठाए । तर खर्चको अभावमा र विद्यालय जाँदा एवं गाउँघर पुग्दा सबैले ‘प्रधानमन्त्रीकी छोरी’ भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले व...
५ खर्ब ८१ अर्ब ९२ करोड कर उठ्यो

५ खर्ब ८१ अर्ब ९२ करोड कर उठ्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०७७-७८ को फागुन पहिलो सातासम्ममा कुल लक्ष्यको ५७ दशमलव ५२ प्रतिशत राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको बजेटले कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख राजस्व संकलनको लक्ष्य लिएको थियो । जसमध्ये बिहीबारसम्ममा ५ खर्ब ८१ अर्ब ९२ करोड ४० लाख रुपैयाँ संकलन भएको छ । सात महिनाको अवधिमा सरकारले करबाट मात्र ५८ दशमलव ९२ प्रतिशत राजस्व संकलन गरिसकेको छ । ...
४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका तिम्सिनालाई छाड्न अदालतको आदेश

४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका तिम्सिनालाई छाड्न अदालतको आदेश

काँकडभिट्टा  । करिब ४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइरहेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई कोलकाताको उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । अधिवक्ता हिरक सिन्हाले अदालतले बुधबार साँझ उनलाई ‘तत्काल छाड्न’ फैसला गरेको जनाए । ‘अदालतले उनको दिमागी हालतलाई मध्यनजर गर्दै छाड्न आदेश दिएको हो’, सिन्हाले फोनमा भने,‘तर, अरु केही कानुनी प्रक्रिया बाँकी रहेकाले ६, ६ महिनामा तारेख भने धाउनु...
कोरोनाविरुद्धको दोस्रो डोज खोप वैशाखमा

कोरोनाविरुद्धको दोस्रो डोज खोप वैशाखमा

काठमाडौं । कोरोना भाइरसविरुद्ध पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई वैशाखमा दोस्रो डोज दिइने भएको छ। वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पहिलो चरणको खोप लिएका सबै नागरिकलाई दोस्रो डोज दिने निर्णय गरेको हो। पहिलो चरणको अ...
विकास खर्च २३.४६ प्रतिशत मात्रै

विकास खर्च २३.४६ प्रतिशत मात्रै

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको आठ महिना तीन दिनको अवधि मंगलबारसम्ममा कुल विनियोजित बजेटको जम्मा २३.४६ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७-७८ को आठ महिनामा जम्मा ८२ अर्ब ७९ करोड १६ लाख रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ । चालू आवका लागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको छ । सो पुँ...
राहदानी बनाउनेको सङ्ख्या बढ्यो

राहदानी बनाउनेको सङ्ख्या बढ्यो

काठमाडौं । विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक भ्रमण तथा रोजगारीमा जाने कम भएका कारण महामारीको झन्डै एक वर्ष राहदानी बनाउनेको सङ्ख्या घटेको थियो तर कोरोना भाइरस सङ्क्रमण मत्थर हुँदै गएपछि डेढ महिना यतादेखि राहदानी बनाउनेकोे सङ्ख्या बढ्न थालेको हो । राहदानी विभागका निर्देशक राजेन्द्र पाण्डेले भने, “...
प्रधानमन्त्री संसद् विघटनकै पक्षमा

प्रधानमन्त्री संसद् विघटनकै पक्षमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी छन् । संसद् पुर्नस्थापनापछिको राजनीतिक अवस्था र दलबीच बढिरहेको तिक्तताबीच राष्ट्रपति भण्डारीले मंगलबार शितल निवासमा सर्वदलीय बैठक आह्वान गरेकी हुन् । बैठकमा उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य...
मोरङको सुनवर्षीका वडाध्यक्षसँग भारतीय नागरिकता

मोरङको सुनवर्षीका वडाध्यक्षसँग भारतीय नागरिकता

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-८ का वडा अध्यक्ष नुरुल मियाँसँग भारतीय नागरिक भएको र आधार कार्ड रहेको आरोप लागेको छ। भारतीय आधार कार्ड बनाएका मियाँ भारतीय बैंकमा खातासमेत खोलेर भ्रष्टचार गर्न लिप्त भएको भन्दै सोही वडाका वडा सदस्यहरुले आरोप लगाएका छन्। विराटनगरमा पत्रकार सम्मेलन गरेर वडा सदस्यहरुले भारतीय आधार कार्ड र बैंकमा खाता भएको सार्वजनिक गरेका छन्। उनीहरुले वडा अध्यक्षलाई कारवाही गर्न...
संवैधानिक निकाय प्रमुख र पदाधिकारीबाटै राज्यकोषको दोहन, दोहोरो सुविधामा मस्ती

संवैधानिक निकाय प्रमुख र पदाधिकारीबाटै राज्यकोषको दोहन, दोहोरो सुविधामा मस्ती

काठमाडौं । राज्यका विभिन्न संवैधानिक निकायमा रहेर जनसेवा गर्ने महत्वपूर्ण दायित्वमा रहेका उच्च पदस्थले नै दोहोरो सुविधा लिएर राज्यकोषको दोहन गर्दै मोजमस्ती गरेको पाइएको छ । खर्च कटौती गरी आर्थिक अपराधका कार्यमा संलग्न हुनेलाई कानुनी कारबाहीमा ल्याई सुशासन कायम गर्ने जिम्मेवारीमा रहेका संवैधानिक निकायका प्रमुख र पदाधिकारीबाट नै दोहोरो सुविधा लिएर राज्यकोषको ढुकुटी रित्याउने काम भइरहेको हो । सर्...
मोरङको रतुवामाईमा बोक्सी भन्दै बृद्धामाथि निर्घात कुटपिट

मोरङको रतुवामाईमा बोक्सी भन्दै बृद्धामाथि निर्घात कुटपिट

विराटनगर । एक समूह शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आइपुग्यो। ६० वर्षीया वृद्धालाई आफूबाट छुट्याएर लगेपछि उनका श्रीमान् पछि लागे। ती वृद्धका अनुसार नजिकै गोठमा पुर्‍याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गर्न थाले। श्रीमतीलाई निर्घात कुटपिट गर्न थालेपछि त्यसो नगर्न आग्रह गरे पनि उल्टै सबै जना धुरिएको उनले सुनाए। उनका अनुसार एक घण्टाजति कुटपिटपछि शरीरका विभिन्न अंगबाट रगत बग्न था...
बन्न सकेन कांग्रेस-माओवादी-जसपा गठबन्धन

बन्न सकेन कांग्रेस-माओवादी-जसपा गठबन्धन

काठमाडौं । संसद पुनस्थापिनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढबाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन सकेको छैन । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपा खारेज गर्ने सर्वोच्चको फैसलासँगै बदलिएको राजनीतिक वातावरणकै बीच दल नयाँ सत्ता गठबन्धनको प्रयासमा जुट्दै आइरहेका हुन् । तर ...
पालिकाले आफूखुसी निमित्त तोके कारोबार रद्द

पालिकाले आफूखुसी निमित्त तोके कारोबार रद्द

काठमाडौं । कनिष्ठ कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर आफूअनुकूल काम गराउने पालिकाहरूको आर्थिक तथा प्रशासनिक काम रद्द गरिने भएको छ । कतिपय पालिकाले संघ सरकारले खटाएका प्रशासकीय अधिकृतलाई हाजिर नगराई कनिष्ठबाट काम गराउने र आफूखुसी निमित्त तोक्ने क्रम नरोकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ बुँदे मापदण्ड बनाएर लागू गरेको हो । मन्त्रालयले शुक्रबारै सबै पालिकामा परि...
नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस

नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस

काठमाडौं । नयाँ सत्तासमीकरणका लागि दलबीच दौडधूप चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि उचित वातावरणको खोजी गर्न थालेको छ । उसले उचित वातावरण बनेमा आफू नेतृत्व लिन तयार रहनेसमेत स्पष्ट पारेको छ । तर, कांग्रेसले भरपर्दो वातावरणको सुनिश्चितता भइसकेको बताएको छ । कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट भरपर्दो विश्वासको वातावरण खोजिरह...
देउवालाई अग्रसर हुन पार्टीको सहमति

देउवालाई अग्रसर हुन पार्टीको सहमति

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा एकमत देखिएको हो। ‘कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ। ओली सरकारलाई हटाएर नयाँ सरकार गठन हुनुपर्छ भन्ने कांग्रेसको मान्यता हो’, पदाधिकारी बैठकपछि काठम...
बजेट निर्माणमा जुट्यो सरकार

बजेट निर्माणमा जुट्यो सरकार

काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०७८-७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेसँगै सरकार नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो । अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारीलाई तीव्रता दिएको छ । यसका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विभिन्न विषयवस्तुका सम्बन्धमा...
कोरोनाविरुद्धको खोप अभियानमा सार्क मुलुकको दोस्रो स्थानमा नेपाल

कोरोनाविरुद्धको खोप अभियानमा सार्क मुलुकको दोस्रो स्थानमा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले १२ पुसमा कार्यभार सम्हाल्दै भनेका थिए, ‘रहस्यमय भाइरसको चपेटामा छौं। कोरोनाविरुद्धको भ्याक्सिन प्रभाव हेर्न त बाँकी नै छ। तर, जनतालाई निःशुल्क खोप उपलब्ध गराउने अठोटसाथ अघि बढ्छौं।’ भारतीय राजदूत विनयमोहन क्वात्रा १६ पुसमा मन्त्री त्रिपाठीलाई बधाई एवं शुभकामना दिन पुगेका थिए। सोही बेला मन्त्री त्रिपाठीले खोप उपलब्धताका लागि सहजीकरण गरि...
झापाको बीएन्डसीलाई ऐनविपरीत सम्बन्धन दिलाउन शिक्षामन्त्रीकै रोहबरमा सम्झौता

झापाको बीएन्डसीलाई ऐनविपरीत सम्बन्धन दिलाउन शिक्षामन्त्रीकै रोहबरमा सम्झौता

काठमाडौं । झापाको बीएन्डसी मेडिकल कलेजलाई ऐनविपरीत सम्बन्धन दिलाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालय (केयू) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबीच गोप्य सम्झौता गराएका छन् । स्रोतका अनुसार बुधबार शिक्षा मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा दुर्गा प्रसाईं सञ्चालक रहेको मेडिकल कलेजलाई तत्काल प्रतिष्ठानसँग मिलेर केयूले सम्बन्धन दिने सम्झौता भएको हो । केयूले सम्...
यौन प्रकरणमा मुछिएका जर्नेलसहित तीन जना बर्खास्त

यौन प्रकरणमा मुछिएका जर्नेलसहित तीन जना बर्खास्त

काठमाडौं । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ । सेनाको २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति (जर्नेल) पंकज कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई बर्खास्त गरिएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । यौन दुर्व्यवहार गरेर बर्खास्त हुने कार्की पहिलो उ...
माधव समूहको निष्कर्ष : वाम गठबन्धन नटुटाऔं, सरकारमा माओवादीसँगै मिलौं

माधव समूहको निष्कर्ष : वाम गठबन्धन नटुटाऔं, सरकारमा माओवादीसँगै मिलौं

काठमाडौं । सत्तारुढ एमालेको माधव नेपाल समूहले वामपन्थी गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले बुधबार सर्वोच्च अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएकाले सकेसम्म वाम गठबन्धन टुटाउन नहुनेमा जोड दिएको हो । बैठकमा नेताहरुले तत्काल वामपन्थी दलको एकता सम्भव नभए पनि सरकारबाट चाहिँ छुट्न नहुने मत प्रकट गरेका थिए । एमाले व...
संविधान छल्दै पन्छाइए अध्यादेश, सभामुखसँग असन्तुष्ट प्रधानमन्त्री

संविधान छल्दै पन्छाइए अध्यादेश, सभामुखसँग असन्तुष्ट प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा पेस नभएका ६ वटा अध्यादेशको कानुनी अवस्था अन्योलमा परेको छ। संसद अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेशहरु पेश हुनुपर्ने संवैधानिक बाध्यता छ। तर, बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि ती अध्यादेश पेश नहुंदा त्यसको अवस्था के हुने भन्ने अन्योल उत्पन्न भएको छ। संविधानको धारा १४१ (२) को स्पष्टीकरण खण्डमा सरकारले जारी गरेका अध्यादेशहरु संघीय संसदको ...
गुटगत गतिविधिले मिलनविन्दूमा अवरोध

गुटगत गतिविधिले मिलनविन्दूमा अवरोध

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही ‘सफ्ट’ देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ । बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घट्नाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यक...
error: Content is protected !!