बीस दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली

बीस दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली

काठमाडौँ, १३ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ ...
वैदेशिक रोजगारी: मलेसियाको भिसा रोकिएपछि व्यवसायी ‘मर्कामा’

वैदेशिक रोजगारी: मलेसियाको भिसा रोकिएपछि व्यवसायी ‘मर्कामा’

काठमाडौँ, १३ असार । मलेसियाको लागि भिसा लिन चाहाने नेपाली कामदारहरूले अझै केही समय कुर्नु पर्ने अधिकारीरूले बताएका छन्। नेपाली कामदार मलेसिया जाने प्रकृया मलेसियाली दूतावासले बन्द गरिदिएपछि हजारौं कामदारहरुको भिसा प्रक्रिया प्रभावित हुन पुगेको व्यवसायीहरूले बताएका छन्। कामदारसँग लिने गरिएको अतिरिक्त शुल्क बन्द गर्न पहल थालेको सरकारले भने उक्त प्रक्रिया बन्द नभएसम्म पछि नहट्ने जनाउँदै मलेसिया स...
सीसीडी रेसियोको सीमा हटाउन बैंकहरूको माग

सीसीडी रेसियोको सीमा हटाउन बैंकहरूको माग

काठमाडौँ, १३ असार । पुँजी–निक्षेप–कर्जा (सीसीडी) रेसियोको सीमा हटाउन बैंकहरूले माग गरेका छन्। सीसीडी रेसियोका कारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव भएको भन्दै उनीहरूले राष्ट्र बैंकसँग यस्तो माग राखेका हुन्। राष्ट्र बैंकले हाल २० प्रतिशत सीसीडी रेसियोको सीमा राख्नुपर्ने व्यवस्था गरेको छ। नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस्तो सीमाका कारण बैंकसँग पैसा भए पनि ...
मेनपावर कम्पनीको धरौटी ३ करोडभन्दा बढी पुर्‍याउने तयारी

मेनपावर कम्पनीको धरौटी ३ करोडभन्दा बढी पुर्‍याउने तयारी

काठमाडौँ, १२ असार । सरकारले नयाँ मेनपावर कम्पनी दर्ताका लागि धरौटी रकम बढाउने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संशोधनको अन्तिम तयारीमा रहेको ‘वैदेशिक रोजगार ऐन २०६४’ मा मेनपावरको धरौटी रकम बैंक ग्यारेन्टी बाहेक ३ करोड पुर्‍याउने तयारीका साथ ऐन संशोधनको काम भइरहेको जनाएको छ। हाल बैंक ग्यारेन्टी ७ लाख र नगद २३ लाख गरी ३० लाख धरौटी राखेर नयाँ मेनपावर कम्पनी दर्ता सक्ने क...
भोक्राहा नरसिंह र कोशीको बजेट सार्वजनिक

भोक्राहा नरसिंह र कोशीको बजेट सार्वजनिक

इनरुवा, १२ असार । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले रु ३१ करोड १० लाख ४३ हजार बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले सार्वजनिक गर्नुभएको हो । दोस्रो गाउँसभामा विभिन्न शीर्षकमा बजेट, योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी रु ३१ करोड १० लाख ४३ हजार बजेट सार्वजनिक गरेको भोक्राहा नरसिंह गाउँपालिकाका...
काठमाडौँं महानगरपालिकाको बजेट तेह्र अर्ब

काठमाडौँं महानगरपालिकाको बजेट तेह्र अर्ब

काठमाडौँ, १० असार । काठमाडौँं महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको छ । कामपाले आज यहाँ आयोजना गरेको नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख हरीप्रभा खड्गी (श्रेष्ठ)ले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । बजेटको स्रोतमा आन्तरिक आयतर्फ रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट रु पाँच अर्ब १९ करोड र अन्य स्रोतबाट रु एक अर्ब चार करोड...
पोखरा महानगरको बजेट साढे छ अर्ब, बाह्रवटा महानगर गौरवका योजना

पोखरा महानगरको बजेट साढे छ अर्ब, बाह्रवटा महानगर गौरवका योजना

पोखरा, १० असार । भौगोलिक हिसावले मुलुककै सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाले आव २०७५÷७६ का लागि रु छ अर्ब ५३ करोड ६५ लाखको बजेट विनियोजन गरेको छ । महानगरपालिकाको आज आयोजित तेस्रो नगरसभामा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा पूर्वाधार विकास, वातावरण र सामाजिक विकास प्राथमिकतामा परेका छन् । फेवा तथा बेगनास र अन्य सातवटा तालको संरक्षण योजना, ढल निकास गुरूयोजना तथा फेवाताल ढल डाइभ...
वीरेन्द्रनगर नगरपालिकाको बजेट ९६ करोड

वीरेन्द्रनगर नगरपालिकाको बजेट ९६ करोड

सुर्खेत, १० असार । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले आव २०७५/७६ का लागि रु ९६ करोड बजेट प्रस्तुत गरेको छ । तेस्रो नगरसभामा उपप्रमुख मोहनमाया भण्डारी (ढकाल) ले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि रु ९६ करोड २२ लाख ९३ हजारको बजेट सार्वजनिक गर्नुभएको हो । उपप्रमुख ढकालका अनुसार विनियोजित बजेटमा आन्तरिक आय रु सात करोड ४० लाख ६० हजार र बाह्य स्रोत रु ८६ करोड ३४ लाख २३ हजार...
वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड

वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड

पर्सा, १० असार । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । वीरगन्ज नगर सभागृहमा आज महानगरपालिकाले आयोजना गरेको दोस्रो नगर परिषद्मा आगामी आवका लागि उपप्रमुख शान्ति कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आगामी आवका लागि चालूतर्फ रु एक अर्ब ४४ करोड ७९ लाख ९ हजार, पूँजीगत खर्चतर्फ रु तीन अर्ब ५१ करोड ४३ लाख...
विराटनगर महानगरपालिकाको बजेट चार अर्ब ४७ करोड

विराटनगर महानगरपालिकाको बजेट चार अर्ब ४७ करोड

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ४७ करोड आठ लाख ४९ हजार आयव्ययसहितको बजेट आज यहाँ सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा दोस्रो नगरसभाको उद्घाटनका अवसरमा उक्त बजेट सार्वजनिक गरिएको हो । सो अवसरमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिको रु दुई अर्ब ५२ करोड ८३ लाख ४९ हजार र एशियाली विकास ब...
विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न सुझाव

विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न सुझाव

काठमाडौँ, १० असार । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका शीर्षकमाथि छलफल भयो । छलफलमा नेकपाका राधा ज्ञवालीले विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न माग गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निजी क्षेत्रसँग करीब ९०० मेगावाटका विद्युत् आयो...
विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा

विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा

विराटनगर, १० असार । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमा विराटनगर महानगरपालिकाको बजेट कम भएको महानगरले जनाएको छ । हाल विनियोजित बजेटका कारण महानगरपालिकाको सबै योजना एवं विकासका पूर्वाधार प्रभावित हुने अवस्था देखिएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो – सरकारले तत्काल बजेटमाथि पुनर्विचार गर्नुपर्छ । विराटनगर महानगरपालिकाले हाल आग...
त्रिशूली–गल्छी आयोजनामा चिनियाँ लगानी

त्रिशूली–गल्छी आयोजनामा चिनियाँ लगानी

नुवाकोट, १० असार । सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । चीनको आंैपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना ) निर्माण गर्ने सम्बन्धी गत बुधबार समझदारी तथा सम्झौता भएअनुसार नुवाकोट ...
तातोपानी नाका एक वर्षभित्र खुल्ने

तातोपानी नाका एक वर्षभित्र खुल्ने

काठमाडौँ, १० असार । ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी खासा नाका आगामी एक वर्षभित्र अर्थात् सन् २०१९ को मे महिनासम्ममा खुल्ने भएको छ । चीनको छदिने औपचारिक भ्रमणबाट आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गर्नुभएको विशेष पत्रकार सम्मेलनमा सो नाका खोल्ने विषयमा चीन सरकारसँग सहमति भएको बताउनुभयो । पत्रक...
सन् २०२० बाट कोरिया जान सिप अनिवार्य

सन् २०२० बाट कोरिया जान सिप अनिवार्य

काठमाडौं, १० असार । दक्षिण कोरियाले अकाएको एउटा परीक्षा पछि नेपाली कामदारका लागि सिपमा आधारित परीक्षा प्रणाली लागू गर्ने भएको छ । कोरियाले सन् २०२० देखि नेपालबाट कामदार लैजाँदा सिप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको हो । कोरियाको मानव संशाधन विभागले यसअघि नै कामदार छनोट प्रणालीमा अंक पद्धति लगाउने घोषणा गरिसकेको थियो । यसअनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण ग...
१ सय ९७ वटा म्यानपावरको काम रोक्का (सूचीसहित)

१ सय ९७ वटा म्यानपावरको काम रोक्का (सूचीसहित)

काठमाडौँ, १० असार । श्रम मन्त्रालयले १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का गरेको छ। ए वान ओभरसिज,आकाश ओभरसिज, आशिष ओभरसिज, अब्बा इन्टरनेसनल म्यानपावर, बजाज ओभरसिज लगायतका १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का भएको हो। बैदेशिक रोजगारका नाममा ठगी गर्ने, तोकिएको भन्दा बढी शुल्क लिने, लाइसेन्स लिएर काम नगर्ने, कामदारहरुको समस्या समाधान नगरी पैसा मात्र आर्जन गर्ने उद्धेश्य देखिएपछि श्रम मन...
धनकुटा नगर क्षेत्रको बिकासका लागि ५२ करोड बजेट (भिडियोसहित)

धनकुटा नगर क्षेत्रको बिकासका लागि ५२ करोड बजेट (भिडियोसहित)

धनकुटा, ९ असार । धनकुटा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि ५२ करोड बजेट छुट्याएको छ । नगरपालिकाको तेस्रो अधिवेशनबाट पारित बार्षिक बजेट, नीति तथा कार्यक्रम शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । आगामी आर्थिक बर्षका लागि ५२ करोड ८९ लाख ४३ हजार बजेट विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता जम्सेर राईले जानकारी दिए । जसमा चालूखर्च तर्फ ३६ करोड १७ लाख र पूजीँगत तर्फ १६ करोड ७२ लाख ...
आयकरमा समाजवाद : जति धेरै कमाई, त्यति धेरै कर !

आयकरमा समाजवाद : जति धेरै कमाई, त्यति धेरै कर !

काठमाडौँ । सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटले धेरै कमाउनेलाई धेरै आयकर तिर्नु पर्ने ब्वयस्था गरेको छ र थोरै तथा मध्यम कमाई गर्नेलाई अहिले तिरिरहेको आयकरमा निकै ठूलो सहुलियत दिएको छ । अहिले सामाजिक सुरक्षाका लागि १ प्रतिशत बाहेक सरकारले वर्षमा २५ लाख रुपैयाँसम्म कमाउने ब्यक्तिबाट २५ प्रतिशतसम्म आयकर लिंदै आएको छ । तर अब साउनदेखि सरकारले सामाजिक सुरक्षाको १ प्रतिशत बाहेक १०, २० र ३० प्रत...
मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ, पौने चार करोड धरौटी बुझाउन नसक्दा जेल चलान

मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ, पौने चार करोड धरौटी बुझाउन नसक्दा जेल चलान

वीरगञ्ज, ८ असार । राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ । मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई हिजो रातिदेखि हिरासतमा लिई जेल चलान गरिएको विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले बताउनुभयो । उहाँलाई हाल नख्खु जेलमा राखिएको छ । दुई सातायता, राजश्व विभागले थालेको मरिच तस्करी काण्डको प्राम्भिक अनुस...
कालीगण्डकी गर्ज चिनियाँ लगानीमा निर्माण हुने

कालीगण्डकी गर्ज चिनियाँ लगानीमा निर्माण हुने

म्याग्दी, ८ असार । म्याग्दीस्थित १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवावाटर कन्जरभेसन एण्ड हाइड्रो पावर प्रालिका प्रतिनिधिबीच लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएक...
बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

काठमाडौँ, ७ असार । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ । सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ, गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, परि...
नेपाल-चीन बीच रेलमार्ग निर्माणमा महत्वपूर्ण सम्झौता

नेपाल-चीन बीच रेलमार्ग निर्माणमा महत्वपूर्ण सम्झौता

बेइजिङ, ७ असार । नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विसं २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङबीच गे्रट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको हो । रेलमार्ग निर्माणसम्बन्धी स...
बैंकहरुले तोके ब्याजदरमा सीमा, सहमति तोड्नेलाई कारबाही

बैंकहरुले तोके ब्याजदरमा सीमा, सहमति तोड्नेलाई कारबाही

काठमाडौं, ७ असार ।  नेपाल बैंकर्स संघ (एनबीए) ले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले ब्याजदरमा सीमा तोकेको हो । अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन पाइनेछैन । संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म मात्र ब्याज दिन पाउने निर्णय भएको बैकर्स संघका सदस्य तथा प्र्रभु बैंकका सीईओ अशोक शेरचन बताउँछन् । यसअ...
श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने तयारी

श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने तयारी

काठमाडौं, ७ असार । सरकारले  श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने तयारी गरेको छ । पटक-पटक छलफल भएर पनि टुंगोमा पुग्न नसकेको मलेसियासँगको श्रम सम्झौतामा अब हस्ताक्षर नभएसम्म कामदार नपठाउने आन्तिरिक गृहकार्यमा सरकार जुटेको हो । यद्यपी अन्तिम स्वीकृतिको प्रक्रियामा रहेकाका हकमा भने विशेष निर्णय गर्ने योजना बनाइएको छ । श्रम, रोजगार र सामजिक सुरक्षा मन्त्रालयले हाल अवैध र एकपक्षीय रुप...
सयौँ बिगाह जग्गाको मुआब्जा भारतले अझै दिएन

सयौँ बिगाह जग्गाको मुआब्जा भारतले अझै दिएन

राजविराज, ७ असार । प्रदेश नं १ को सुनसरी र प्रदेश नं २ को सप्तरीस्थित भारदहको सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सयौँ बिगाह नम्बरी जग्गाको मुआब्जा अझै उपलव्ध गराएको छैन । करीब ७३ वर्षअघिदेखि नेपाल सरकारले भारत सरकारसँग कूटनीतिकरुपमा ठोस पहल गर्न नसक्दा मुआब्जाकै पर्खाइमा तीन/तीन पुस्ताले समस्या झेल्नुपरेको हनुमाननगर कंकालनी नगरपालिका–२ का ग...
नक्कली एनएस चिह्न राखेर सञ्चालित उद्योग बन्द

नक्कली एनएस चिह्न राखेर सञ्चालित उद्योग बन्द

काठमाडौँ, ७ असार । नेपाल गुणस्तर तथा नापतौल विभागले विभागबाट गुणस्तर चिह्न (एनएस) नलिई नक्कली एनएस चिह्न लगाएर सञ्चालन गरेका उद्योग बन्द गराएको छ । विभागले ओडीएटी फुड एण्ड वेभरेज प्रालिले विभागबाट अनुमति नलिई प्रान पोट्याटो क्य्राकरमा एनएस चिह्न लगाएर बिक्री वितरण गरेपछि बुधबार उद्योगमा शिल लगाएको हो । कम्पनीले काठमाडौँको मूलपानीमा उत्पादन भएको २५ ग्राम प्याकिङ साइजलाई विभागबाट अनुमति नलिई एनए...
स्थानीय तहलाई आन्तरिक ऋण लिन स्वीकृति प्रदान

स्थानीय तहलाई आन्तरिक ऋण लिन स्वीकृति प्रदान

काठमाडौँ, ६ असार ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आवश्यक परेमा आन्तरिक ऋण लिनका लागि स्वीकृति प्रदान गरेको छ । मन्त्रालयले स्थानीय तहलाई आव २०७५/०७६ को आवश्यक बजेटका लागि अन्य स्रोतबाट आन्तरिक ऋण लिन स्वीकृत प्रदान गरिएको मन्त्रालयका शाखा अधिकृत केशवराज सुवेदीले जानकारी दिनुभयो । केन्द्र र प्रदेश सरकारले बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले बजेट ल्याउने तयारीमा रहेक...
प्रदेश १ मा कृषि क्षेत्रलाई दुई अर्ब ८५ करोड बजेट

प्रदेश १ मा कृषि क्षेत्रलाई दुई अर्ब ८५ करोड बजेट

विराटनगर, ६ असार । प्रदेश नं १ को कूल गार्हस्थ्य उत्पादन रु ५२ अर्ब ५० करोडमा कृषि क्षेत्रको योगदान ४८ दशमलव ४ प्रतिशत रहेको छ । यस प्रदेशका जनताको प्रतिव्यक्ति आय एक हजार १२४ अमेरिकी डलर रहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटमा उल्लेख छ । प्रदेशको कृषि उत्पादन वृद्धि गरी प्रदेशलाई आत्मनिर्भर बनाउने र अन्य प्रदेशमा आ...
सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

काठमाडौँ, ६ असार । दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा  लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गर्नुभएको छ । सो परियोजनामा हुवासिनले रु १४ अर्ब ४० करोड लगानी ...
करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

काठमाडौँ, ६ असार । चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने सम्झौता भएको हो । एकैपटक यति ठ...
आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

बेइजिङ, ६ असार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ । बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । दैनिक...
error: Content is protected !!